काठमाडाैं–भगवान गौतम बुद्धलाई विश्वमाझ चिनाउने उद्देश्यले राष्ट्रिय नाचघर जमलमा बुद्ध नाटक महोत्सव जारी छ।
आइतबार साँझ ५ बजे उद्घाटन भएकाे महोत्सव ६ दिनसम्म जारी रहने बताइएकाे छ। आगामी शनिवारसम्म नाचघरको डवलीमा हरेक साँझ ५ बजे बुद्धसम्बन्धी नाटक देखाइनेछ।
उद्घाटन कार्यक्रममा संस्कृतिविद् तथा साहित्यकार तुलसी दिवस, अभि सुवेदी तथा रंगकर्मी मदनदास श्रेष्ठलगायत उपस्थित थिए।
उद्घाटनमा लामामन्त्र र चर्या नृत्यसमेत प्रस्तुत गरिएको थियो। महोत्सवका निर्देशक समेत रहेका पुष्कर गुरुङका अनुसार कोभिड १९ का कारण कार्यक्रम अघिल्लो बर्ष यो हुन पाएन।
महोत्सवको पहिलो दिन भारतीय नाटक निर्देशक डा. दानी करमाकरले निर्देशन गरेको नाटक ‘तथागत’ डिजिटल प्ल्याटफर्ममा देखाइएकाे थियाे। महामारीका कारण कलाकार आउन नसकेकाले नाटकलाई डिजिटल रुपमा मञ्चन गर्न बाध्य भएको आयोजकको भनाइ छ।
सोमबारको महोत्सवमा विकास जोशीले निर्देशन गरेको नाटक ‘सिद्धार्थको गृहत्याग’ मञ्चन हुनेछ। करिब १ घण्टा लामो नाटकलाई प्रेमविनोद नन्दनले लेखेका हुन्। नाटकमा सूचिता उप्रेती, अस्मिता खनाल, अभिषेक शर्मा, तुफान थापा, अस्मिता खनाल लगायतको अभिनय रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।