• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
विवादित भएपछि राष्ट्रपति कार्यालयको ट्विटर एकाउन्ट बन्द
64x64
नेपाल लाइभ बुधबार, कात्तिक १२, २०७७  १८:०१
1140x725
बन्द हुनुअघि र पछिको स्क्रिनसट

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीको सञ्चार कार्यालयले प्रयोगमा ल्याएको ट्विटर एकाउन्ट बन्द गरिएको छ। राष्ट्रपति कार्यालयका सूचना र जानकारी साझा गर्ने उद्देश्य राखेर चलाइएको सो एकाउन्ट (@ShitalNiwas) मा प्राविधिक समस्या देखिएका कारण बन्द गरिएको कार्यालयको भनाइ छ।

सो खाता अगष्ट २०१८ मा खोलिएको थियो। त्यसपछिका अपडेटका बारेमा जानकारी प्राप्त नभएता पनि पछिल्लो समय राष्ट्रपतिसँग जोडिएका सूचनाहरु पोस्ट गर्ने गरेका कारण सक्रिय देखिएको थियो।

केही दिनयता सो एकाउन्टलाई लिएर ट्विटरमा विभिन्न प्रतिक्रियाहरु उत्पन्न भएका थिए। कतिपयले सो एकाउन्ट पहिल्यै कसैको प्यारोडी एकाउन्टको रुपमा प्रयोग भएको र पछि नाम र ह्यान्डल परिवर्तन गरी राष्ट्रपतिको कार्यालयले प्रयोग गरेको बताएका थिए। त्यसलाई सहयोग पुग्नेगरी उनीहरुले कैयौं स्क्रिनसटहरु पनि पोस्ट गरेका थिए।

सार्वजनिक भएका फोटोहरुमा शितल निवास ह्यान्डललाई मेन्सन गरेर प्रशस्तै अन्तरक्रिया गरिएका छन्। तर, ती स्क्रिनसटमा शितल निवास ह्यान्डल भएको ट्विटरसँग सम्बन्धित ट्विटलाई भने हटाइएको देखिन्छ। यसले अहिले शितल निवास बनाइएको भए पनि पहिले अर्कै ह्यान्डल रहेको र त्यसमा अन्तरक्रिया भएको तर्कलाई बल पुग्छ। यद्यपि, यसको आधिकारिता भने पुष्टि भएको छैन।

प्रधानमन्त्री निकट र सरकारबाट लाभ लिएका कतिपयले नै विभिन्न नेताका नाममा प्यारोडी एकाउन्ट बनाउने र असान्दर्भिक ट्विट लेख्ने गरेको आरोप लाग्ने गरेको छ। 

तर राष्ट्रपति कार्यालयका सूचना तथा सञ्चार विज्ञ टीका ढकालले भने आफूले प्रयोगविहीन अवस्थामा रहेको ह्यान्डललाई सक्रिय बनाएको बताए। ‘शितल निवास ह्यान्डलमै दर्ता भएर नचलाइएको खाता मैले एक्भिट गरेको हो। मैले नै भेरिफाइ गरें’, उनले नेपाल लाइभसँग भने।

उनले आफूले पुरानो खातालाई ‘रिनेम’ नगरेको पनि बताए। पहिले कसैले फेक खाता चलाएर, पछि शितल निवास बनाएर तपाईंलाई दिएको हो भन्ने प्रश्नमा उनले सो विषयमा आफूलाई जानकारी नभएको तर आफूले राष्ट्रपति कार्यालयबाट संस्थागत रुपमै सो ह्यान्डल लिएको बताए।

खाताको नाम र ह्यान्डल परिवर्तन गरिएको तर्कलाई सघाउ पुग्ने गरी सार्वजनिक भएका फोटालाई नक्कली भएको हुनसक्ने आकलन गरे। ‘पहिल्यै दर्ता भएको खाता हो। अहिले सार्वजनिक भएका फोटोहरुचाहिँ फोटोसप गरिएका वा अरु केही पनि होलान्। त्यतातिर म गइनँ। तर मैले लिँदाचाहिँ शीतल निवास नै थियो। (राष्ट्रपति कार्यालयका साथीहरुले) दुई अढाइ वर्ष अगाडि दर्ता गरेर पनि नचलाइ राख्नुभएको रहेछ’, उनले भने।

सो एकाउन्टबाट पछिल्ला दिनमा राष्ट्रपति कार्यालयका विज्ञप्ति र राष्ट्रपतिसँग सम्बन्धित फोटो पोस्ट गरिन्थ्यो। अन्य कतिपय सूचना पोस्ट गर्नुका साथै राष्ट्रपतिको ट्विटर एकाउन्ट (@Presidenofnp) का ट्विटहरु रिट्विट गरिन्थ्यो।

सो ह्यान्डलाई लिएर बेलाबेलामा अमर्यादित मेन्सन पनि हुने गरेका थिए। त्यसलाई रोक्न सो ह्यान्डलले शिष्ट र मर्यादित बन्न आग्रह गरेको थियो। ‘हरेक विषयलाई राजनीतिक आँखाबाट मात्र नहेरिदिनुहुन सबैमा आदरपूर्वक अनुरोध गर्दछौं’, अक्टोबर २६ मा गरिएको ट्विटमा भनिएको थियो।

