काठमाडौं-संयुक्त अरब ईमिरेट्स (युएई) मा १ मार्च २०२० अघि भिसाको म्याद सकिएर अवैधानिक भएकाहरु बिना जरिवाना स्वदेश फर्कन पाउने समय थपिएको छ। त्यस्ता आप्रवासीहरु आगामी डिसेम्बरसम्म विना जरिवाना स्वदेश फर्कन पाउने भएका हुन्।
युएई सरकारले अवैध रुपमा रहँदै आएका आप्रवासीलाई बिना जरिवाना स्वदेश फर्कन पाउने समय थप गरेको जनाएको हो । यसअघि युएई सरकारले १ मार्च अगाडि भिसाको अवधि सकिएर अवैध रुपमा रहँदै आएका आप्रवासी श्रमिकहरुलाई नोभेम्बर १७ सम्म विना जरिवाना स्वदेश फर्कन पाउने व्यवस्था गरेको थियो।
सोही व्यवस्थामा समय थप गरी डिसेम्बरसम्म स्वदेश फर्कनेहरुलाई जरिवाना छुट गरेको हो। यो सुविधा श्रमिकहरुसँगै पर्यटक भिसामा गएर अवधि सकिएकाहरुले समेत पाउने उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।