• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ ३१, २०८२ Sat, Jun 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग
कोभिड-१९ : 'फल्स पोजेटिभ रिपोर्ट'पछि तनावग्रस्त मेरा चार दिन
64x64
प्रदीप खद्योत मंगलबार, साउन २७, २०७७  १४:४५
1140x725

‘स्याड न्युज। मलाई कोरोना पोजेटिभ देखायो। तिमीले पनि एकपटक टेस्ट गराउने कि?’

साउन २० गते बिहान ११ बजेतिर एक जना दाइले ट्विटरमा म्यासेज गर्नुभयो। उहाँले अन्य साथीसँग पनि भेट भएको र आफूले खबर गर्न आँटेको थप्नुभयो।

यति पढिसक्दा मेरो मुख सुक्न थालिसकेको थियो। त्यसको २ दिनअघि उहाँसँगै चिया पिएको थिएँ। खाजा खाएको थिएँ। त्यतिबेला मास्क त लगाइएको थियो तर यो खबरपछि मनमा डरले अत्याउन छाडेन।

उहाँसँग भेटेपछि मैले भेटेका मान्छेहरूको अनुहार झल्झल्ती आँखामा आए। यदि मलाई पनि कोरोना संक्रमण भएको रहेछ र मेरै कारणले अरुलाई पनि सरेको रहेछ भने? उनीहरुलाई केही भयो भने? हजार प्रश्नहरू आफैंसँग ठोक्किन थाले।

चिट्चिट् पसिना आइरहेको थियो। घरमा कसरी भन्ने? ममी गाउँमा हुनुहुन्छ। अघिल्लो दिन उहाँले ‘बाहिर धेरै नहिँड् है कान्छा। काठ्माडौंमा झन् बढीलाई कोरोना देखिया छ रे। २०,२२ वर्षका पनि मरिरहेको समाचार दिएको दियै छ। तँ अफिस र घरमात्रै गर् है’ भनेको आवाज कानमा बजिरहेको थियो। बाहिर डुल्ने कुरामा ‘कन्ट्रोल’ गर्न उहाँको आग्रह थियो।

‘ख्याल-ख्याल गर्दागर्दै के हुन्छ पत्तो हुँदैन। के हुन्छ कसले देखेको छ र?’ बुवाले दिनैपिच्छे फोन राख्ने बेला भन्ने गर्नुहुन्छ। 

ममी-बुवाले भन्नुभएको कुरा मलाई पनि थाहा नभएको त कहाँ हो र? तर, सोच्दै नसोचेको कुरा आइलाग्दो रहेछ।

सँगै बसेकी दिदी सम्झिएँ। १ वर्षको भाञ्जो, ६ वर्षकी भाञ्जी, ३ वर्षको भतिज, योबीचमा सबैलाई भेटिसकेको थिएँ। सबैका कलिला अनुहार आँखाअगाडि आउन थाले। अब कसरी भन्ने? के भन्ने? सबैभन्दा ठूलो कुरो त गाउँमा ममीलाई कसरी भन्ने? यिनै कुराले झन् शिथिल बनाउदै थिए।

Ncell 2
Ncell 2

अफिसमा के भन्ने? झन् तनाव थपियो।

यसबीचमा मैले सोच्न कुनै कोण बाँकी राखिनँ। हजारौं हुँदै लाखौं पुगेको मृत्युको समाचार मैले पनि प्रकाशित गरेको थिएँ। त्यहीँ संख्यामा आफू पनि थपिने हुँ कि भन्ने त्रास थपियो। निको हुने करोड वरिपरिको संख्या सम्झिएँ। आत्मबल बढ्यो। मलाई संक्रमण देखिए पनि केही हुन्न भन्ने भयो।

फेसबुक म्यासेन्जरमार्फत् अफिसमा जानकारी गराएँ।

सबैजना सुरुमा आश्चर्यमा पर्नुभयो। त्यसपछि सान्त्वना आउन थाले- ‘तिमी चिन्ता नलेऊ। केही हुन्न। अफिसमा अरुको पनि पिसिआर गराऔंला।'

