• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ ६, २०८२ Tue, May 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण
टोकियो ओलम्पिकमा चम्कनेछन् जन्मदेशले लखटेका, शरण परेको देशले दुत्कारेका आसिफ
64x64
नेपाल लाइभ शनिबार, वैशाख ११, २०७८  ०६:४०
1140x725

काठमाडाैं- ‘हामीसँग केही सामान थियो। बाटोमा बन्दुक देखाएर डाँकुहरूले लुटे। त्यसबेला म सात वर्षको थिएँ, त्यो घटनाबाट खुबै खुश डराएँ।’

अफगानिस्तान छाडेका आसिफ सुल्तानीलाई यो घटना पूर्ण रूपमा याद छैन। तर, उनको दिमागमा धमिलो यादहरू भने अझै यथावत् छन्। 

आसिफ सिया इस्लाम सम्प्रदायका सीमान्तकृत हसारा समुदायका हुन्। सिया इस्लाम धर्म मान्‍ने भएकाले उनीहरूलाई सुन्‍नीबहुल अफगानिस्तानमा कट्टरपन्थीहरूले निसाना बनाउने गरेका थिए, त्यो बेला पनि अहिले पनि।

आसिफको परिवार अफगानिस्तानमा भइरहेको उत्पीडनबाट बच्न देश छाडेर भाग्‍न बाध्य पारियो, जुन उनका लागि असह्य थियो। ज्यानभन्दा केही ठूलो नहुने रहेछ, त्यसैले उनीहरु शरण लिन पुगे इरान।

तर, इरानमा पनि जीवन सहज थिएन। एक त अरुको देश, त्यसमाथि विदेशी नागरिकमाथि गरिने बर्बरता। यो पशुलाई गरिने व्यवहारभन्दा केही कम थिएन।

‘हाम्रो परिवार शरण लिन इरान पुगेको थियो, हामीलाई शरणार्थी जस्तो व्यवहार गरिएन,’ आसिफले भने, ‘कागजात नहुँदा हामीलाई भेदभाव गरियो।’

बर्बरता यतिमै सीमित थिएन। उनलाई त्यहाँ केही व्यक्तिहरुले खुब दुःख दिन्थे। कुट्थे, गाली गर्थे र दुर्व्यवहार गर्थे।

‘मलाई याद छ केही व्यक्तिहरुले मलाई धेरै रिस उठाउँथे। उनीहरुले मलाई मुट्ठीले हिर्काउँथे। ममाथि थुक्थे। तिनीहरूले मेरो अनादर गर्थे र दयाको लागि भिख माग्‍न मलाई जबरजस्ती पार्थे,’ उनी भन्छन्।

Ncell 2
Ncell 2

यो दुर्व्यवहार उनी र उनका बुबालाई असह्य भयो। यसबाट निस्कन अरु जस्तै आत्मविश्वासी बन्‍नु थियो आसिफलाई। उनका बुबाले यो कुरा बुझे र अब जसरी पनि छोरालाई बलियो बनाउने सोच बनाए। 

अनि हिम्मत दिलाएर बुबाले उनलाई आत्मरक्षाका लागि ‘मार्शल आर्ट’ सिक्न प्रोत्साहित गरे।

उनले कराते त खेले। तर, वैध कागजातहरू नहुँदा केही फुटकर स्थानीय प्रतियोगितमा भन्दा अरुमा भाग लिने मौका भने पाएनन्। कलाकौशल भएर पनि घरनजिकैको कराते केन्द्रले उनलाई मौका दिन अस्वीकार गर्‍यो।

हुन त अन्तर्राष्ट्रिय प्रतियोगितमा भाग लिने खेलाडीले आफ्नो झन्डामुनि बसेर सहभागिता जनाउँछन्। तर, आसिफसँग न देश थियो न झन्डा। थियो त केवल कला र कौशल जुन उनले देखाउनै पाएनन्। 

