काठमाडौं–उपत्यकामा जारी निषेधाज्ञाका कारण बन्द रहेको यातायात व्यवस्था कार्यालय मोटरसाइकल सतुंगल आइतबारदेखि खुल्ने भएको छ। कार्यालय एक सूचना प्रकाशित गर्दै आइतबारदेखि सेवा सुरू हुने जनाएको हो।
भदौ ३ देखि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले कोरोना भाइरस संक्रमण बढेसँगै जारी गरेको निषेधाज्ञाका कारण अत्यावश्यक बाहेकका सबै सेवा बन्द थिए। बिहीबारदेखि निषेधाज्ञा खुकुलो बनाउने निर्णय भएको थियो। उक्त निर्णय आएसँगै मोटरसाइकल कार्यालयले आइतबारदेखि सेवा पुनः सुरू गर्ने बराएको हो।
चैत ११ देखि लागू गरिएको लकडाउनसँगै बन्द भएका कार्यालयहरू असार १ देखि लकडाउन खुकुलो भएसँगै खुलेका थिए। निषेधाज्ञा जारी भएपछि पुनः बन्द भएको थियो।
त्यसै यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुनाले पनि आइतबारदेखि नै लाइसेन्स नवीकरणको काम अघि बढाउने सूचना प्रकाशित गरिसकेको छ।
यता यातायात व्यवस्था कार्यालय साना–ठूला सवारी एकान्तकुनाले पनि आइतबारदेखि कार्यालय खोल्ने विषयमा छलफल गरिरहेको छ। कार्यालयले भीड कम हुनेगरि के–कसरी सेवाग्राहीलाई सेवा दिन सकिन्छ भनेर छलफल गरिरहेको जनाएको छ। शुक्रबार बेलुका वा आइतबार बिहान सूचना जारी गरेर सेवा प्रवाहलाई निरन्तरता दिने तयारी कार्यालयको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।