मन अलिक हलुंगो भयो।

केही बेरअघिसम्म काँखमा लिएका भाञ्जाभाञ्जी उसैगरी लडिबुडी खेल्न आए। बिचराहरुलाई के थाहा- मामा कत्रो हुन्डरी खेपेर उभिइरहेको छ? म तर्किन थालें। मलाई आफ्नोभन्दा पनि बढी डर उनीहरुकै लागिरहेको थियो। कतै मेरै कारणले यिनीहरूलाई त सरेन? वा सरिसक्यो कि! मन भारी भइरह्यो।

त्रास र अन्योलका बीच त्यसदिन मैले २ घण्टाको समयमा करिब ७ लिटर तातोपानीमा बेसार मिसाएर खाएँ होला। डरले मानिसलाई कतिसम्म गराउँदो रहेछ भन्ने मैले त्यहीबेला महसुस गरिरहेको थिएँ।

अफिसकै अर्को साथी, उहाँले पनि पोजेटिभ देखिएको दाइसँग अलग्गै भेट्नुभएको थियो। उहाँ पनि पिसीआर परीक्षणका लागि टेकु पुग्नुभएछ। तर, २ बजेपछि बन्द हुने भएकाले त्यहाँ भएनछ।

यतिबेला अफिसमा पनि विभिन्न ठाउँमा बुझ्ने काम भइरहेको रहेछ। अफिसबाट फोन आएपछि म बाइक लिएर एउटा निजी हस्पिटल गएँ। अफिसको अर्को साथी पनि पुगिसक्नुभएको रहेछ। हामी दुवैले स्वाब दियौं।

रिपोर्ट बेलुकी ८ बजे आउने भयो। अब घर जाने कि रिपोर्ट कुर्ने? अलमल भयो। रिपोर्ट नआउन्जेल बाहिरै कतै बसौं घर नजाऔं, केटाकेटी छन् झन् जोखिम हुन्छ भन्ने सल्लाह भएपछि हामी बसुन्धाराको शंखधर पार्क पुग्यौं। बन्द थियो। अब बरू तर्केरै बस्ने भनेर आ-आफ्नो घर गयौं।

रिपोर्ट नआउन्जेल कोही पनि नआउनू भनेर म छुट्टै कोठामा सुत्न गएँ। १ वर्षको भान्जो के मान्थ्यो? टाँस्सिन आइहाल्ने। आफैं तर्किएर बसें।

पोजेटिभ नै आयो भने पनि आत्तिनुहुन्न भन्ने त मनमा थियो। तर, आत्तिने वा नआत्तिने कुरा पूर्वतयारीसँग सम्बन्धित रहेनछ।

यतिकैमा राति ८ बज्यो। अस्पतालबाट फोन आएन। खाना खाएँ। ९ बजे अफिसबाटै फोन आयो, ‘तिमीलाई कोरोना पोजिटिभ देखियो। भोलि ३ बजे फेरि अर्को रिपोर्ट आउँछ। अलिकति पनि पीर नगर। निको भइहाल्छौ। चिन्ता नमानी सुत।’

अर्को साथीको भने नेगेटिभ देखिएछ।

पोजेटिभ सुन्नासाथ ममीलाई सम्झिएँ। के भन्ने उहाँलाई? के सोच्नुहोला? हिजोसम्म ‘२२,२३ वर्षका मान्छेमा धेरै देखिएको छ रे तँ जोगिएर हिँड् है’ भनिरहनुभएको ममीलाई आजै यति राति फोन गरेर ‘मलाई पनि कोरोना भयो ममी’ कसरी भन्ने?

दिमागले केही काम गरिरहेको थिएन। के गर्ने, के नगर्ने, के भन्ने के नभन्ने, कसलाई भन्ने कसलाई नभन्ने। यही मात्रै दिमागमा घुमिरहेकोथियो।

पल्लो कोठामा सुतेकी दिदी ८ बजेपछि ३ पटक आइसकी ‘केही खबर आयो त?’ भन्दै। उसलाई के भन्ने?

