• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
किन भयो ओलीमा बादलको विलय?
64x64
किशोर दहाल शुक्रबार, पुस १०, २०७७  १३:३५
1140x725
प्रधानमन्त्री केपी ओली गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई पुल्चोकस्थित मन्त्रीनिवासमा भेट्दै। फाइल तस्बिर

काठमाडाै‌ं-बादलको छवि फरक-फरक रुपमा चित्रित छ। जनयुद्धकालमा आम जनताका लागि मात्रै नभएर कतिपय माओवादी नेता कार्यकर्ताका लागि उनी ‘मिथक’ जस्तै थिए। त्यसको मुख्य कारण उनको क्षमताका बारेमा अनेक किस्सा प्रचारित थिए। अर्कोतिर, महत्त्वपूर्ण घटनाक्रमका बेला वा आफ्नो धारणा स्पष्ट पारिहालुन् भनेर अपेक्षा गरिएका बेला उनी मौन बसिदिन्थे। नेतृत्व तहमा रहेका नेताको यस किसिमको शैली अनौठो थियो।

एमाले र माओवादीबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्दा समेत बादलको पुरानो स्वभाव कायमै रह्यो। पार्टी एकताको केही समयपछि नै विवादहरु सतहमा आउन थालेका थिए। पूर्वमाओवादी धारका नेता भएकाले उनले पार्टी विवादमा प्रचण्डलाई साथ दिने अपेक्षा गरिएको थियो। तर, उनले खुल्दै नखुल्ने स्वभाव जारी राखे। त्यसैले ९ सदस्यीय नेकपाको शक्ति समीकरणमा उनी सधैं चासोका नेता बने।

उनै बादल पार्टीको अनौपचारिक विभाजनपछि भने केपी शर्मा ओलीको पक्षमा खुलेका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ओली पक्षको केन्द्रीय कमिटी बैठकमा उनले प्रचण्ड-माधव नेपाल पक्षलाई प्रतिक्रान्ति गर्न खोजेको, प्रतिगमनको प्रयास गरेको लगायतका जार्गन प्रयोग गर्दै भाषण गरे। उनको क्रान्तिकारी छविको केही वर्ष पुरानो पाना पल्टाउने हो भने उनले गरेका भाषण अनौठा छन्। सामाजिक सञ्जालदेखि पत्रिकाका पानासम्म ओलीबाट प्रतिक्रान्तिको स्पष्ट सुरुवात भएको र त्यो अझै अघि बढ्ने चिन्ता व्यक्त भइरहँदा बादल भने ओलीको कदमलाई क्रान्तिकारी पुष्टि गर्ने प्रयत्न गरिरहेका थिए।

बादल किन ओलीतिरै लागे त? नेकपाका केही नेतासँगको कुराकानीको आधारमा तयार गरिएका बुँदाहरु यस्ता छन्:

सत्ता शक्तिको निरन्तरता
भर्खरै मात्रै जननिर्वाचित संसद्लाई विघटन गरेर केपी ओली जवाफदेहिताविहीन शासन चलाउने प्रयत्नमा छन्। उनीसँग अहिले अतिशय शक्ति छ। बादल उनकै मन्त्रिपरिषद्‌मा गृहमन्त्री छन्। यस्तो अनौठो अवस्थामा नेकपाको विभाजन भइरहेको छ। बादल ओलीतिरै लाग्दा उनको यो पद र शक्ति कायमै रहन्छ।

शक्तिको मात अनौठो हुन्छ, यसबाट सिर्जित तर्क अनौठो हुन्छ, शक्तिले दिने आत्मविश्वास अनौठो हुन्छ। विगतका बादल र गृहमन्त्रीकालका बादलले व्यक्त गर्ने धारणाकै आधारमा उनले सोच्ने र तर्क गर्ने तरिकामा आएको परिवर्तन केलाउन सकिन्छ। अब उनलाई क्रान्तिकालमा आफूले सोच्ने कुराभन्दा गृहमन्त्रीका रुपमा सोच्ने कुरा बढी यथार्थपरक लाग्छ। अर्कोतिर, पद र शक्तिमा रहेको मानिसले त्यसको निरन्तरता चाहनु स्वभाविक हो। बादलका निम्ति पनि स्वभाविक हो।

प्रचण्ड-नेपालतिर लागियो भने सबैभन्दा पहिले भइरहेकै पद पनि छाडेर सडकमा नारा लगाउन जानुपर्ने हुन्छ। हिजोसम्म गृहमन्त्रीको रुपमा प्रदर्शनकारीलाई दमन गरिरहेका उनी सडकमा उत्रिएर सरकारी दमनको विरोध गर्न कसरी सक्थे र?

