• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
संसदीय सुनुवाइमा प्रधानन्यायाधीश राणालाई पार्वत गुरुङले स्मरण गराएका थिए- तलदेखि माथिसम्मको ‘सेटिङ’
64x64
किशोर दहाल मंगलबार, माघ २७, २०७७  १०:४३
1140x725

काठमाडौं- पुस ५ मा प्रतिनिधि सभा विघटन गरिएपछि चल्तीको शब्द बनेको छ- ‘सेटिङ’। ‘सेटिङ’ अर्थात् प्रक्रियाअघि नै परिणामको छिनोफानो।

संविधानले आफूलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिए पनि सोही कदम चालेको हुनाले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित निकाय र अंगहरुमा ‘सेटिङ’ मिलाइसकेको चर्चा जताततै छ। उनले आफूले हार्ने खेल नखेल्ने भएकाले जित्ने सुनिश्चितका साथ प्रतिनिधि सभा विघटनको निर्णय लिएको ‘सेटिङ’को आशंका गर्नेहरुको भनाइ पाइन्छ।

प्रतिनिधि सभा विघटन भएसँगै नेकपाका पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल पक्षका नेताहरुले पनि यो विषयलाई बारम्बार चर्चा गर्ने गरेका छन्। प्रचण्ड स्वयंले पटकपटक सेटिङको चर्चा गर्दै जनताले त्यसलाई परास्त गर्ने बताउने गरेका छन्।

‘एउटा शब्द खुब सुनिन्छ आजभोलि- सेटिङ। यो डरलाग्दो शब्द छ अहिले। केपीका मान्छेले भन्दै हिँडेका छन्’, गत माघ ४ गते प्रचण्डले आफू निकट विद्यार्थी संगठनको उपत्यकास्तरीय भेलामा सम्बोधन गर्दै भनेका थिए, ‘म अदालतमाथि शंका गर्न चाहन्नँ तर ओलीको सेटिङलाई शंका गर्न पाइयो नि! हामी निर्वाचन आयोगलाई शंका गर्न चाहँदैनौं। तर ओली र ओलीको निकटका मान्छेले सेटिङ भइसक्यो भन्दै हिँडेकोलाई त शंका गर्न पाइयो नि!’

गत माघ ९ गते आयोजित आमसभामा सोही पक्षका नेता घनश्याम भुसालले ओलीसँग अब दुई मात्र शक्ति ‘साइबर स्याल’ र ‘सेटिङ’ रहेको बताएका थिए। ‘तपाईंसँग सेटिङवाला मामला, सेटिङवाला प्रपञ्च बाँकी छ’, उनले भने, ‘यदि सेटिङले काम गर्छ भने जासुसी उपन्यासहरुमा काम गर्छ। वास्तविक दुनियाँमा अब सेटिङले काम गर्दैन।’

'सेटिङ'ले काम नगर्ने वा जनताबाट परास्त हुन्छ भन्नेहरुले त्यसको चर्चा भने गर्न छाडेका छैनन्। जसले गर्दा 'सेटिङ' सफल होला भनेर उनीहरुमा पनि भय देखिन्छ।

अदालतलाई जोडेर गरिने ‘सेटिङ’को चर्चा र आशंका नयाँ होइन। यसलाई अदालती प्रक्रियामा जोडिएका व्यक्तिहरुले नै बेलाबखत अनौपचारिक सन्दर्भहरुमा ल्याउने गर्छन्। कतिपय महत्त्वपूर्ण फैसलामा आम मानिसको अपेक्षा एकातिर तर अदातलको फैसला अर्कोतिर हुने कारणले पनि मानिसमा यस्तो धारणा बलियो बन्ने गर्छ।

प्रधानन्यायाधीशमाथि प्रश्नैप्रश्न
पछिल्लो प्रक्रियामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भूमिकाप्रति धेरैले प्रश्न उठाए। त्यसको कारण देखिन्छ। हतारहतार अध्यादेश ल्याएर हतारहतारमै बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश राणा उपस्थित भए। जबकि, सो बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा सहभागी थिएनन्। सुरुवातमा सो बैठकले कुनै सिफारिस नगरेको बताइएको थियो। तर, पुस ५ मा प्रतिनिधि सभा विघटन भएसँगै सिफारिसको सूची सार्वजनिक भयो। जसमा राणा निकटका व्यक्तिहरु उनकै 'कोटा'बाट सिफारिसमा परेको समाचार सार्वजनिक भए।