त्यति राति कसैको निद्रा बिगार्न मन लागेन। मनमा अनेक तर्कना खेलिरहे। निद्रा लागिरहेको थिेएन। कहाँ बसेको छु भन्नेसम्म पनि ख्याल थिएन। अर्धचेतजस्तै फोनको स्क्रीन सार्दै बसिरहेको थिएँ।

अफिसबाट सबैका म्यासेज आउन थाले। बाथरुम जाँदैथिएँ, दिदीले बोलाइ, ‘रिपोर्ट आयो त?’

के भन्नुँ, के नभन्नुमा परें। अनि भनेँ ‘अँ आयो।’

‘के भएछ त?’

‘पोजिटिभ’

‘ठट्टा नगर। यस्ता कुरामा नि नजिस्की बोल्न आउँदैन?’ 

‘हो क्या। अघि अफिसबाट फोन आएको थियो पोजेटिभ आयो रे’

‘ला! हो र?’

‘अँ! अब भोलि हस्पिटलतिर हुन्छ कि कता हुन्छ, जानुपर्छ होला। मन्त्रालयतिरबाट फोन आउला अनि जाने।’

‘ए, ल ल अहिलेचाहिँ चिन्ता नगरी सुत्।’

मनमा डर र चिन्ताको भकारी भए पनि बाहिर त्यतिमात्रै भन्दा पनि केही राहत मिल्यो।

त्यो रात त्यस्तै भयो। तातोपानी र बेसारमात्रै आधारातसम्म पिएको पियै। कुन बेला निदाएछु पत्तो पाइनँ।

भोलिपल्ट बिहानै उठेर करिब ८ बजेतिर बुबालाई भनें। एकछिनसम्म केही बोल्नुभएन। ‘कताबाट सर्योउ त?’ मात्रै भन्नुभयो। मैले सबै वृत्तान्त सुनाएँ।

‘चिन्ता नगर् जे नहुनु भयो। अब धेरै चिन्ता नली’ यति भनेर फोन दाइलाई दिनुभयो। सधैँ सम्झाइबुझाइ गर्ने बुबाले यसरी बोलेको कहिल्यै पनि सुनेको थिइनँ। दाइले सम्झायो, ‘चिन्ता नली, केही हुन्न। कस्ताकस्ता बुढाबुढी त निको भएर घर फर्केका छन्। तँ हामीलाई केही हुन्न। केही चिन्ता नगर्। मजाले खाने कुरा खा। आत्मबल दह्रो बना।’
ऊर्जा थपियो।

‘ममीलाई भन्ने कि नभन्ने त?’

‘अहिले नभन्ने। एक्लै हुनुहुन्छ फेरि उता अर्को तनाव थपिन्छ। निको भएसी भनौंला। यताको केही चिन्ता नगर् हामी छौं। तँचाहिँ केही चिन्ता नगर्।’ यति भनेर फोन राख्यौं।

मन्त्रालयबाट फोन आउला र एम्बुलेन्स पनि आउला अनि जाउँला भन्ने भयो। भाञ्जो जति-जति नजिक आउँथे उतिउति डर लाग्थ्यो।तर्किन खोज्थें। ‘सर्ने भए सरिसक्यो हेर् कति दिन भइसक्यो होला अब एकदिन पर बसेर के हुने हो र?’ दिदी भनिरहेकी थिई। एक मनले‘हुन त हो’ भने पनि केटाकेटी नजिक आउनासाथ आफ्नोभन्दा पनि उनीहरूको पीर ज्यादा भयो।

कतिखेर फोन आउला र हिँडौं जस्तो भयो। फोन आएन। दिउँसो १:२५ बजे ल्यान्डलाइन नम्बरबाट कल आयो। स्वाब दिएको हस्पिटलबाट रहेछ। ‘तपाईंको रिपोर्ट हामीले यहाँबाट मन्त्रालय पठाएका छौं, पोजेटिभ हुन्छ कि नेगेटिभ हुन्छ त्योचाहिँ उनीहरूले नै फोन गरेपछि मात्र थाहा हुन्छ है’, सुरिलो स्वरकी एउटी युवतीले भनिन्।

‘अनि फोनचाहिँ कहिले आउँछ त?’

