• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
प्रधानमन्त्रीको सदाबहार सूत्र-अप्ठ्यारोमा परेपछि राजीनामाको फन्डा
64x64
किशोर दहाल बिहीबार, कात्तिक २०, २०७७  ११:२२
1140x725
फाइल फोटो

काठमाडौं- 'तपाईंहरु विचार गर्नुस्, के अहिले मैले राजीनामा दिन हुन्छ? राजीनामा दिन मिल्छ? मेरो लागि होइन, देशको लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो।'

बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले भनेका कुरा हो, यो।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र जबजब विवाद बढ्छ, प्रधानमन्त्री ओलीको आलोचना सुरु हुन्छ, उनको निर्णय र कार्यशैलीमाथि प्रश्न उठ्छ, तबतब उनीबाट यस्तै अभिव्यक्ति सार्वजनिक हुने गरेको छ। आफ्नो संकटलाई उनले पटकपटक राजीनामा मागिएको विषयसँग जोड्ने र विवादलाई विषयान्तर गर्ने गरेका छन्। त्यसका लागि उनले पार्टीका सहयात्रीदेखि छिमेकी मुलुकसम्मलाई जोड्ने गरेका छन्।

पछिल्लो अप्ठ्यारो
गत असार १० देखि भदौ २६ गतेसम्म चलेको स्थायी कमिटीको बैठकले विवादहरुको हल गरिएको भनिएको थियो। त्यसका लागि केही समझदारीका केही सूत्र तय गरिएको थियो। तर केही हप्तापछि नै दुई अध्यक्षबीच नै असझदारी सिर्जना हुन थाले। जसले गर्दा केही हप्तायता नेकपा संकटबाट गुज्रिरहेको छ।

राजदूत नियुक्ति, मन्त्रिपरिषद्मा सदस्य थप, कर्णाली विद्रोह, भारतीय गुप्तचर संस्था 'रअ' का प्रमुखसँग बालुवाटारमै प्रधानमन्त्रीद्वारा भेट, पर्साको विन्दवासिनी गाउँपालिका सचिव मुकेश चौरसियाको हत्या लगायतका विषयले नेकपाभित्र विवादको आगोमा घ्युको काम गरिरहेको छ।

राजदूत नियुक्ति तथा मन्त्रिपरिषद्मा सदस्य थप गर्दा प्रचण्डले हिस्सा पाएनन्। पछिल्लो असमझदारीको सूत्रपात पनि त्यहीँबाट सुरु भएको हो। बिस्तारै, प्रचण्ड पक्षका नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्री रहेको कर्णाली प्रदेशमा ओली पक्षका नेता यामलाल कँडेलको नेतृत्वमा विद्रोहको प्रयास भयो। १८ जना प्रदेश सभा सदस्यले पार्टी संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराए। त्यसबाट सिर्जित विवाद र अविश्वासको निरुपण अहिलेसम्म भइसकेको छैन। कर्णाली प्रदेशका मुख्यमन्त्री र पार्टी पदाधिकारीलाई काठमाडौं बोलाएर धारणा सुनियो। तर अध्यक्षद्वयबीच समान धारणा बन्न नसक्दा फरकफरक निर्देशन सहितको पत्र पठाइयो। अर्कोतिर, कर्णाली प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठनको तयारी अन्तिम चरणमा छ।

विवाद निरुपणका लागि पार्टीको बैठक बस्न सकेको छैन। अध्यक्षद्वयको भेट र फोन संवाद पनि तिक्ततापूर्ण बनिरहेको छ। ओलीसँगको संवादबारे प्रचण्डले गत आइतबार सचिवालयका बहुमत सदस्यलाई गरेको ब्रिफिङ अनुसार, उनी पार्टीका कुनै कमिटीको बैठकबारे इच्छुक त छैनन् नै, कमिटीले गरेका निर्णय पनि मान्न तयार छैनन्। आफू (पक्ष) इतरको बैठक बसेर कुनै निर्णय गर्‍यो भने आफूले झन् ठूलो निर्णय गरिदिने धम्की उनले दिएका छन्।

