काठमाडौं-कतार रोजगारीका लागि नयाँ मागपत्र प्रमाणीकरणको काम सुरु भएको छ । आइतबार बिहान भएको छलफल अनुसार कतारका लागि नयाँ मागपत्र प्रमाणीकरण सुचारु भएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए ।
विश्वमा महामारीका रुपमा फैलिएको कोभिड-१९ का कारण लामो समययता वैदेशिक रोजगारीका लागि नयाँ मागपत्र प्रमाणीकरण हुन सकेका थिएनन् । कतिपय गन्तव्य मुलुकहरुले कामदारको माग गरे पनि विदेशस्थित नेपाली नियोगहरूले नेपाली कामदारका लागि पेश भएका डिमाण्ड प्रमाणीकरणको काम नगरेको भन्दै म्यानपावर व्यवसायीहरुले गुनासो गरेका थिए।
मागपत्र प्रमाणीकरणको कामलाई निरन्तरता दिन म्यानपावर व्यवसायीहरुले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा लिखित निवेदनसमेत पेश गरेका थिए। सो निवेदनपछि मागपत्र प्रमाणीकरणको काम गर्न दूतावासहरुलाई निर्देशन दिन आग्रह गर्दै श्रम मन्त्रालयले परराष्ट मन्त्रालयलाई पत्राचार गरेको थियो। मलेसियालगायत कतिपय रोजगारदाता मुलुकले कोरोना संक्रमणको अवस्था सामान्य भएपछि मात्रै कामदार लैजाने बताउँदै आएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।