• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
एमाले : 'राष्ट्रिय भेला'पछि के होला?
64x64
किशोर दहाल मंगलबार, चैत ३, २०७७  २०:४५
1140x725
फाइल तस्बिर

काठमाडौं- 'अब अनुशासनहीन भयो भने पार्टीको विधान छ, देशको कानुन छ, संविधान छ, संसद् नियमावली छ, दलसम्बन्धी कानुन छ। यी सबै कुरातिर म ध्यानाकर्षण गर्न चाहन्छु', मंगलबार बालुवाटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनीपूर्ण यस्तो भाषा बोले। उनले एमालेमा समानान्तर गतिविधितिर अग्रसर माधवकुमार नेपाल पक्षलाई कारबाहीको धम्की दिए।

ओलीको सम्बोधन सकिएको केही बेरमै एमालेका सचिव योगेश भट्टराईले ललितपुरको हेरिटेज गार्डेनबाट प्रतिवाद गरे। त्यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने- 'हामी एकपछि अर्को कारबाही खानका निम्ति लामबद्ध छौं, तयार छौं। त्यसमा हामीलाई कुनै पश्चताप हुने छैन। किनभने हामी मुलुकका लागि, संविधानका लागि, हामीले प्राप्त गरेको जनसमर्थनको रक्षाका निम्ति उभिएका मान्छे हौं। हामीलाई त्यसमा कुनै हिनताबोध छैन।'

यही हेरिटेज गार्डेनमा माधवकुमार नेपाल पक्षले बुधबार र बिहीबार राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ। 

ओली पक्षले आफूसँग रहेको अन्तिम हतियार प्रयोग गर्न धम्की दिँदा नेपाल पक्षले त्यसको निम्ति तयार छौं भन्नुले अब एमालेभित्रको लडाइँ वारपारको स्थितिमा पुगेको आकलन गर्न सकिन्छ। जसको स्पष्ट दृश्य बुधबार र बिहीबार आयोजना हुने राष्ट्रिय कार्यकर्ता भेलाबाट देखिने छ।

विरासतमै प्राप्त 'विभाजन'
फागुन २३ गते सर्वोच्च अदालतको एक फैसलाबाट ब्युँतिएको एमालेलाई विरासतमा विभाजित मानसिकता प्राप्त भएको थियो। परिणामतः ब्युँतिएको एमालेका शक्तिशाली अध्यक्ष ओलीले सुरुवातमै नेकपाकालीन प्रतिशोध साँध्ने प्रयत्न गरे। उनले फागुन २८ गते आफू पक्षीय केही केन्द्रीय कमिटी सदस्यहरुलाई बालुवाटारमा सुटुक्क बोलाएर केही निर्णयहरु गरिदिए। ती निर्णय मूलतः नेपाल पक्षका नेताहरुलाई जिम्मेवारीविहीन बनाउने र आगामी शक्ति संघर्षमा आफूलाई बलियो पार्ने समीकरण तयार पार्ने उद्देश्यबाट निर्देशित देखिन्छन्।

भेलामार्फत नेपाल पक्षले आफ्ना अहिलेसम्मको गतिविधिलाई अनौपचारिक अनुमोदन गर्नेछन्। र, आगामी कदमप्रति अग्रिम समर्थन पनि लिनेछन्। जुन कुरा एकताभन्दा पनि विभाजन प्रेरित हुनेछन्। 

यता बलदिँदो र सकसपूर्ण अवस्थामा अध्यक्ष ओलीले फराकिलो छाती प्रदर्शित गर्लान् भन्ने अपेक्षामा रहेको नेपाल पक्षलाई सो 'गुट भेला'ले अचम्मित मात्रै पारेन, निराश पनि पारिदियो। अदालतले ब्युँत्याइदिएको नेकपा एमाले आफ्नो पनि हो भन्नै नपाई ओली पक्षका नेताहरुले 'सुध्रिएर आए स्वागत गरिन्छ' भन्न थालेपछि ओलीले आफ्नो पक्ष बिनाको एमालेको परिकल्पना गरेको बुझाइमा उनीहरु छन्। जसले गर्दा नेपाल पक्षको शब्दमा 'एमाले पुनर्गठन' र आम बुझाइमा 'एमाले विभाजन'का दिनहरु नजिकिन थालेका छन्। जसको औपचारिक सुरुवात यही भेला बन्न सक्छ।

भेलाले पार्टीलाई विभाजनतिर लैजान्छ भन्ने बुझेरै ओलीले बालुवाटारबाट आक्रोश व्यक्त गरेको बुझ्न कठिन छैन। त्यसैले उनले भेलामा सहभागी नहुन चेतावनी दिएका छन्। 'नेकपा एमालेसँग आबद्ध सम्बद्ध नेता वा कार्यकर्तालाई गुटगत भेला नगर्न, नगराउन, त्यस्ता भेलामा सरिक नहुन सजग र सचेत गर्न चाहन्छु। पार्टी एकताको पक्षमा बस्न आग्रह गर्न चाहन्छु', उनले भनेका थिए।