तर, आसिफ निराश भएनन्। बाबुले देखाएको बाटोमा जसरी पनि हिँड्नु थियो उनलाई। आलोकाँचो मानसिकता, केही गरौं भन्‍ने जोशले उनलाई हार खान दिएन। अनि आफ्नै घर पछाडि प्रशिक्षण केन्द्र खोले।

‘मेरो मन कुँडिएको थियो। कराते मेरो जीवनको अन्तिम आशा थियो,’ उनले भने, ‘मैले मेरा केही साथीहरूलाई जम्मा गरें। आफैंबाट प्रशिक्षण सुरु गरें।’ 

उनलाई प्रशिक्षण दिने कुनै गुरु थिएनन्। न उनलाई करातेको ‘मुभ’ थाहा थियो न ‘टेक्निक’। उनले टिभीमा हङकङ-अमेरिकन मार्शल आर्टिस्ट ब्रुस-लीका चलचित्रहरू हेरे। 

ब्रुस-ली चलचित्र क्षेत्रका द्वन्द्व कलाकार तथा निर्माता थिए। उनका पिताले उनलाई चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए। उनले धेरै चलचित्रमा काम गरिसकेका थिए। त्यसैले उनका चलचित्र सहजै उपलब्ध थिए। 

‘मैले उनका हरेक चलचित्र हेरें। उनको मूभ, स्टाइल र टेक्निक नियालें। अनि मैले उनमा आफूलाई देख्न थालें। मलाई उनीजस्तै बन्‍नु थियो,’ आसिफ विगतलाई याद गर्छन्।

यो उनका लागि कुनै शोख थिएन। उनमाथि गरिएको व्यवहारको परिणाम थियो त्यो। आफ्नो इच्छा, अझ भनौं लक्ष्य जसरी पनि पुरा गर्नु थियो। डटेर हुन्छ वा मरेर।

उनै आसिफ टोकियो ओलम्पिकमा ‘टिम शरणार्थी’बाट कराते प्रतियोगितामा स्थान बनाउन कोशिस गर्दैछन्।

‘मेरो यो कुनै शोख होइन। मसँग साहस, आशा र केही गर्ने सपना छ। एकतर्फी बाटो बनाउने,’ उनी भन्छन्।

तर, एक दिन उनी आफ्नो सपना भंग हुने ठाउँमा पुगे। जुन उनले सायदै कल्पना गरेका थिए। आसिफ त्यतिबेला १६ वर्षका थिए। जन्‍नेबुझ्‍ने भइसकेका थिए। उनलाई इरान सरकारले अफगानिस्तान पठाइदियो। अफगानिस्तान अर्थात् उनको गहिरो नाता जोडिएको आफ्नै जन्मभूमि। 

स्वदेश फिर्ता भएपछि न ओत लाग्‍नको लागि घर थियो न भोक मेटाउन खाना। उनलाई जीवन गुजारा गर्न नै मुश्किल पर्दै गयो।

भनिन्छ- अजिंगरको आहारा दैवले जुराउँछ। उनको जीवनमा पनि यही भनाइ लागू भयो। स्वदेश फर्किएको केही दिनमै एउटा सानो होटलमा उनले काम पाए। उनलाई खाना र बस्न सानो कोठा दिइयो।

उनले यही कोठमा जीवनी देख्न थालेका थिए। तर, त्यो समय अफगानिस्तानको हालत ठिक थिएन। त्यहाँ जातीय युद्ध फैलिएको थियो।

आसिफ भन्छन्, ‘जनता सडकमा बन्दुकका साथ प्रदर्शन गरिरहेका हुन्थे। म धेरै डराएको थिएँ। यहाँ हजारा समुदायका मानिसहरु वर्षौंदेखि उत्पीडनमा थिए।’

हराजा समुदायमाथि भइरहेको बर्बरता देखर उनले यहाँ आफ्नो सपना पुरा नहुने देखे। उनले एक निर्णय लिए- फेरि देश छाडेर भाग्‍ने।