केही दिनअघि एउटा अनलाइनको सामग्री सेयर गरेका कारण पनि ट्विटर प्रयोगकर्ताले प्रश्न उठाएका थिए। ढकालले भने त्यसरी सेयर गर्नु नीति नभएर मानवीय त्रुटि भएको बताए। ‘त्यो हाम्रो नीति होइन। मानवीय त्रुटि भएको हो। त्यस्तो गर्नु हुँदैन। त्यसलाई तत्कालै सच्याइएको थियो। तर अहिले खाता बन्द गरिएकोचाहिँ त्यो कारणले होइन’, उनले भने।

ढकालले पछिल्लो समय सो खातामा ह्याकर्स अट्याक् हुने गरेको बताए। ‘सो  ह्यान्डल सक्रिय बनाइयो तर अहिले गहिरिएर हेर्दा प्रशस्तै प्राविधिक समस्या देखियो। त्यसमा धेरैपटक ह्याकर्स अट्याक् पनि भयो’, उनले भने।

ढकालले अब केही दिनमै नयाँ एकाउन्ट बनाइने बताए। उनले डिलेट भएको खाताबाट पहिले गरिएका ट्विटहरु आफूले कपी गरेर राखेको बताए। ‘प्रिन्ट पनि गरेको छु’, उनले भने।

एकदुई दिनमै नयाँ खाता : टीका ढकाल, सूचना तथा सञ्चार विज्ञ, राष्ट्रपति कार्यालय
शितल निवास ह्यान्डलमै दर्ता भएर नचलाइएको खाता मैले एक्भिट गरेको हो। मैले नै भेरिफाइ गरें। तर त्यसमा अहिले गहिरिएर हेर्दा प्रशस्तै प्राविधिक समस्या देखियो। त्यसमा ह्याकर्स अट्याक् पनि भयो धेरैपटक। त्यसैले अर्को सुरक्षित खाता बनाउनुपर्नेभयो।

(पुरानो खातालाई रिनेम गरिएको) होइन। मैले त्यसरी खाता लिएको पनि होइन। पहिल्यै दर्ता भएको खाताचाहिँ हो। फोटोहरुचाहिँ फोटोसप गरिएका वा अरु केही पनि होलान्। त्यतातिर म गइनँ। तर मैले लिँदाचाहिँ शीतल निवास नै थियो। (राष्ट्रपति कार्यालयका साथीहरुले) दुई अढाइ वर्ष अगाडि दर्ता गरेर पनि नचलाइ राख्नुभएको रहेछ।

अर्को खाता एक दुई दिनमै आइहाल्छ।

खाता डिलेट गरिए पनि मैले कपी गरेर राखेको छु। प्रिन्ट पनि गरेको छु।

(एउटा अनलाइनको न्युज पनि सेयर भएको थियो) तर त्यो हाम्रो नीति होइन। मानवीय त्रुटि भएको हो। त्यस्तो गर्नु हुँदैन। त्यसलाई तत्कालै सच्याइएको थियो। तर अहिले खाता बन्द गरिएकोचाहिँ त्यो कारणले होइन।

राष्ट्रपति कार्यालयको ट्विटर ह्यान्डललाई शिष्ट र मर्यादित राख्नुपर्छ भन्ने नै हाम्रो जोड छ।

ट्विटरमा औंल्याइएका कतिपय कुराले नै समस्याहरु थाहा भयो। यताबाट हेर्दा ह्यान्डल 'क्लिन' देखिन्छ, बाहिरबाट भएका अन्तरक्रिया कस्ता थिएन भन्ने थाहा हुँदैन नि एकातर्फबाट हेर्दा।

(पहिले कसैले फेक खाता चलाएर, पछि शितल निवास बनाएर) मलाई दिएको हुनसक्ने विषयचाहिँ मलाई थाहा भएन। तर मैलेचाहिँ संस्थागत रुपमै शितल निवास ह्यान्डल लिएको थिएँ।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०७७  १८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित
पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित
झापामा अटो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते
सम्बन्धित सामग्री
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको अध्यक्ष रन्जिता श्रेष्ठले बताइन् । शनिबार, असार २१, २०८२
अन्तिम समयमा त्रिविको सभा स्थगित, प्रधानमन्त्रीले समय दिएनन् प्रधानमन्त्री ओलीले यसअघि नै २२ गते सभाका लागि समय दिएका थिए। तर, अन्तिम समयमा आएर प्रधानमन्त्रीको व्यस्तताको कारण देखाउँदै सभा स्थग... शनिबार, असार २१, २०८२
कुलिङ पिरियड प्रकरणमा छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय शनिबार सिंहदरबारमा सभामखु देवराज घिमिरे र विभिन्न दलका नेताहरुको बैठकले विशेष संसदीय समिति गठन गर्ने निर्णय गरेको सभामुख घिमिरेका प्... शनिबार, असार २१, २०८२
ताजा समाचारसबै
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित शनिबार, असार २१, २०८२
पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित शनिबार, असार २१, २०८२
झापामा अटो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते शनिबार, असार २१, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्