ओली पक्षमा माथिल्लो पद
पार्टी विभाजन प्रक्रिया सुरु हुँदादेखि नै दुवै पक्षबाट बादल तानातानमा थिए। उनलाई आफ्नो पक्षमा ल्याउन प्रचण्ड-नेपाल समूह र ओली समूहले खुबै प्रयत्न गरेका थिए। उनलाई फकाउने मुख्य अस्त्र विभाजनपछिको अवसर नै हो।

ओलीसँग सत्ता छ। गृहमन्त्रीको रुपमा उनी सारथि छँदैछन्। पार्टी विभाजनपछि उनी पार्टीमा ओलीपछिका स्वतः दाबेदार हुन्। त्यस्तै, मन्त्रिपरिषद्‌मा पनि उनले उपप्रधानमन्त्रीको हैसियत पाउने आँकलन गरिएको छ। ओलीको पक्षमा लाग्दा उनले गुमाउनुपर्ने केही देखिँदैन। सकेसम्म प्राप्त मात्रै हुन्छ।

अर्कोतिर, उनी प्रचण्ड-नेपालको पक्षमा आउने बित्तिकै उनले सबैभन्दा पहिले गृहमन्त्रीको पद छोड्नुपर्ने हुन्छ। अहिले उनले गृहमन्त्री छाड्नु भनेको ‘नागले मणि’ छाड्नुजस्तै हो। त्यस्तै, यो पक्षमा उनले पाउने पद पनि केही तह पछिका हुन्। किनकि, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ उनीभन्दा अघि नै छन्। वामदेव गौतम पनि यही पक्षमा आए भने उनी झन् पछि पर्नेछन्। 

प्रतिनिधि सभा पुनःस्थापना नहुने निष्कर्ष
प्रतिनिधि सभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतबाट खारेज होला भनेर अपेक्षा गर्नु एउटा कुरा हो। तर, त्यस्तै होला भनेर विश्वास गर्ने कमै मात्र छन्। विघटन सदर भयो भने धेरैले सत्तापक्षले प्रचार गरेजस्तो देश चुनावमा होमिइहाल्दैन।

वैशाखमा चुनाव होला भन्ने अपेक्षा पनि सम्भवतः अपेक्षामै सीमित हुनेछन्। चुनाव गरेर मत माग्न संविधानले प्रत्यक्ष अधिकार नै नदिएको प्रतिनिधि सभा विघटनको अस्त्र चलाइने थिएनन्। दोस्रो, चुनाव अन्य पार्टीको प्रतिष्ठाको विषय पनि हो। सरकारले एकपक्षीय रुपमा घोषणा गरेको चुनावमा अरु दल लतारिएर जाने सम्भावना असम्भवप्रायः छ।

पहिलो संविधानसभा विघटन हुने स्थितिमा तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले एक पक्षीय रुपमा घोषणा गरेको मितिमा चुनाव भएन। त्यसअघि राजा ज्ञानेन्द्रले घोषणा गरेको नगर निर्वाचनलाई पनि लोकतन्त्रका लागि संघर्ष गरिरहेका दलले बहिस्कार गरे। त्यतिबेला पनि सत्तापक्षले चुनावमा भाग नलिने लोकतान्त्रिक होइनन्, जनताको मतदेखि डराएको जस्ता तर्क गर्थे। तर, चुनाव भनेको लोकतन्त्रको निरपेक्ष मापक होइन।

