काठमाडौं- जिल्ला प्रशासनले काठमाडौं उपत्यकामा ट्याक्सी पनि चलाउने दिने निर्णय गरेको छ।
जिल्ला प्रशासनको सूचनाअनुसार यसरी सेवा दिने भाडाका ट्याक्सीको हकमा चालकसहित ३ जना र परिवारभित्रमा ५ वर्ष मुनिका बालबालिका २ जनासम्म राखी चलाउन सकिनेछ।
अगाडि र पछाडिसमेत चढाउन सकिने भएपनि दुई जनामात्र बस्न पाउने निर्णय जिल्ला प्रशासनले गरेको हो। यसरी चलाउने ट्याक्सीहरुले स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।