भेलामा सहभागिता जनाउन तम्तयार कार्यकर्तालाई अलमल्याउन वा भेलालाई नै रोक्न सकिन्छ कि भन्नका लागि ओलीले सोमबार नेपाल पक्षसँग पनि धुम्बाराहीमा छलफल गरेका थिए। तर, त्यो सकारात्मक निष्कर्षमा पुगेन।

भेलामा माधवकुमार नेपाल पक्षले दस्तावेज प्रस्तुत र पारित गर्ने तय भएको छ। 'भेलामा केन्द्रीय कमिटीका तर्फबाट एक अवधारणा-पत्र प्रस्तुत गरिनेछ र टोली विभाजन गरी सबै सहभागीहरुले आफ्ना मतहरु राख्न पाउने गरी छलफल र पारित गरिनेछ', मंगलबार भट्टराईद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ।

कार्यकर्तामाझ प्रस्तुत गरिने दस्तावेजमा केपी ओलीका पछिल्ला कदमहरुको आलोचना गरिने कुरा बुझ्न कठिन छैन। पार्टीका एक पक्षका नेताहरु सोही दस्तावेज पारित गर्ने मात्रै होइन, त्यसलाई बोकेर आफ्नो गाउँगाउँसम्म पुग्नेछन्। अरुलाई पनि दीक्षित गर्नेछन्। यसले एमाले विभाजनलाई तल्ला तहसम्म पुर्‍याउनेछ।

यसअघिका कैयौं पार्टी विभाजनका बेलामा पनि यस्तै भेला आयोजना हुने, समानान्तर कमिटीहरु बन्ने, कारबाही हुने र नयाँ पार्टी घोषणा हुने गरेका देखिन्छन्। बुधबार र बिहीबारको भेलालाई पनि त्यति नै गम्भीरताका साथ लिन आवश्यक नभए पनि आगामी बाटो त्यही भएको बुझ्न सकिन्छ। ओली पक्षले फागुन २८ गते निर्णय गरेपछि नेपाल पक्षले भोलिपल्टै केही समानान्तर जिम्मेवारी तोकिसकेको छ। भेलापछि आगामी दिनमा त्यसखालका कामले थप तीव्रता पाउन सक्छ।

भेलामार्फत नेपाल पक्षले आफ्ना अहिलेसम्मको गतिविधिलाई अनौपचारिक अनुमोदन गर्नेछन्। र, आगामी कदमप्रति अग्रिम समर्थन पनि लिनेछन्। जुन कुरा एकताभन्दा पनि विभाजन प्रेरित हुनेछन्। 

मुख्यतः एमालेमा बढ्दो तिक्तता र विभाजित मानसिकताका बीच हुन लागेको भेलामा उपस्थित हुनेहरु माधवकुमार नेपालले उठाएका पछिल्ला मुद्दासँग सहमत नेता तथा कार्यकर्ता नै हुनेछन्। भेलापछि उनीहरु ती विषयमा झनै ढृढ बन्नेछन्। र परिणामतः विभाजन रेखा झनै गाढा बन्ने देखिन्छ।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  २०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
अन्तिम समयमा त्रिविको सभा स्थगित, प्रधानमन्त्रीले समय दिएनन् प्रधानमन्त्री ओलीले यसअघि नै २२ गते सभाका लागि समय दिएका थिए। तर, अन्तिम समयमा आएर प्रधानमन्त्रीको व्यस्तताको कारण देखाउँदै सभा स्थग... शनिबार, असार २१, २०८२
कुलिङ पिरियड प्रकरणमा छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय शनिबार सिंहदरबारमा सभामखु देवराज घिमिरे र विभिन्न दलका नेताहरुको बैठकले विशेष संसदीय समिति गठन गर्ने निर्णय गरेको सभामुख घिमिरेका प्... शनिबार, असार २१, २०८२
कसैले देशमा खतरा आयो भनेर भनेको कुरा नपत्याउनू : गगन थापा त्यस्तै, देश बर्बाद भयो, झुर भयो भन्नेहरूप्रति पनि विश्वास नगर्न विद्यार्थीहरूलाई सुझाएका छन्। उनले अध्ययन, विश्लेषण र समीक्षाका आधा... शनिबार, असार २१, २०८२
ताजा समाचारसबै
अन्तिम समयमा त्रिविको सभा स्थगित, प्रधानमन्त्रीले समय दिएनन् शनिबार, असार २१, २०८२
कुलिङ पिरियड प्रकरणमा छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय शनिबार, असार २१, २०८२
बाढी पहिरोको प्रभाव, सातवटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध शनिबार, असार २१, २०८२
कसैले देशमा खतरा आयो भनेर भनेको कुरा नपत्याउनू : गगन थापा शनिबार, असार २१, २०८२
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएको छ : अध्यक्ष दाहाल शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्