चुनाव नै नहुने स्थितिमा बादलको शक्तिशाली गृहमन्त्री पद लम्बिन्छ।

प्रचण्डसँग चित्त दुखाइ
हुन त, प्रचण्ड र बादलको सम्बन्ध जनयुद्धअघि देखिकै साथीको रुपमा हो। उनीहरुले सिद्धान्तका ताता बहस र जनयुद्धको रणनीति तय गर्न लामो समय सँगै गुजारेका छन्। तर, शान्ति प्रक्रियामा आएको केही वर्षमै बादलले प्रचण्डको साथ छाडे। तत्कालीन एमाओवादीको उग्रवादी भनिने धारको नेतृत्व गरेका मोहन वैद्यको साथ लागेर पार्टी विभाजनमा सक्रिय भए। र प्रचण्डलाई गद्दार घोषणा गर्ने प्रयत्न गरिरहे।

तर, वैद्यको साथ लागेर कहीँ नपुगिने निष्कर्ष निकालेपछि उनी पुनः प्रचण्ड नेतृत्वको माओवादीमै फर्किए। र चुनावपछि गृहमन्त्री बने। त्यसलगत्तै उनी प्रधानमन्त्री ओलीप्रति निकट भएका थिए। सरकार सञ्चालनका दृष्टिमा त्यो स्वाभाविक थियो तर त्यसको प्रभाव पार्टीको अन्तरसंघर्षमा पनि पर्‍यो।

पार्टीको संघर्षमा पनि बादलले ओलीलाई साथ दिएपछि प्रचण्डले बादललाई गृहमन्त्रीबाट हटाउने प्रयत्न गरे। आफूलाई प्रचण्डले तेजोबध गरेको बादलको आरोप छ। ओलीले यसैलाई अवसरको रुपमा प्रयोग गरे। प्रचण्डले हटाउन खोजेको सूचना बादललाई स्पष्ट मात्रै पारेनन्, पद निरन्तरताको सुनिश्चित पनि गरिदिए। त्यसरी जोडिएको ओली-बादल विश्वास र सहयोगको सम्बन्ध पार्टी विभाजनमा उपयोगी साबित भयो।

सपना बाँकी रहेन
बादलले क्रान्तिका सपना देख्न कुनै कोण बाँकी राखेका छैनन्। रुसमा बाली विज्ञान पढ्न गएका उनी 'क्रान्ति'कै लागि नेपाल फर्किएका थिए। जनयुद्ध जस्तो कठिन र मृत्युको बाटो पनि रोजे। त्यसबाट प्राप्त केही उपलब्धि पनि उनलाई कमी भयो र पार्टी फुटाए।

गृहमन्त्री भएयता उनले गरेका भाषण असंगतिपूर्ण मात्रै छैनन्, सपनाविहीन प्रतीत हुन्छन्। उनी कहिले संसद्‌मा उभिएर सबै समस्यामा समाधान त्यहीँबाट खोज्नुपर्ने बताउँछन्, कहिले संसद् विघटन गर्ने कदम क्रान्तिकारी भएको बताउँछन्। सडकमा उभिएर प्रदर्शन गर्न पाउने सामान्य नागरिक स्वतन्त्रता समेतमा बन्देज लगाउने बादलमा आम जनतासँग साट्ने कुन सपना बाँकी होलान् र?
जब सपना बाँकी रहँदैनन्, तब अवसरहरुको खोजी स्वभाविक हो। अहिले उनका लागि अवसर खोज्नुपर्ने अवस्था पनि छैन। कति बोक्ने भन्ने मात्रै हो।
 

प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७  १३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको अध्यक्ष रन्जिता श्रेष्ठले बताइन् । शनिबार, असार २१, २०८२
अन्तिम समयमा त्रिविको सभा स्थगित, प्रधानमन्त्रीले समय दिएनन् प्रधानमन्त्री ओलीले यसअघि नै २२ गते सभाका लागि समय दिएका थिए। तर, अन्तिम समयमा आएर प्रधानमन्त्रीको व्यस्तताको कारण देखाउँदै सभा स्थग... शनिबार, असार २१, २०८२
कुलिङ पिरियड प्रकरणमा छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय शनिबार सिंहदरबारमा सभामखु देवराज घिमिरे र विभिन्न दलका नेताहरुको बैठकले विशेष संसदीय समिति गठन गर्ने निर्णय गरेको सभामुख घिमिरेका प्... शनिबार, असार २१, २०८२
ताजा समाचारसबै
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित शनिबार, असार २१, २०८२
पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित शनिबार, असार २१, २०८२
झापामा अटो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते शनिबार, असार २१, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्