प्रतिनिधि सभा विघटन गर्ने सरकारी कदमका विरुद्ध सर्वोच्चमा परेका सबै रिटलाई संवैधानिक इजलासमा सुनुवाइ गर्ने निर्णय सुनाएर गत पुस ८ गते राणा महान्यायाधिवक्ताको कार्यालय भवन उद्घाटन कार्यक्रममा सहभागी भएका थिए। त्यहाँ प्रधानमन्त्रीसँग खासखुस गरेको फोटो सार्वजनिक भयो। जसको कदमका विरुद्धको सुनुवाइमा आफैंले नेतृत्व गर्ने हो, उसैसँगको खासखुसलाई लिएर धेरैले प्रश्न उठाए।

यसका अतिरिक्त अध्यादेशदेखि नियुक्तिसम्मका प्रक्रियामाथि परेका मुद्दाको छिनोफानोमा सुस्तता, विरोधका बाबजुद संवैधानिक निकायका प्रमुखलाई सपथ खुवाउन उनको अग्रसरता जस्ता विषयले पनि मानिसमा उनीप्रति आशंका बढाइदिएको छ। तर, उनी स्वयं भने यस विषयमा मौन छन्।

मानिसमा शंका कतिसम्म देखियो भने इजलासमा प्रधानन्यायाधीश राणाले सोध्ने गरेका स्वभाविक प्रतिप्रश्नलाई पनि धेरैले नियतसँग जोडेर बुझे।

संसदीय सुनुवाइमा ‘सेटिङ’ चर्चा
राणा २०७५ पुसमा संसदीय सुनुवाइ प्रक्रियामा सहभागी भएका थिए। उनले पुस १५ गते सुनुवाइ समितिमा १५ पानाको विस्तृत अवधारणापत्र/कार्ययोजना प्रस्तुत गरेका थिए। त्यसको सुरुवाती बुँदा थियो- ‘न्यायपालिकामा हुन सक्ने अनियमितता र भ्रष्टचारप्रति शून्य सहनशीलता अपनाउँदै जिम्मेवार निकाय र निगरानीमूलक संयन्त्रहरुको क्रियाशीलतामार्फत् प्रभावकारी नियन्त्रण गरिनेछ।‘ यसका लागि उनले ६ वटा बुँदामा विस्तृत चर्चा गरेका थिए।

न्यायिक सुधारका लागि उनले प्रस्तुत गरेको सो अवधारणापत्र/कार्ययोजनाको सांसद्हरुले प्रशंसा गरेका थिए। तर, सुनुवाइ समितिमा अन्य प्रधानन्यायाधीशहरुलाई जस्तै उनलाई पनि केही साझा प्रश्न सोधिए। पुस १५ गतेको समिति बैठकमा सांसदहरुले उनलाई राखेका जिज्ञासामध्ये एउटा प्रसंग ‘सेटिङ’सँग सम्बन्धित थियो।

अहिलेका सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले राणालाई जिज्ञासा राखेका थिए- तपाईंको कार्ययोजनामा सबै प्रिय शब्दहरु छन्। तर अहिले न्यायालय क्षेत्रमा आएको एउटा परिचित शब्द छ, जुन यो कार्ययोजनामा परेन।'

गुरुङले ‘सेटिङ’ अहिले अत्यन्तै चलेको र 'न्याय क्षेत्रमा मैले यस्तो ‘सेटिङ’ गरेको छु', 'न्यायाधीशसँग मैले 'सेटिङ' गरेको छु' भन्ने गरिएको बताए। 'तलदेखि माथिसम्म ‘सेटिङ’ गरेको भन्ने शब्द, यो शब्द कार्ययोजनामा परेको भए राम्रो हुने थियो। यो 'सेटिङ' भन्ने शब्दलाई न्याय क्षेत्रको शब्दको रुपमा स्थापित गर्न पाए र यसलाई निराकरण गर्ने के उपाय छ?‍’, उनले सोधेका थिए।

