• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
बृहत नागरिक आन्दोलनमा ऐतिहासिक उत्पीडनमाथि आक्रोश
64x64
किशोर दहाल मंगलबार, माघ २०, २०७७  २३:१८
1140x725

काठमाडौं- गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिक छेउबाट बृहत नागरिक आन्दोलनले ऐतिहासिक उत्पीडनप्रति आक्रोश व्यक्त गरेको छ। मंगलबार श्रेष्ठ र चन्दलाई गोली हानिएको स्थान शोभाभगवतीमा आयोजित विरोध कार्यक्रममा कविता, गीत र सम्बोधन मार्फत भाषा, लिंग, क्षेत्र लगायतप्रति राज्यले इतिहासदेखि गरेको उत्पीडन र शोषणको सम्झना गरिएको हो।

पत्रकार तथा बृहत नागरिक आन्दोलनका एकजना अगुवा नारायण वाग्लेले सिंहदरबार बनाउँदा तत्कालीन शासकले गरेको शोषणको चर्चा गरे। ‘हिजो सिंहदरबार कसले बनायो, त्यो माटो केले बनेको थियो? नेपाली जनताको चामल र मास घरघरबाट खोसेर ल्याएर बनाइएको थियो। र, ६ महिनासम्म पहाडमा अनिकाल पर्‍यो। भक्तपुर र काठमाडौंमा पनि अनिकाल पर्‍यो। हाम्रा बालबच्चाहरु कुपोषणका शिकार भए’, उनले भने।

उनले शासकहरुले कुन गलत रवैयाहरु लिए, कुन गलत काम गरे, कुन गतल नीति लिए भनेर एकएक हिसाब माग्नको लागि अब आफूहरुले फागुन ७ गते टुँडिखेलामा भेला हुनुपरेको र ७० वर्ष देखिको एकएक हिसाब माग्नुपर्ने अवस्था आएको बताए। उनले टुँडिखेलको काँडेतार हटाएर सभा गर्ने, नागरिक आन्दोलनको घोषणापत्र सार्वजनिक गर्ने र नयाँ आन्दोलनको उभार निम्त्याउने बताए।

कार्यक्रममा सुजन आङ्दम्बे, अरुणदेव जोशी, उर्मिला गम्बा थारु, दुर्गालाल श्रेष्ठले क्रमशः याक्थुङ (लिम्बू), डोटेली, थारु र नेपाल भाषामा आफ्नो गीत कविता प्रस्तुत गरेका थिए। त्यसक्रममा उनीहरुले आफ्नो भाषा, भूगोल, संस्कृतिमाथि भएको विभेदको पनि स्मरण गरेका थिए।

‘म डोटेली भाषामा पनि सिनेमा बनाउन खोज्दैछु। मैले चलचित्र विकास बोर्डमा सिनेमा दर्ता गराउँदा डोटेली भनेर दर्ता गराउन पाइनँ। नेपाली भाषा भनेर गर्नुपर्‍यो भन्नुभयो। तर मैले नेपालीसँगै कोष्ठकमा डोटेली भनेर लेखेर दर्ता गराएँ’, उनले डोटेली भाषाको स्वतन्त्र मान्यतामा भएको अस्वीकार्यताप्रति असन्तुष्टि जनाए।

उनले १९९७ सालमा सहिद भएका चारमध्ये तीन जना सहिद काठमाडौं वरपरका भएका तर दशरथ चन्द भने सुदूरपश्चिको बैतडी जिल्लाका भएको स्मरण गराए। ‘त्यसबेलादेखि राजनीतिमा आफूलाई अब्बल बनाएका सुदूरपश्चिमेली जनता अहिलेसम्म आफ्नो आवाज केन्द्रलाई सुनाउन सकिरहेका छैनन्। भाषा संस्कृति सामाजिक इतिहास मौलिक ज्ञानको क्षेत्रमा अधिकांश नेपालचाहिँ अनभिज्ञ नै छ’, उनको भनाइ थियो।

अभियन्ता सन्तोष परियारले यहाँको सत्ता मात्रै नभई, इतिहास, भाषा र संस्कृति पनि प्रतिगमनकारी भएको बताए। उनले इतिहास जसले लेखिदियो, त्यही मात्रै पढ्नुपर्ने बाध्यता नभएको बताए। बरु इतिहासलाई नै पुनर्परिभाषित र पुनर्दृष्टि गर्नुपर्ने उनको भनाइ थियो।

‘यो देशको नागरिक को हो? यो देशको अनागरिक को हो? नागरिक कसरी बन्छ, अनागरिक कसरी बनाइन्छ। त्यो तपाईं हामी सामु छर्लंग छ’, परियारको आक्रोश थियो, ‘एउटा दलित भएर बाँचिरहँदाखेरी, बोलिरहँदाखेरी मलाई लाग्छ, मसँग पूर्ण नागरिकको हैसियत पनि छैन।’

उनले बृहत नागरिक आन्दोलन पुस ५ मा भएको असंवैधानिक कदमको विरुद्ध मात्रै नभई इतिहासमा भएका तमाम प्रतिगमन विरुद्धको प्रतिरोध भएको र जारी रहने बताए। 

अध्येता कैलाश राईले दुर्गम क्षेत्रमा विकासले पनि उत्पीडित समुदायलाई नै विस्थापन गर्दै लगेको बताइन्।  ‘विकास भनेर हामी लागिपरेका छौं। तर त्यसले विनाश नै निम्त्याइरहेको छ। दुर्गम क्षेत्रमा बाटो बनाउने कुरा गरौं। त्यसको विनाशले उत्पीडनमा रहेका समुदाय, जसको भूमि थोरै छ वा भूमिविहीन छ। उनीहरुलाई नै विस्थापन गर्दै लगिराखेको छ’, उनले भनिन्।

