काठमाडौं- स्तन क्यान्सरलाई जितेकी शुभेच्छा घिमिरेले फेसबुक लाइभबाट आफ्ना अनुभव सुनाउने भएकी छन्। बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययनरत छँदाकी उनकी साथी टिनेट कोर्ट्सले शनिबार सञ्चालन गर्ने फेसबुक लाइभ कार्यक्रममा उनले आफ्ना अनुभव सुनाउने भएकी हुन्।
‘विश्वमा धेरै मानिसहरूका क्यान्सर निको भइरहेका छन्। समयमै उपचार गरेर धेरैले आफूलाई यसबाट बचाएका छन्‚’ टिनेट कोर्ट्सले फेसबुकमा लेखेकी छन्‚ ‘फेसबुक लाइभमा हामीसँग जोडिनुहोस्। शुभेच्छाले स्तन क्यान्सरसँग कसरी लडिन् भन्ने आफ्ना कथाहरू सुनाउनेछिन्।’
३१ वर्षको उमेरमा आफूलाई क्यान्सर लागेको थाहा पाएपछि शुभेच्छाले निरन्तर रूपमा आफ्नो जीवनशैलीलाई सुधार गर्दै स्तन क्यान्सरको उपचार गरेर ३६ वर्षको उमेरमा नै क्यान्सर जितेर आमासमेत बनेकी छन्।
स्तन क्यान्सरसँग संघर्ष गरेकी शुभेच्छाले क्यान्सरसँग लड्दाका अनुभूति संगालेर एउटा पुस्तकसमेत लेखेकी छन्- ‘क्यान्सर करी एन्ड मी’। ‘दी गिफ्ट अफ अ लाइफस्टाइल सिफ्ट’ नाम दिइएको उक्त फेसबुक लाइभमा शुभेच्छाले उनका भोगाइ र क्यान्सर लाग्दा ध्यान दिनुपर्ने विषयको बारेमा आफ्ना अनुभव सुनाउने उल्लेख गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।