काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले ल्याएको नीति तथा कार्यक्रम निबन्ध जस्तै भएको टिप्पणी गरेका छन्।
‘नीति तथा कार्यक्रम समग्रमा भन्नुपर्दा असल निबन्ध जस्तो छ’, उनले भने, ‘के गर्ने भनेर यसमा स्पष्ट किटान कतै पनि गरिएको छैन।’
सरकारको कुनै पनि योजना र कार्यक्रमलाई प्राथमिकता दिएको नदेखिएको भन्दै उनले बजेट निर्माणका आधारमा टिप्पणी गर्नुपर्ने बताए। सरकारका हरेक कार्यक्रम प्राथमिकता तोकेर निर्धारण हुने भए पनि यस पटक त्यस्तो नभएको उनले टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।