एजेन्सी-भारतीय मिडियाका लागि बहस गर्न अनेक विषय छन्। सबैभन्दा पेचिलो विषय त कोरोना महामारीबाट प्रताडित हुने विश्वको दोस्रो देश बनिसकेको छ। यही क्रम बढ्दै गयो भने पहिलो हुन धेरै समय कुर्नुपर्ने छैन।
कोरोना भाइरस संक्रमित ७२ हजारभन्दा बढीको ज्यान गइसकेको छ। तर यी हजारौंको मृत्यु र लाखौं संक्रमितको विषय भारतीय मिडियाले तपसिलमा राखिदिएका छन्। उनीहरु यतिबेला बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युका पछि दौडेका छन्।
के राजपुतको आत्महत्याका विषयमा कोही संग्दिग्ध वा अभियुक्त छ? यसको संक्षिप्त उत्तर हो-अहिलेसम्म छैन। तर अधिकतर मिडिया रिया चक्रवर्तीतर्फ इशारा गरिरहेका छन्।
केही टिभी प्रस्तोता र सामाजिक सञ्जालका ट्रोलले उनलाई बिना कुनै आरोपकी दोषी करार गरिदए। आधिकारिक सूचनामा आधारित रिपोर्टिङको सट्टा मिडियाको एउटा समूहले यसलाई सर्कसमा परिणत गरिदए। २८ वर्षीय एक महिलाका विरुद्ध जज र जुरीको भूमिका निर्वाह गर्ने कोशिस गरिरहेका छन्।

चिन्ताको विषय यो हो कि यो कुरा परम्परागत टिभी, समाचार पत्र र आधुनिक सामाजिक सञ्जालबिना रोकटोक चलिरहेको छ।
भारतीय पत्रकार राकेश भटनागर एक अनुभवी पत्रकार हुन्। उनले पछिल्ला चार दशकमा उच्च न्यायालयका सयौं हाइ प्रोफाइल केसमा रिपोर्टिङ गरेका छन्। उनी भन्छन्, 'सुशान्तको मृत्युमा अनुसन्धान गरिरहेका तीन केन्द्रीय एजेन्सीकै जाँच अहिले रिया चक्रवर्तीमा केन्द्रीत छ। यो केसमा हालसम्म कोही आरोपी छैन। मिडियाले अत्याचार बन्द गर्नुपर्छ। सिबीआइ र अन्य एजेन्सीले रिया र उनको परिवारसँग केही सोधपुछ गरे पनि आरोपित ठानेर होइन।'
भटनागर भारतीय पत्रकारिताको अवस्थाप्रति खेद प्रकट गर्छन्। उनका अनुसार मिडिया परीक्षण एक सामान्य कुरा भइसक्यो। उनको स्वीकारोक्ति छ-भारतमा मात्रै होइन, यो वैश्विक समस्या बनिरहेको छ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालस्थित रोयटर्स इन्स्टिट्युट फर द स्टडी अफ जर्नालिज्मका एशोसियट डाइरेक्टर क्याथलिन मर्सर आत्महत्याको विषयमा रिपोर्टिङ गर्दा सावधानी अपनाउनुपर्ने बताउँछन्। उनी भन्छन्, 'कुनै पनि जिम्मेवार सञ्चारमाध्यमले यसबारे समाचार बनाउनुअघि तीन कुरामा ध्यान दिन जरुरी हुन्छ। दु:ख र आघातबाट गुज्रिरहेका आफन्तप्रति संवेदनशील देखिनु, आमजनप्रति जिम्मेवार देखिनु र यो आत्महत्याको रिपरोर्टिङका कारण अरु कसैले आत्महत्या नगरोस्।'
नेटफ्लिक्समा 'ट्रायल बाइ मिडिया' नामक ६ भागको एक नयाँ शृंखला छ। जहाँ प्रसिद्ध ६ घटनालाई चित्रण गरिएको छ। यो शृंखलाबाट थाहा हुन्छ कि यी विषयलाई कसरी मिडियाले सनसनीखेज बनाए र कतिको करिअर र प्रतिष्ठा धुलिसात गरिदिए। मिडिया ट्रायल अब दोधारे तलवार बनिसकेको छ। परम्परागत मिडियाका अलावा आमजनलाइ सामाजिक सञ्जालको सनसनीखेजसँग पनि लड्नु परिरहेको छ। जसको ताजा उदाहरण रिया चक्रवर्ती हुन्।

विश्वका पाँच प्रसिद्ध मिडिया ट्रायलका उदाहरण
ओ.जे. सिम्पसन मिडिया ट्रायल
अमेरिकाको राष्ट्रिय फुटबल लिगका प्रसिद्ध खिलाड़ी ओ.जे. सिम्पसनले गरेको भनिएको हत्याको विषयलाई ट्रायल अप द सेन्चुरी भनिन्छ।
३ अक्टोबर १९९५मा सिम्पसनको मुद्दामा गरिएको फैसलाको अमेरिकीमा कोर्ट रुमबाटै लाइभ गरियो। जसलाई १० करोड भन्दा बढीले हेरे। उनका विरुद्ध उनी पूर्व पत्नी निको ब्राउन सिम्पसन र उनका साथी रोनाल्ड गोल्डम्यानको हत्याका विषयमा मुद्दा चलेको थियो। तर जुरीले सिम्पसनलाई आरोपबाट मुक्त गरिदए।