राममाया च्यामिनीको सम्झना
कार्यक्रममा पटकपटक चर्चा गरिएकी एक पात्र थिइन्, राममाया च्यामिनी। जो राणाले पक्राउ गरेका गंगालाल, दशरथ चन्द लगायतको सूचना सूत्र बनेकी थिइन्। लेखक राजेन्द्र महर्जनका अनुसार, नागरिक अधिकार समितिका जजसले आन्दोलन गरेका थिए। उनीहरुलाई सिंहदरबारभित्र आफ्नो तर्फबाट गोप्य सूचना आदानप्रदान गर्ने र परिवारका सदस्यलाई सूचना दिने कामहरुमा च्यामिनीको भूमिका रह्यो। ‘उनी सरसफाइ कर्मचारीको रुपमा काम गर्थिन्। साह्रै निम्न तहको कर्मचारीको रुपमा सिंहदरबारमा काम गर्थिन्। उनले गरेको गोप्य प्रतिरोध कम थिएन’, उनले भने।

परियारले पनि गंगालाल र दशरथको सुखदुःखमा च्यामिनीले साथ दिएको बताए। ‘उनले कुचो र बोरामा राणाहरुको तानाशाही व्यवस्था पनि बढारेकी थिइन्’, उनको भनाइ थियो।

त्यस्तै, कवि दुर्गालाल श्रेष्ठले पनि दशरथ चन्द र च्यामिनीको संवादलाई कवितामा ढालेर प्रस्तुत गरेका थिए। कार्यक्रममा श्रेष्ठ उपस्थित नभए पनि उनले वाचन गरेको कविता सुनाइएको थियो।

1140x725

‘एकथोपा नै सही, तिम्रो आँशुले मेरो सहादतलाई फुलाउँछ। तिम्रो मायाले क्रान्तिको बाटोमा मुक्ति सुवास फैलाउँछ’, नेपाल भाषामा लिखित श्रेष्ठको कवितामा दशरथले राममायालाई गरेको सम्बोधनको एक अंश महर्जनले वाचन गरेका थिए।

दशरथ-गंगलालको गोली खाने इच्छा
विरोध प्रदर्शनमा शिल्पी थियटरको टोलीले ‘जनता जागेपछि’ नामक नाट्य प्रस्तुति गरेको थियो। जहाँ गंगालाल र दशरथलाई गोली हानी मार्नुअघिका केही महत्त्वपूर्ण संवाद र समयलाई नाटकमा अभिव्यक्त गरिएको थियो।

‘झुन्डिएर होइन। गोली थापेर मर्नुपर्छ बुझिस्’, दशरथ आफ्नो हुँकार प्रस्तुत गर्छन्। गंगालाल समर्थन जनाउँछन्- हजुरको कुरालाई म सम्मान गर्छु। त्यसै गरौं।

कर्णेल नर शमशेरलाई चन्दले उही हुँकार प्रस्तुत गर्छन्- तिम्रो महाराजलाई सुनाइदिनु, हामी झुन्डिएर होइन। वीरझैं गोली खाएर मर्न चाहन्छौं।

अन्ततः नर शमशेरले महाराजले इच्छा पूरा गरिदिएको बताउँछन्। अनि उनले गंगालाललाई अन्तिम इच्छा सोध्छन्। उनले स्नान गरेर मन्त्र जप गर्ने भएको बताउँछन्। त्यसपछि, दशरथलाई सोही जिज्ञासा राख्छन्। उनी थोरैबेर हाँस्छन् र दृढताका साथ जवाफ दिन्छन्- के तिम्रो महाराजले मेरो अन्तिम पूरा गर्न सक्छ? सक्छ भने, म राणा शासन अन्त्य भएको हेर्न चाहन्छु।

चन्द र श्रेष्ठलाई गोली हानिएसँगै नाटक सकियो, १०४ वर्ष चलेको कुशासनको अन्त्यको संघर्ष सम्झाएर, अन्य जुनसुकै कुशासनको पनि अन्त्य सुनिश्चित छ भन्ने सन्देश दिएर।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  २३:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको अध्यक्ष रन्जिता श्रेष्ठले बताइन् । शनिबार, असार २१, २०८२
अन्तिम समयमा त्रिविको सभा स्थगित, प्रधानमन्त्रीले समय दिएनन् प्रधानमन्त्री ओलीले यसअघि नै २२ गते सभाका लागि समय दिएका थिए। तर, अन्तिम समयमा आएर प्रधानमन्त्रीको व्यस्तताको कारण देखाउँदै सभा स्थग... शनिबार, असार २१, २०८२
कुलिङ पिरियड प्रकरणमा छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय शनिबार सिंहदरबारमा सभामखु देवराज घिमिरे र विभिन्न दलका नेताहरुको बैठकले विशेष संसदीय समिति गठन गर्ने निर्णय गरेको सभामुख घिमिरेका प्... शनिबार, असार २१, २०८२
ताजा समाचारसबै
पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित शनिबार, असार २१, २०८२
झापामा अटो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते शनिबार, असार २१, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
अन्तिम समयमा त्रिविको सभा स्थगित, प्रधानमन्त्रीले समय दिएनन् शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्