गुरुङको भनाइले अदालतमा ‘सेटिङ’ आममान्छेका लागि मात्रै होइन, राजनीतिक नेताहरुको पनि विश्वास र आशंकाको विषय हो भन्ने देखाएको थियो। त्यसप्रति उनीहरुमा पनि भर र डर हुन्छ।

गुरुङले न्याय क्षेत्रकै कारण अहिले राष्ट्रभन्दा व्यक्ति बलियो बन्ने गरेको पनि बताए। 'न्याय क्षेत्रको फैसलाले राष्ट्रलाई कमजोर बनाउने र व्यक्तिलाई बलियो बनाउने काम गरेको छ। हामी भारत र चीनजस्ता छिमेकी राष्ट्रलाई हेरौं। अन्य विकसित मुलुकलाई हेरौं। त्यहाँ व्यक्ति कहिल्यै बलियो हुँदैन। राष्ट्र बलियो हुन्छ। तर, हाम्रो नेपालमा के देखियो भने व्यक्ति बलियो तर राष्ट्र कमजोर बन्ने। त्यो काम न्याय क्षेत्रबाट भएको छ। तपाईं प्रधानन्यायाधीश हुँदाखेरी यो कुराको कसरी सम्पादन गर्नुहुन्छ?', उनको प्रश्न थियो।

‍सुनुवाइकै क्रममा पूर्वमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले सुनुवाइ सकिए पनि संसद् रहिरहन्छ भन्ने हेक्का राख्न भनेका थिए। ‘कतिपयलाई यो समितिमा बोलेर गएपछि संकट टर्‍यो भन्ने लाग्छ। तर, संसद र संविधान जिवित नै हुन्छ भन्ने सम्झिनुपर्छ। सुनुवाइ गरे पनि संसद रहन्छ भन्ने हेक्का राख्नुपर्छ।’

पुस १७ गते समितिलाई जवाफ दिँदै राणाले आफूले ‘बदनाम हुने’ काम नगर्ने बताएका थिए। उनले आफ्नो कार्ययोजनाबाट पछि नहट्ने भन्दै आत्मैदेखि प्रतिबद्ध भएको बताए।

'मैले गरेको कामबाट पछुताउनुपर्ने, आफ्नो मुखमा आफैंले कोतरेर, घाउ बनाएर, नचिनिने अवस्थाबाट म जान नपरोस्। म जाने छैन। म यो प्रतिबद्धता व्यक्त गर्दछु', राणाले भनेका थिए। 

भट्टराईले भनेजस्तो अहिले संसद् जिवित भएको अवस्था छैन। बरु गुरुङले चिन्ता जाहेर गरेजस्तो ‘सेटिङ’कै चर्चा छ। त्यसैले पनि यो विषयलाई नजिकबाट हेरिरहेका धेरैले न्यायालयको त्यस्तो भूमिकाको अपेक्षा गरेका छन्, जस्तो त्यतिबेलाको राणाको बाचा थियो।

प्रकाशित मिति: मंगलबार, माघ २७, २०७७  १०:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको अध्यक्ष रन्जिता श्रेष्ठले बताइन् । शनिबार, असार २१, २०८२
अन्तिम समयमा त्रिविको सभा स्थगित, प्रधानमन्त्रीले समय दिएनन् प्रधानमन्त्री ओलीले यसअघि नै २२ गते सभाका लागि समय दिएका थिए। तर, अन्तिम समयमा आएर प्रधानमन्त्रीको व्यस्तताको कारण देखाउँदै सभा स्थग... शनिबार, असार २१, २०८२
कुलिङ पिरियड प्रकरणमा छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय शनिबार सिंहदरबारमा सभामखु देवराज घिमिरे र विभिन्न दलका नेताहरुको बैठकले विशेष संसदीय समिति गठन गर्ने निर्णय गरेको सभामुख घिमिरेका प्... शनिबार, असार २१, २०८२
ताजा समाचारसबै
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित शनिबार, असार २१, २०८२
पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित शनिबार, असार २१, २०८२
झापामा अटो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते शनिबार, असार २१, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्