एजेन्सी – रुसले १२ सय १२ जना युक्रेनी सैनिकहरूको शव फिर्ता युक्रेनलाई फिर्ता गरेको छ । यो सैनिकहरूको शव फिर्तालाई पछिल्लो महिनामा इस्तानबुलमा सम्पन्न शान्ति वार्ताको सम्झौता अनुसार गरिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यसलाई युद्ध शुरु भएको तीन वर्षभन्दा बढी समयपछि भएको सबैभन्दा ठुलो शव फिर्ता प्रक्रिया मध्येको एक मानिएको छ ।
तर, मास्कोले यो प्रक्रिया एकतर्फी भएको दाबी गर्दै आएको छ । युक्रेनले आफ्ना मृतक सैनिकहरूको शव फिर्ता भने नगरेको आरोप लगाइएको छ । रुसले १२ सय १२ जना युक्रेनी सैनिकहरूको शव फिर्ता गर्दा युक्रेनले २७ रुसी सौनीकहरुको शव फिर्ता गरेको छ ।
गत साता टर्कीमा भएको शान्ति वार्ताको सम्झौताले दुवै पक्षले ६,००० मृत शरीरहरू आदानप्रदान गर्ने, बिरामी र गम्भीर घाइते युद्ध कैदीहरूको पनि आदानप्रदान गर्ने सहमति भएको समाचारमा उल्लेख छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।