यसैबीच नेकपा विभाजनको चर्चा भने चुलिएको छ। विभाजन नै हुने सम्भावना त न्यून देखिन्छ। तर, शीर्ष नेताहरुले नै त्यसलाई उछालिरहेका छन्। केही दिनयता उनीहरु पार्टीभित्रको विवादलाई आन्तरिक छलफलमा होइन, सामाजिक सञ्जालमा पोखिरहेका छन्। र, पार्टी विभाजन संकटमा परेको, फलानो पक्ष जिम्मेवार रहेको, फलानो नेताले जिम्मेवारी पूरा नगरेको, फलानो नेताले विवादमा फेसो ठोकेको जस्ता अभिव्यक्ति दिइरहेका छन्। यसमा पार्टीका प्रवक्ता र महासचिवदेखि केन्द्रीय सदस्यसम्म व्यक्त देखिन्छन्।

Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस्

आन्तरिक संकटका विषयमा सामाजिक सञ्जालमा मुखर बन्दै नेकपा शीर्ष नेताहरुसोमबार, कात्तिक १७, २०७७

पार्टीको पछिल्लो अवस्था र आगामी रणनीतिबारे प्रचण्ड र माधव नेपाल पक्ष संवादमै छ। त्यसपछि नेकपाको आगामी दिन अझ प्रष्ट हुने छ।

जस्तै अवस्थामा पनि ढिलोचाँडो बैठक त बस्ने नै छ भन्ने ओलीलाई थाहा नभएको होइन। त्यहाँ आफ्नो आलोचना हुने र राजीनामा मागिने कुरा पनि उनलाई थाहा छ। त्यसैले उनले बुधबारै भनिदिए- केहीले खोइ त राजीनामा भनेर मागिराखेका छन्। बेकारको कुरा हो भन्ने सोच्छु।

सदाबहारको सूत्र
आफ्नो राजीनामाको विषयलाई लिएर ओलीले अभिव्यक्ति दिएको यो पहिलो पटक होइन। पार्टीभित्र आफूमाथि जबजब संकट बढ्छ, तबतब उनले राजीनामाको विषय उठाउने गरेका छन्। त्यसका लागि उनले असम्बन्धित मञ्च र तथ्यलाई समेत जोड्ने गरेका छन्। र, आफूप्रति सदासयता बढाउने प्रयास गरेका छन्। 

गत असार १० गते सुरु नेकपाको स्थायी कमिटी बैठक ओलीका लागि प्रतिकूल हुने आकलन थियो। अध्यादेशदेखि भ्रष्टाचारसम्मका अनेक विषयले नेकपा नेताहरु कतिबेला बैठक बस्ला र बोलौंला भनेर बसिरहेका थिए। आफ्नो आलोचना हुने राजीनामा मागिने बुझेपछि ओलीले सदस्यहरुको बोल्ने पालो सुरु नुहँदै राजीनामाको विषयलाई चर्चामा ल्याए।

बैठकको पहिलो दिन अध्यक्षद्वयको सम्बोधनको कार्यतालिका थियो। आफ्नो सम्बोधनमा बेसारको विषयमा समेत आलोचना गरिएको सडकबाट राजीनामा मागिएको बताए। 'के अब बेसारकै नाममा राजीनामा दिने?', उनको प्रश्न थियो।

उनी त्यतिमै रोकिएनन्। असार १४ गते मदन भण्डारी फाउण्डेसनद्वारा बालुवाटारमा आयोजित कार्यक्रममा उनले नयाँ नक्सा जारी गरेबापत भारतले आफूलाई हटाउन खोजेको र त्यसमा पार्टीका नेताहरुले सघाएको अभिव्यक्ति दिए। तर आफूले पद नछाड्ने स्पष्ट पारे। 'मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन छैन तर यही बेलामा हट्ने हो भने नेपालको पक्षमा बोल्ने आँट कसैले गर्ने छैन। किनभने भोलिपल्ट बर्खास्त हुन्छ', उनले भनेका थिए, 'त्यसैले मैले आजका लागि होइन, भोलिका लागि र आफ्ना लागि होइन देशका लागि काम गरेको हो।'

यो पनि पढ्नुहोस्

अहिले हटें भने नेपालको पक्षमा बोल्ने आँट कसैले गर्दैन, भोलिपल्ट बर्खास्त हुन्छ: प्रधानमन्त्रीआइतबार, असार १४, २०७७

