काठमाडौं-नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले आफ्नो नयाँ पिकअप टुनल्यान्ड ई र १९-सिट क्षमताको नयाँ भ्यान भ्यु सीएस२ एल आगामी साता सार्वजनिक गर्ने भएको छ।
एमएडब्लू वृद्धि एमएडब्लू ग्रुप अफ कम्पनीजको कमर्सियल भेहिकल डिभिजन हो। एमएडब्लू ग्रुप यामाहा, जेसिबी, स्कोडा र जिपलगायतका चर्चित अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डको नेपालको आधिकारिक वितरक हो।
पावरफुल स्टाइलिस र बहुउपयोगी पिकअप र भ्यान
टुनल्यान्ड ईमा २.८ लिटरको फोर सिलिन्डर, इलेक्ट्रिकल्ली कन्ट्रोल्ड, टर्बो चार्जर र इन्टरकुलसहितको हाई प्रेसर कमन रेल इन्जिन राखिएको छ। यसले अधिकतम १ सय १३ बिएचपी पावर र अधिकतम २ सय ८० एनएम टर्क उत्पन्न गर्छ।

पाँच सिट क्षमताको यो डबल क्याबको कार्गो बक्स प्रतिस्पर्धी पिकअपको तुलनामा ठूलो (१.५२ मि.बाई १.५८ मि.बाई ०.४४ मि.) रहेको र यसको पेलोड क्यापसिटी एक हजार किलोग्राम रहेको छ। सुरक्षाका लागि यसमा ड्राइभर र प्यासेन्जरका लागि ड्युअल एअरब्याग, इबिडीसहितको एबिएस डिस्क ब्रेक राखिएको छ।
त्यसैगरी, एमएडब्लू वृद्धिले नेपालकै पहिलो र एक मात्र १९ सिट क्षमता भएको भ्यु सीएस२ एल पनि सार्वजनिक गर्ने भएको छ। २.८ लिटरको शक्तिशाली कमन्सिको डिजेल इन्जिनले अधिकतम १ सय १० किलोवाट पावर र ३ सय ३० एनएम टर्क उत्पन्न गर्छ। यसमा पाँच स्पिडको म्यानुअल ट्रान्समिसन रहेको छ।
यात्रुको सुरक्षाका लागि यसमा चालक र एसिस्ट्यान्टको लागि एअरब्यास, इबिडीसहितको एबिएस, डेटाइम रनिङ लाइट, फ्रन्ट फगल्याम्प, रिभर्स राडार लगायतका विशेषता छन्। त्यसैगरी, यात्रुको आरामको लागि यसमा हरेक सिटमा हेडरेस्ट, सिट बेल्ट, एसी र अन्तिम सिट फोल्डेबल छ। साथै, यसमा इलेक्ट्रिक फ्रन्ट विन्डो र इलेक्ट्रिक ओराभिएम राखिएको छ। यी दुवै उत्पादन बजारमा उपलब्ध प्रतिस्पर्धी उत्पादनको तुलनामा बढी शक्तिशाली र स्टाइलिस मात्र नभई बहुउपयोगी भएको दाबी कम्पनी छ।
‘भ्यालु टु कस्टमर’ फोटोनको प्राथमिकता
नेपाली बजारमा विगतमा टुनल्यान्ड एस र भ्यु सीएस२ मात्र थियो। टुनल्यान्ड ई र भ्यु सीएस२ एलल्याएर नेपाली बजारमा यो सेग्मेन्टमा बढिरहेको कमर्सियल भेहिकलको मागलाई सम्बोधन गर्न लागेको एमएडब्लू वृद्धिका सेल्स हेड नविन आचार्यले बताए। ‘भ्यालुु टु कस्टमर हाम्रो पहिलो प्राथमिकता हो। हामीलाई विश्वास छ नेपाली बजारले यी दुवै उत्पादनलाई सुविधासम्पन्न, विश्वासिलो र सस्तो पाउनेछ,’ आचार्यले भने।
‘डेमलर, कमिन्स र जेडएफ जस्ता विश्वप्रसिद्ध निर्मातासँगको सहकार्यबाट उत्पादित फोटोनका सबै गाडी गुणस्तर र डिजाइनका हिसाबले बेजोड छन्,’ उनले थपे, ‘फोटोनले रिसर्च तथा डेभलपमेन्ट र उत्पादन क्षमतामा ठूलो लगानी गर्दै आएको छ जसका कारण फोटोन ब्रान्डका सवारीसाधन पछिल्लो प्रविधि र गुणस्तरमा आधारित हुन्छन्।’
विश्वभर फोटोनका ९६ लाख सवारीसाधन
सन् १९९६ मा स्थापना भएपछि हालसम्म फोटोनले ९६ लाख वटा विभिन्न सवारीसाधान उत्पादन गरी संसारभर विक्री गरिसकेको छ। हालै फोटोनले सार्वजनिक गरेको आर्थिक प्रतिवेदन अनुसार उसको ब्रान्ड भ्यालु हाल २३.४ अर्ब डलर रहेको छ र कम्पनी १६ वर्षदेखि लगातार चीनको एक नम्बर कमर्सियल भेहिकल ब्रान्ड बनिरहन सफल भएको छ।
फोटोनमा बिआइएसी र डिमलरको ५०–५० प्रतिशत साझेदारी रहेको छ। साथै, संसारको नं १ ट्रान्समिसन सिस्टम निर्माता जर्मन कम्पनी जेडएफ र संसारको नं १ इन्जिन निर्माता अमेरिकी कम्पनी कमिन्ससँग पनि फोटोनको साझेदारी छ।
विश्वका विभिन्न २७ स्थानमा रहेका नकडाउन फ्याक्ट्रीबाट उत्पादित फोटोनका सवारीसाधन एक सय १० मुलुकमा उपलब्ध छन्। विश्वको कमर्सियल भेहिकल बजारमा १७ प्रतिशत हिस्सा रहेको फोटोनले नेपाली बजारमा आक्रामक रुपमा प्रस्तुत हुने योजना बनाएको कम्पनीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।