काठमाडौं– म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकाल्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ। बुधबार राति भएको खेलमा सिटीले ब्राइटनलाई १–० गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम सिटीको जितमा फिल फोडेनले गोल गरे। पहिलो हाफसम्म एक गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा आफ्नो अग्रतालाई कायमै राख्दै जित निकालेको हो। खेलको ४४ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।
सुरुवाती समयदेखि नै बल पोजिसन आफ्नो पकडमा राखेको सिटीले १६ पटक ब्राइटनको पोस्टमा प्रहार गरेको थियो। ब्राइटनलाई पराजित गरेसँगै सिटी लिगको तेस्रो स्थानमा उक्लिएको छ। १६ खेल खेलेको सिटीको ३३ अंक भएको छ।
पराजित ब्राइटनको भने १८ खेलबाट १४ अंक छ। लिगको शीर्ष स्थानमा भने म्यानचेस्टर युनाइटेड रहेको छ। म्यानचेस्टर युनाइटेडको १७ खेलबाट ३६ अंक हुँदा दोस्रो स्थानमा रहेको लिभरपुलको १७ खेलबाट ३३ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।