काठमाडौं- दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज (बुधबार) पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ। उनको पार्थिव शरीरमा छोराहरू इन्दिवर र राजीव घिमिरेले मुखाग्नि अर्पण गरेका थिए।
यसअघि उनको निवास लैनचौर, अलकापुरी पुगी दिवङ्गत घिमिरेप्रति उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेता अर्जुननरसिंह केसी, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए।
नेपाली सेनाका मानार्थ सहायक रथी घिमिरेको सम्मानमा सेनाका अधिकृत नेतृत्वको टुकडीले सम्मान गारत अर्पण गरेको थियो। आर्यघाटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, उच्च सैनिक अधिकृत, साहित्यकार, कलाकारलगायतले पनि राष्ट्रकविप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए। कविवर घिमिरेको मङ्गलबार साँझ १०१ वर्षका उमेरमा निधन भएको थियो।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा दागबत्ती दिँदै छोराहरु।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा दागबत्ती दिँदै छोराहरू।
दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरलाई बुधबार ब्रम्हनालमा राखिएको अवस्थामा श्रद्धाञ्जलि दिँदै परिवारजन।
राष्ट्रकवि स्व माधवप्रसाद घिमिरेको पार्थिव शरीरलाई बुधबार पशुपति आर्यघाटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले श्रद्धाञ्जलि अर्पण गर्दै।
राष्ट्रकवि स्व माधवप्रसाद घिमिरेको पार्थिव शरीरलाई बुधबार पशुपति आर्यघाटमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सलामी अर्पण गर्दै ।
दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको बुधबार पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि। उनको पार्थिव शरीरमा छोराहरु इन्दिवर र राजीव घिमिरेले मुखाग्नि अर्पण गरेका थिए।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजन।
दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको बुधबार पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि । उहाँको पार्थिव शरीरमा छोराहरु इन्दिवर र राजीव घिमिरेले मुखाग्नि अर्पण गरेका थिए।
दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरलाई बुधबार ब्रम्हनालमा राखिएको अवस्थामा श्रद्धाञ्जलि दिँदै परिवारजन।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्तिम संस्कारका क्रममा पशुपति आर्यघाटमा श्रद्धाञ्जलिका लागि पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, प्रधानसेनापति पूर्णचन्द थापालगायत।
आर्यघाटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, उच्च सैनिक अधिकृत, साहित्यकार, कलाकारलगायतले पनि राष्ट्रकविप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।