ट्रायलका समयमा मिडियामा लगतार अपुष्ट समाचार र फेक समाचार छापिएका कारण जजलाई जुरी सदस्य पटक–पटक बदल्नुपर्यो। कति समय सुनुवाइ स्थगित गर्नुपर्यो।
ती जज भन्छन्– जुरीका कति सदस्यलाई फैसलामा बढी नै रुची थिये। त्यही कारण मिडियामा अन्तर्वार्ता दिएर विचार प्रकट गरे। जसले फैसलामा असर पर्न सक्थ्यो। कति साक्षी मिडियाका खबरबाट धेरै प्रभावित भएको पाइयो।
बेलायतमा डा डेभिड केलीको मिडिया कभरेजपछि मृत्यु
मे २००३ मा बीबीसीको एक रिपोर्टले इराकसँग सामूहिक विनासका हतियार रहेको सरकारको दाबीको खण्डन गरिदयो।
हतियार विशेषज्ञ डा डेभिड केलीलाई यो खबरकी स्रोत भनेर थाहा पाएपछि यसलाई खुब उछालियो। बिबिसीले आफ्नो स्रोत सार्वजनिक गरे तर त्यसपछि पनि डा केली तनावमा रहे।

त्यसपछि डा केलीले संसदीय समितिमा दिएका प्रमाण दिएर उनले आफूले खबर सार्वजनिक नगरेको भन्दै खण्डन गरे। आफ्नो तर्फबाट स्पष्ट पारेको भोलिपल्ट उनी एक सुनसान इलाकामा मृत भेटिए। उनको मृत्युको जाँचपछि आत्महत्या गरेको देखियो। तर कतिपय अहिले पनि उक्त जाँचमाथि सन्देह प्रकट गर्छन्। उनको मृत्युपछि बिबिसीले डा केली नै उक्त खबरको स्रोत भएको बतायो। मिडियाले पूरै अपमान गरेका कारण उनी तनावग्रस्त रहेको उनकी पत्नीले बताइन्।
लोरेना बोबिट केस
यो अनौठो मुद्दा थियो। जसका कारण यसमा धेरै मिडिया कभरेज देखियो। अमेरिकामा सन् १९९३ मा घरेलु दुर्व्यवहारकी शिकार लोरेना बोबिटको मिडिया ट्रायल भएको थियो। उनले भर्जिनियामा आफ्ना पति जोन वेन बोबिटको लिङ्ग काटिदिएकी थिइन्। जसलाई आफ्नो कारको झ्यालबाट बाहिर फालेकी थिइन्।

उनको दाबी के थियाे भने उनका पतिले विवाहपछि भावनात्मक, शारीरिक र यौन शोषण गरे। विशेषज्ञको विचारलाई ध्यानमा राखेर जुरीले उनलाई मुक्त गरिदिए। उनका श्रीमानको काटिएको लिङ्ग खोजियो र उनको शरीरमा जोडेर फेरि सामान्य यौनजीवनमा फर्काइएको थियो।
रोडनी किङमाथि प्रहरी पिटाइ
सन् १९९१ मा अमेरिकाको लस एन्जलस सहरमा काला जातिका रोडनी किङलाई गोरा जातिका प्रहरीले पिटे। जसलाई एक बटुवाले आफ्नो क्यामेरामा कैद गरेका थिए।

रोडनी बाँचे। तर चोटग्रस्त टाउको, भाँचिएका दाँत र विचलित आत्मासहित। उनका परिवारका अनुसार उनी मानसिक र मनोवैज्ञानिक रुपमा सधैंका लागि कमजोर बनिसकेका थिए। उनको मृत्यु सन् २०१२ मा ड्रग कुलतका कारण भयो। उनीमाथि खुलमखुल्ला गरिएको पिटाइको प्रहरीविरुद्ध गरिएको मुद्दाको सुनुवाइलाई विश्वभरका मिडियाले प्रसारण गरे। तर प्रहरीले सफाइ पाए।
जबकि अदालतभन्दा पहिले नै मिडियाले प्रहरीलाई दोषी करार गरेर फैसला सुनाइदिएका थिए। जब अदालतले सफाइ दियो दुनियाँभर खलबली मच्चियो।
यसका कारण सहरमा पाँच दिन आगजनी, लुटपाट र गोलाबारी भयो। जसमा ५४ जना मारिए।
स्कट पिटरसनको मुद्दा
स्कट पिटरसन नामका एक अमेरिकी, जसमाथि आफ्नी गर्भवति पत्नीको हत्या गरेको आरोप लगाइएको थियो। उनी आफ्नी श्रीमती र वैवाहिक जीवनबाट मुक्ति पाउन चाहन्थे भनिन्थ्यो। मुद्दा विचाराधीन अवस्थामा रहँदा उनी आफ्नी श्रीमतीकाे परिवारलाई सहयोग गरिरहे र पैसा पठाइरहे।

मुद्दा चलिरहेका बेला पनि एक आदर्श पतिको छवि कायम राख्ने कोशिस गरिरहे। यो हाइ प्रोफाइल मुद्दामा मिडियाले पहिले नै अपराधी सावित गरिदिएका थए। जबकि उनी आफू निर्दोष रहेको भन्ने विषयमा जोड दिइरहे।
मिडियामा यो मुद्दालाई लिएर धेरै हल्लाखल्ला मच्चियो। आखिरमा जुरीले उनलाई दोषी ठहर्यायो। उनका साथी र समर्थकको भनाइ थियो कि मिडियाले फैसलाभन्दा पहिले नै हत्याराका रुपमा पेश गरिदिए। जसको प्रभाव जुरी र साक्षीमा पर्यो।
(बिबिसी हिन्दीबाट अनुदित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।