‘१,२ दिन लाग्ला सर!’

अब झन् डर भयो। १,२ दिनसम्ममा त नसरेको भए नि सर्छ अरुमा। अफिसमा फोन गरें। अफिसका सिनियर दाइहरुबाट भरोसा पाइरहें- ‘चिन्ता नगर हामी मिलाउँछौं।

केही बेरमै टेकु हस्पिटलमा बेडको लागि कुरा भएको र तुरुन्तै जानुपर्ने खबर पाएँ। म टेकु अस्पताल हान्निएँ।

इमर्जेन्सी वार्डमा पुगें। एकजना डाक्टर भित्र-बाहिर गरिरहेका थिए। बाहिर आएको मौका छोपेर भनें, ‘म प्रदीप घिमिरे। भर्ना हुनका लागि नाम टिपाइएको छ। एकपटक हेर्नु न है।’

‘सबै वार्ड प्याक भइसक्यो। अब आइसियूमात्रै बाँकी छ। तपाईंलाई के सिम्प्टम्स छ?’

‘घाँटी खसखसाउँछ।’

‘आधा घण्टाजति त्यहाँ बस्नुस्’, यति भनेर उनी कतै अलप भए।

लगभग ३०,४० मिनेटपछि एक्स-रे गर्न जानुपर्ने भयो भनेर छातीको एक्सरे गराएँ। त्यसपछि आइसीयूमा लगियो। आइसियू ब्लक बी, बेडनं- ८।

पल्लो बेडमा एकजना मजस्तै केही लक्षण नभएका अर्का संक्रमित थिए। परिचय भयो। सर्लाहीका रहेछन्। कुनै लक्षण छैन।

एकछिन त्यहीँ बेडमा बसिरहें। बाहिरबाट एकजना नर्स आइन्। कस्तो छ? के भएको? लक्षण के हो? सबै सोधनी भयो। ‘कोरोना पोजिटिभ देखियो। यत्ति हो। अरु ठिकै छ। घाँटी अलिक खसखस गरेको हो कि जस्तो थियो तर अहिले नर्मल नै छ’, मैले फटाफट भनें।

‘चिन्ता गर्नुपर्दैन। लक्षण नै नभएमा घरमै बसेर पनि आफूलाई आइसोलेटेड गरेर खान्कीमा ध्यान दिँदा नि निको हुने कुरो हो। त्यही पनि यहाँ आउनुभयो, अब निको हुन्छ चिन्ता नगर्नुस् है’, उत्साह दिँदै उनी अर्को कोठातिर लागिन्।

एकछिन आइसीयूकै बाहिर प्यासेजमा निस्किएँ। संक्रमितहरू ओहोरदोहोर गरिरहेका थिए। सबै सामान्य अवस्थामै थिए। कतिपयलाई दूरी कायम गरेरै सोधें- कस्तो लागेको छ? तपाईं संक्रमित भएपछि कोरोना के होजस्तो लाग्यो? आदि आदि। प्रायले एउटै जवाफ दिएका थिए- ‘संक्रमण हुनुअघि बाहिर जति हल्ला सुनिन्थ्यो त्यसको १० प्रतिशत पनि रहेनछ। सबै हल्लामात्र रहेछ। हामीसँगै बसेकाहरू सामान्य रुपमै आएर त्यतिकै निको भएर कति घर फर्किए।’

दिक्क लागिरह्यो। फोन खोलें। म्यासेजहरू आइरहेका थिए। कुनै हेरें, कुनै हेरिनँ। त्यो दिन त्यतिकै भयो।

साँझतिर दुईजना डाक्टर आए। हौसला दिए, ‘तपाईंलाई ठिक छ? हामी फेरि भोलि आउँछौं। चिन्ता लिनुपर्दैन है? सबै ठीक हुन्छ। हामी छौं।’

