काठमाडौं–कोभिड–१९ का कारण कतारमा रोजगारी गुमाएर नेपाल फर्कन हवाईभाडा जुटाउन नसकेर अलपत्र अवस्थामा रहेका १४ नेपाली श्रमिकहरुको निः शुल्क उद्धार गरिएको छ ।
कतारस्थित नेपाली दूतावासको संरक्षकत्व तथा सहयोगमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र नेपाली व्यवसायी संघ कतारको सहयोगमा १४ जनाको निः शुल्क उद्धार गरिएको स्वदेश फिर्तिका लागि आर्थिक सहयोग तथा उद्दार समितिका संयोजक तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानले जानकारी दिए ।
कतारबाट पहिलो ५५ जनाको उद्धार गर्ने भनिएकोमा विभिन्न मितिमा समस्यामा परेका १४ जनाको उद्धार गरिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।