काठमाडौं- महिला हिंसाविरुद्धको १६ दिने अभियानका शिलशिलामा नाटक वीररूपा प्रदर्शन गरिएको छ। मंसिर २० गते देखाइएको नाटकमा समाजमा व्याप्त महिला हिंसाका घटनालाई विभिन्न पात्रका माध्यमबाट चित्रण गरिएको छ। नाटकमा महिला हिंसा अन्त्य गरी लैंगिक समानता कायम गर्न नीतिगत सुधार भएपनि कार्यन्वयनको पक्ष कमजोर रहेको विषय समावेश छ।
राजन खतिवडाको निर्देशकमा तयार भएको नाटकलाई महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा प्रदर्शन गर्दा महिला अधिकारका पक्षमा वकालत गर्नेहरुको आवाजलाई र कामलाई टेवा पुग्ने अपेक्षा गरिएको छ।
नाटकमा १२ जना थिएटर कलाकारको अभिनय देख्न सकिन्छ। संघीय संसद तथा प्रदेश सभाका सांसदहरु, अभियन्ता, रंगकर्मी तथा सञ्चारकर्मीसहित ४ सयभन्दा बढीले अनलाइनमा उक्त नाटक हेरेका गरेका छन्।
अनलाइन प्रदर्शन गरिएको नाटक हेरिसकेपछि संघीय संसदका सदस्य गगन थापाले नाटक यर्थाथमा आधारित भएको प्रतिक्रिया दिए।
लैंगीक समनताका लागि पछिल्लो समय केही आशा लाग्दा प्रयासहरु सुरु भएको उल्लेख गर्दै नेता थापाले यस्ता कार्यक्रमहरु नीतिनिर्माताहरुलाई खबरदारीका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।
कार्यक्रमका सहभागीहरुले यस्ता चेतनामूलक नाटकहरु एउटा कार्यक्रममा सीमित नगरी देशका विभिन्न क्षेत्रमा निरन्तर प्रदर्शनको आवश्यकतामा जोड दिएका थिए।
कार्यक्रम यूएनडिपीको संसद सहयोग परियोजनाको सहयोग र स्पेस तथा मण्डला थिएटरको संयुक्त आयोजनामा भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।