ममीको फोन आयो। एक्कासी चिट्चिट् पसिना आउन थाल्यो। वरिपरी आइसीयूमा जडान गरिएका मसिनहरू ठूलो स्वरमा बजिरहेका थिए। फोन उठाएँ। सामान्य गफ भयो। अफिसमै छु भनें।

‘ल ल फोन धेरै नचलाई राम्ररी सुत्। भोलि रोपाइँ छ। मलाई फोन नगर् है। फोन कता हुन्छ, म कता हुन्छु’, उहाँले कुरा सक्नुभयो।

भोलिको दिनका लागि पनि केही राहत मिल्यो।

बेलुकातिर आफ्नोबारे चिन्ता लिने सबैलाई फोन लगाएँ, ‘यहाँ राम्रो छ। सोचेभन्दा धेरै राम्रो हुँदोरहेछ। चिन्ता लिनुपर्दैन। जस्तो बाहिर होहल्ला हो, त्यस्तो नहुँदो रहेछ। मजस्ता धेरै बिरामी निको भएर घर फर्किसकेका रहेछन्।’

अरुबाट पनि चिन्ता लिनुपर्दैन, तिमी हामीलाई केही पनि हुँदैन। तिमी आफ्नो आत्मबलचाहिँ बढाऊ भन्नेजस्ता सुझावहरू आइरहेका थिए।

अफिसका अन्य साथीहरुले पनि बिहानै १० बजे नै पिसीआर परीक्षणका लागि स्वाब दिइसक्नुभएछ। राति ८ बजे रिपोर्ट आयो। सबैको नेगेटिभ आयो। जति चिन्ता पोजिटिभ देखिँदा लागेको थियो, त्योभन्दा धेरै खुसी अफिसमा कतै फैलिएको रहेनछ भन्ने कुराले लाग्यो।

त्यो रात पनि त्यतिकै कट्यो।

२०७७/०४/२२ बिहीबार
बिहानै उठें। अझै लक्षण केही पनि देखिएको थिएन। तातोपानी पिएँ। बिहानै दुध, बिस्कुटलगायतका खाजा खाएँ। करिब १० बजेतिर राउन्डमा केही डाक्टरहरू आए। मलाई भएको के हो सबै सोधियो। मैले सबै कुरा भनेपछि डाक्टर अनुप बास्तोलाले ‘एकछिन भेट्दा, त्यही पनि भेटुन्जेल मास्क लगाएको भए त नसर्नुपर्ने’ भन्दै तुरुन्तै फेरि पिसीआर गर्नका लागि भनेपछि त्यही दिन फेरि पिसिआर गरियो।

रिपोर्ट भोलिपल्ट आउँछ भनिएको थियो। दुई दिनअघि पिसीआर गर्दा पोजिटिभ आएको भोलिपल्टै त कसरी नेगेटिभ आउँथ्यो होला र भन्ने भयो। मनमा अलिकति पनि नेगेटिभ आउला भन्ने शुभशंकै थिएन।

भोलिपल्ट शुक्रबार त्यसैगरी राउन्डमा आएका डाक्टरले भने, ‘तपाईंको रिपोर्ट नेगेटिभ आयो। फेरि आज पनि टेस्ट गर्छौं। अब तपाईं अलिक सुरक्षित भएर बस्नुहोला है।’

यति भनेपछि अब झन् मनमा अनेक प्रश्न उब्जिन थाले। ‘भनेपछि अस्तिको रिपोर्ट फल्स पोजिटिभ थियो?’, मैले डाक्टरलाई सोधेपछिउत्तर पाएँ, ‘के हो भन्नेबारे आजको पिसीआरको रिपोर्ट आएपछि थाहा हुन्छ। अहिलेलाई आफ्नो ख्याल राख्नुहोला। सुरक्षित बस्नुहोला।’

यति भनेपछि अब पछिल्ला २ दिनमा नै सऱ्यो कि भन्ने चिन्ताले सताउन थाल्यो। अब रुमबाहिर निस्कन कम गरें। निस्किए पनि दुइवटा मास्क लगाउन थालें।

साँझतिर म अस्पताल भर्ना भएको बेला ड्युटीमा खटिएकी नर्सले भनिन्, ‘तपाईं नेगेटिभ आएको मान्छे किन यहाँ संक्रमित भएको रुममा बस्नुभएको?’