त्यसका अतिरिक्त पार्टी कमिटीका बैठकमा पनी उनले राजीनामा नदिने प्रष्ट पार्दै आएका छन्। गत बैशाखदेखि सुरु नेकपाको पछिल्लो विवाद शृंखलामा उनले पार्टीको असन्तुष्ट पक्षलाई आफूले राजीनामा नदिने पटकपटक स्पष्ट पारिसकेका छन्। बेलाबखत उनले चुनौती नै दिने गरेका छन्- सकेको गर्नुस्।

सार्वजनिक सम्बोधनमा पनि उनले राजीनामाको प्रसंग जोड्ने गरेका छन्। गत वर्ष फागुन ४ गते उनले गृह जिल्ला झापाको दमक नगरपालिकाले आयोजना गरेको कार्यक्रममा 'सरकार ढाल्ने षडयन्त्र' भएको तर 'सरकारलाई कसैले हल्लाउन नसक्ने' तथा 'हामी अगाडि बढ्यौं, बढ्यौं' भनेका थिए।

'तपाईंहरूलाई लाग्ला, सरकारसँग बलियो बहुमत छ। बहुमत भए पनि फर्की–फर्कीकन उनीहरू यो सरकारलाई असफल पार्ने, ढाल्ने, बदनाम गर्ने षड्यन्त्रमा लागिरहेका छन्', उनको अभिव्यक्ति थियो।

उनले कसले सरकार ढाल्न आँटेको भन्नेचाहिँ स्पष्ट संकेत गरेका थिएनन्।

त्यतिबेला पार्टीमा ओली विरुद्धको गठबन्धन बलियो भएको थियो। सो गठबन्धनकै गोप्य बैठकले तय गरेका रणनीतिहरु पार्टीमा प्रभावी बन्न थालेका थिए। गठबन्धनलाई तोड्न उनलाई सफलता मिलिरहेको थिएन। केही समयअघि मात्रै ओलीको चाहना विपरीत सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएका थिए। २०७६ माघ १५ देखि १९ सम्म सम्पन्न केन्द्रीय कमिटीको बैठकमा उनले प्रशस्त आलोचना खेपेका थिए। एमसिसीका विषयमा ओलीको चाहना विपरीत कार्यदल गठन भएको थियो।

यो पनि पढ्नुहोस्

बाजीगर प्रचण्ड : जसले हारेको खेल जितमा बदलेआइतबार, माघ १२, २०७६

त्यतिबेला पार्टी बाहिर पनि सरकारले दुई वर्ष पूरा गरेको सन्दर्भमा पनि उनले सार्वजनिक आलोचना सुन्नुपरेको थियो। बालुवाटारमा बजाइएको बाँसुरीको समेत आलोचना भइरहेको थियो। कतिपयले सरकारको सान्दर्भिकमाथि प्रश्न उठाएका थिए।

कारण के?
पार्टीभित्रको विवादमा कतिपय नेताले सन्दर्भवश राजीनामाको विषय उठाउने गरेको भए पनि नेकपाको कुनै पनि कमिटीको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको विषय एजेन्डाको रुपमा प्रवेश भएको छैन। त्यसैले बेलाबखत उठ्ने यस्ता विषयलाई नेताहरु बीचको असन्तुष्टि र आक्रोशको स्वभाविक उपक्रमका रुपमा लिन सकिन्छ।

सामान्यतया प्रधानमन्त्रीको राजीनामा माग्ने भनिएको प्रमुख प्रतिपक्षी दलले पनि यस विषयलाई खासै रुची दिएको छैन। नेपाली कांग्रेसले सरकारका कैयौं निर्णयको आलोचना गर्ने गरेको भए पनि राजीनामाकै विषय उठाएको पाइँदैन। त्यसैले प्रधानमन्त्रीले बेलाबखत चर्चामा ल्याउने गरेको राजीनामाको विषय उनीभित्रैबाट सिर्जित विषय भएको देखिन्छ।

नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य प्रधानमन्त्री ओली झुक्याउन सिपालु रहेको बताउँछिन्। 'उहाँको अधिक समय कसरी झुक्याउने, तर्साउने, छक्याउने, भ्रम दिने होला भनेर सोचेरै बित्ने गरेको छ। त्यसैले फ्याट्टफ्याट्ट यस्ता (राजीनामा) कुरा ल्याउने गर्नुहुन्छ। अनि त्यसैलाई विवाद र छलफलको विषय बनाइदिनुहुन्छ', उनले भनिन्।

