काठमाडौं- सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भिजी अटो मोबाइल्स प्रालिले आफ्ना ग्राहकलाई मध्यनजर गर्दै कोरोना विशेष स्किम घोषणा गरेको छ। विगत ३ महिनाबाट लकडाउनले पारेको आर्थिक असरलाई केही सहज होस् भन्ने उद्देश्यले नयाँ अफर ल्याएको हो।
प्रत्येक मोटरसाइकल तथा स्कुटरको खरिदमा १५ हजार नगद छुट वा शून्य प्रतिशत ब्याजदरको स्किम ल्याएको हो। ग्राहकलाई १५ हजार नगद छुट वा शून्य प्रतिशत ब्याजदरमध्ये जुन ठिक लाग्छ त्यो छानेर लिन सकिने कम्पनीले जनाएको छ।
कम्पनीले अगाडि सारेको स्किम यही साउन १ देखि ३१ गतेसम्म देशभरका सबै शाखाहरुबाट उपलब्ध हुनेछ। एक्सचेञ्जमा समेत यो स्किम लागू गरिएको कम्पनीले भनाइ छ। सुजुकीका जिक्सर२५० सिरिज, जिक्सर १५० सिरिज, इन्ट्रुडर मोटरसाइकल छन् भने स्कुटरतर्फ बर्गम्यान, एक्सेस तथा लेट्स रहेका छन्। १ वर्षअघि मात्र नेपाली बजारमा बिक्री सुरु भएको जिक्सर भेरियन्ट युवापुस्ताले निकै रुचाइएको मोटरसाइकलमा पर्छ। त्यस्तै सुजुकीका स्कुटर पनि रोजाइमै पर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।