नेगेटिभ आएपछि बस्ने छुट्टै रुममा लगेर त्यहाँ बस्न भनेपछि म अर्को रुममा सिफ्ट भएँ। त्यो रात खुसी हुने कि दुःखी भइरहने भन्ने अलमलमै बित्यो। 

भोलिपल्ट शनिबार डाक्टरले नेगेटिभ आएको बताए। शनिबार भएकाले डिस्चार्ज हुन नमिल्ने भएकाले भोलि हुने बताए। मनमा केही ऊर्जा थपियो। सबैलाई फोन गरेर आइतबार डिस्चार्ज हुने कुरा गरें। साथीहरूसँग पनि सेयर गरें तर करिब १-२ घण्टापछि थाहा भयो- शनिबारत कुनै रिपोर्ट नै आउँदो रहेनछ। उनले त त्यही बिहीबारकै नेगेटिभ आएको रिपोर्टको कुरा गरेका रहेछन्। शुक्रबारको रिपोर्ट त आइतबारआउने रहेछ। यदि आइतबार आएको रिपोर्ट नेगेटिभ आए त आइतबार नै डिस्चार्ज हुनेवाला थिएँ तर पोजिटिभ आयो भनेचाहिँ अस्पतालमै बस्नुपर्ने भएकाले बेक्कार सबैलाई भनेछुजस्तो महसुश भयो।

त्यो दिन त्यतिकै कट्यो।

आइतबार बिहानै गएर नर्सहरूलाई ‘मेरो रिपोर्ट कहिले आउँछ, आउनासाथ खबर गर्नू है’ भनें। रिपोर्ट आयो कि भनेरै ५,७ चोटि म त्यहाँपुगें होला।

मलाई त्यतिन्जेल कोरोना भाइरस जति हो बाहिर त्योभन्दा धेरै गुणा बढी हल्ला फैलिएको रहेछ जस्तो लाग्यो। दीर्घरोगी, केटाकेटी र वृद्धवृद्धामा यसको असर केही बढी भए पनि अन्यमा व्यक्तिमा बाहिर मिडिया, सामाजिक सञ्जालमा आएजस्तो केही रहेनछ। ती सबैकुरा हाउगुजीजस्तो लाग्न थाल्यो।

त्यहाँ बसुन्जेल मानिसलाई सामाजिक सञ्जालले कतिसम्म त्रासदीपूर्ण जीवन दिइरहेको रहेछ भन्ने तत्वबोध भएजस्तो लाग्यो।

त्यस्तैमा दिउँसो ११:४७ मा डा अनुपको फोन आयो, ‘भाइ! तिम्रो रिपोर्ट फेरि पनि नेगेटिभ नै आयो। आज डिस्चार्ज हुन्छौ। सबै सामान ठीक पार्दै गर है!’

अब झन् चिन्ता थपिन थाल्यो। भनेपछि मलाई कोरोना नै लागेको थिएन? कोरोना संक्रमण नै नभई पोजिटिभ? यो कसरी सम्भव भयो? यस्ता प्रश्नहरू खेलिरहे।

‘सर! अनि अस्तिको रिपोर्ट?’

‘त्यसको बारेमा मैले केही भन्न मिल्दैन यहाँबाट। हामीले गरेको दुवै टेस्टमा नेगेटिभ आएकाले डिस्चार्ज गर्न लागेका हौं।’


० ० ०

घर फर्किएपछि पनि अहिले म विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेको छु। मलाई न अस्पतालबाटै कोरोना सर्योस कि भन्ने सबैभन्दा ठूलो डर छ। तातोपानी, बेसारपानी, कागतीपानी त दिनहूँ खाइरहेको भए पनि मनमा कतै न कतै डरले भने जरो गाडेको छ।