सरकारमाथि आन्तरिक संकट आइलागे पार्टीको बैठकबाट विवाद समाधान गर्ने प्रचलन छ। त्यहाँ आफ्नो औचित्य पुष्टि गर्ने, विश्वास लिने वा अल्पमत-बहुमतबाट अवस्था निश्चित गर्ने गरिन्छ। तर, प्रधानमन्त्री ओलीले बैठकप्रति रुची नराख्ने मात्रै होइन, बैठकले गरेका निर्णय मान्दिनँ भनिरहेका छन्।

यो पनि पढ्नुहोस्

ओलीले सँगै अगाडि बढ्न नसक्ने भनी दिएको अभिव्यक्ति साँचो : प्रवक्ता श्रेष्ठसोमबार, कात्तिक १७, २०७७

बाह्य संकट आइपरेको भए, आफ्नो पार्टीभित्रको बलियो साथ लिने, सम्भव भए अन्य पार्टीको पनि साथ लिने र आम जनताबाट ऐक्यबद्धता लिने हो। तर अहिले उनले त्यस्तो समस्या भोगेका पनि छैनन्। भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त कुमार गोयललाई मध्यरातमै प्रधानमन्त्री निवासमै भेट्न उद्यत प्रधानमन्त्रीलाई त्यस्ता समस्या भएको कुनै संकेत छैन।

'आफू कमजोर भएपछि छायाले पनि लखेट्छ भन्छन्। अरुलाई दोष दिएर आफ्नो कमजोरी लुकाउन मिल्दैन। पाइँदैन। आफूभित्र सम्पूर्ण दोष छ। अनि त्यसलाई लुकाउने र अरुलाई दोष दिएर आफू चोखिने गर्न मिल्दैन', शाक्यको भनाइ छ।

बरु प्रधानमन्त्रीको आलोचना उनको कार्यशैलीलाई लिएर बढिरहेको छ। उनी आफ्नै कारण आलोचनामा छन्। वाचा अनुसार काम गर्न सकेका छैनन्। सुशासनको विश्वास दिलाउन सकेका छैनन्। संवैधानिक प्रावधान अनुसार नागरिकको हक सुरक्षित गर्न सकेका छैनन्। संकटमा सरकार छ भन्ने अनुभूति दिलाउन सकेका छैनन्। यस्तो अवस्थामा उनी आफैंसँग डराएजस्तो देखिन्छन्। शाक्यका अनुसार, प्रधानमन्त्रीलाई डर लागेको र सेन्टिमेन्ट लिन राजीनामाको विषय उठाएका हुन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७  ११:२२
  • #केपी_ओली
  • #राजीनामा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
विवादास्पद अभिव्यक्ति पछि बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा उनले अन्य देशमा ठूला क्रान्ति हुँदा वा द्वन्द्व हुँदा लाखौं मारिएका तर नेपालमा १७ हजारमात्रै मारिएको बताएपछि द्वन्द्व पीडितहरु आक्रो... शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिट निवेदन र जोशीको रिटमाथि सर्वोच्च अदालतमा गत मङ्गलवारदेखि... शुक्रबार, जेठ ९, २०८२
मधेशका नवनियुक्त मन्त्रीद्वय यादव र कुशवाहाले गरे शपथपछि पदभार ग्रहण मधेस भवनस्थित मुख्यमन्त्री निवासमा नवनियुक्त उद्योग वाणिज्य तथा पर्यटन मन्त्री कुशवाहा र वन तथा वातावरण मन्त्री यादवले पद तथा गोपनीय... बिहीबार, जेठ ८, २०८२
ताजा समाचारसबै
लुका मोड्रिचले रियल मड्रिड छाड्ने शुक्रबार, जेठ ९, २०८२
मनसुनले निम्त्याउने विपद् व्यवस्थापन पूर्वतयारीबारे छलफल शुक्रबार, जेठ ९, २०८२
हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको भर्ना रोक्न राष्ट्रपति ट्रम्प प्रशासनको आदेश शुक्रबार, जेठ ९, २०८२
विवादास्पद अभिव्यक्ति पछि बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ बिहीबार, जेठ ८, २०८२
आईएसआईसँग सम्बन्ध भएको आरोपमा दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, पहिचान छुपाएर बस्दै आएको आरोप बिहीबार, जेठ ८, २०८२
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्