काठमाडौं- संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले ट्याक्सी व्यवसाय संचालन गर्न दिन सरकारलाई निर्देशन दिएको छ।
बुधबार बसेको समितिको बैठकले सुरक्षाका आवश्यक मापदण्डहरु अपनाई ट्याक्सी चलाउने व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो।
ट्याक्सी संचालन गर्दा स्वास्थ सुरक्षाका लागि निश्चित मापदण्ड बनाएर कार्यान्वयन गर्न पनि समितिले निर्देशन दिएको छ।
समितिद्वारा प्रकाशित सूचनामा भनिएको छ‚ ‘विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड १९ काइसिस मेनेजमेन्ट कमिटी सिसिएमसीले तयार पारेका मापदण्डहरू पुरा गरी सरकारले लकडाउनकै अवधीमा पनि केही पेशा व्यवसाय सञ्चालन गर्ने व्यवस्था गरेकाले सोही मापदण्डलाई पुरा गरी अर्थतन्त्रलाई थप चलायमान बनाउन, सर्वसाधारणलाई आवतजावतमा थप सहजता प्रदान गर्न सार्वजनिक यातायातसँग सम्बद्ध ट्याक्सी यातायात सञ्चालनको लागि आवश्यक व्यवस्था मिलाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गर्दछ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।