घर आउनुको त खुसी छँदैथियो। यसबीचमा गलत रिपोर्टले पाएको हैरानीले आक्रोशित तुल्यायो।

हाम्रा अस्पतालहरुको गुणस्तरको विषयमा बहस हुने गरेका छन्। तर, सुधार हुन सकेका छैनन्। कैयौं अस्पतालमा अहिले पनि संवेदनशीलता छैन।

कोरोना परीक्षणकै सन्दर्भमा पनि कैयौं अनियमितताका खबर प्रकाशित भए। यसमा प्रयोग गरिने सामग्रीको गुणस्तरको विषयमा पनि प्रश्न उठे। तर, सरकारले भने यति र उति ठाउँबाट परीक्षण गरिरहेका छौं भनेरै अन्य सबै प्रश्न खारेज गर्दै आएको छ। बेवास्ता गर्दै आएको छ।

विज्ञहरुले उठाएका प्रश्नहरुलाई ध्यान दिन नसकेकै कारण संकट व्यवस्थापन चुस्त हुनसकेको छैन। मजस्तै कति होलान्, जो गलत रिपोर्टकै कारण तड्पिए।

कसैको एक क्षणले गर्दा कसैको जिन्दगी बर्बाद हुन्छ भन्ने कुरा उच्च निकायमा भएकाहरूले किन सोच्दैनन्? उनीहरूका लागि त्यस्ता स्वाब दिनमा हजारौं आउलान् तर हर एक स्वाबमा हर एक व्यक्तिको जिन्दगी लुकेको हुन्छ।

हुन त, ठूलो संख्यामा परीक्षण गर्दा केही प्रतिशतमा ‘इरर’ देखिएको हुन सक्छ। मेरै केसमा त्यस्तो परेको हुन सक्छ। अहिले मेरो अपेक्षा पनि यही छ कि त्यो सामान्य ‘इरर’ नै होस्, हाम्रो हेलचक्र्याइँको परिणाम नहोस्।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७  १४:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रदीप खद्योत
लेखकबाट थप
ट्रम्पको अप्रिय बहिर्गमन
अमेरिकी उपराष्ट्रपतिमा जितेकी कमला ह्यारिस को हुन्?
सीमा समस्या समाधानमा सैन्य कूटनीतिको पक्षमा छ भारत ?
सम्बन्धित सामग्री
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर उद्यमी भनेको धेरै जनामा एक जना सफल भएको हुन्छ । त्योपनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर । उद्यमीमा पैसा कमाउने र बढाउने बेग्र इ... मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवैजनाको रिट एकैठाउँमा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो। आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आधुनिक ओखतिविज्ञान, आर्यूवेद तथा आध्यात्मिक अभ्यासका कारण चौरासी वर्षका क्याप्टेन आशबहादुर गुरुङ क्यान्सरमुक्त भएका हुन् । दिल्लीस्थ... आइतबार, फागुन १८, २०८१
ताजा समाचारसबै
कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम शनिबार, जेठ ३१, २०८२
रुसले फिर्ता गर्यो १२ सय १२ युक्रेनी सैनिकको शव शनिबार, जेठ ३१, २०८२
म्याग्दीमा भिरमह उत्पादन ७५ प्रतिशतले घट्यो शनिबार, जेठ ३१, २०८२
ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु, एक गम्भीर घाइते शनिबार, जेठ ३१, २०८२
विपद् प्रतिकार्य योजना स्वीकृत शनिबार, जेठ ३१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो) बुधबार, जेठ २८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
यस्तो छ कांग्रेस-एमाले र माओवादीबीचको २ बुँदे सहमति शुक्रबार, जेठ ३०, २०८२
अहमदावाद विमान दुर्घटनाः २४१ यात्रु सहित २६५ जनाको मृत्यु शुक्रबार, जेठ ३०, २०८२
इजरायल इरानबीच युद्दको संकेत, बदला लिने तेहरानको वाचा शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्को विवाद, गणेश पराजुलीले अरुलाई निरीह भनेपछि टेबुल ठोकाठोक शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्