केही हप्तापछि उनले अष्ट्रेलिया जाने सोच बनाए। एक व्यक्तिको सम्पर्कमा पुगे र कुराकानी पक्का गरे। उनलाई एक समुद्रको किनारमा लगियो, जहाँ सयभन्दा बढी व्यक्ति थिए। उनलाई त्यहीँ रहेको सानो माछा मार्ने माझीले प्रयोग गर्ने डुङ्गामा चढाइयो, जुन अष्ट्रेलिया हुँइकिन तम्तयार थियो।

समुद्रको बाटो। अष्ट्रेलिया पुग्‍न त्यति सहज थिएन। तर, उनीहरुलाई इन्डोनेशिया हुँदै अष्ट्रेलिया लैजाँदै थिए।

सानो माछा मार्ने माझीले प्रयोग गर्ने डुङ्गा। एक सय मानिसको कोचाकोच। त्यो यात्रा उनका लागि एकदमै कष्टकर थियो। त्यही पनि सपना पूरा गर्नु थियो र अफगानिस्तानमा भइरहेको द्वन्द्वबाट उनलाई ज्यान बचाउनु थियो। त्यसैले उनले यसलाई वेवास्ता गरे।

अष्ट्रेलिया नपुग्दै उनी सवार डुङ्गाको इञ्जिन बिग्रियो र बिचैमा अड्कियो।

आसिफ भन्छन्, ‘सबैजना पानीमा हामफाल्ने तयारी गरिरहेका थिए, ज्यान बचाउन केही प्रार्थना गरिरहेका थिए। सबै कुरा निकै भयानक सपनामा परिणत भइसकेका थिए।’

डुङ्गा धेरै घण्टा ‘मिड-डे’मा फसेको थियो। यद्यपि, उनी समुद्रको किनारमा पुग्‍न सफल भए।

उनी अष्ट्रेलिया त पुगे। तर, कागजातबिना त्यहाँ विदेशी नागरिकलाई शरण दिइँदैन थियो। यो गैरकानूनी मानिन्थ्यो र अहिले पनि त्यही मानिन्छ। त्यसैले उनलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लियो।  

आसिफको किशोरावस्थाका केही वर्षहरू हिरासत केन्द्रमा बिते।  
                                                                                              ...

तर, १८ वर्षको उमेरमा उनको जीवनले नसोचेको एक मोड लियो। अष्ट्रेलियाको हाई स्कूलमा उनले प्रवेश पाए, जहाँ दिनको दुई पल्ट कराते प्रशिक्षण लिने व्यवस्था मिलाइएको थियो। 

लोभलाग्दो कलाकौशल देखेर अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिलले शरणार्थी कोटबाट छात्रवृत्तिसमेत प्रदान गर्‍यो आसिफलाई।

जुन उनको जीवन परिवर्तन गरिदिने एक माध्यम बन्यो। उनका लागि यो क्षण अविस्मरणीय र एक हिसाबले अविश्वसनीय जस्तै थियो। किनभने एक त अर्काको भूमि, त्यसमाथि देखेको यति ठूलो सपना पूरा हुँदै थियो। अर्काको देशमा शरणार्थी भएर बस्दा पूरा हुन असम्भव जस्तै सपना थियो त्यो। 

यो उनका लागि भगवानले दिएको ‘तोफा’भन्दा कम थिएन। उनले यसलाई सही सदुपयोग गरे र आफ्नो मिहिनेतबाट टिम शरणार्थीमा स्थान बनाए। 

उनले २०१६ मा ब्राजिलमा भएको ‘रियो ओलम्पिक’मा भाग लिने मौका पाए, जुन उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो। तर, उनले सोचेजस्तो सफलता भने प्राप्त गर्न सकेनन्। 

यो अफलताबाट उनी निरास भएनन्। दिनरातको कडा मिहिनेतले उनी अझै खारिए। उनीसँग अझै छ जोश बाबुले देखाएको बाटो छिचालेर आफ्नो गन्तव्यमा पुग्‍ने। उनी इरानमा गरिएको दुर्व्यवहारलाई सम्झेर फेरि उठे।

आसिफले जापानमा आयोजना हुन लागेको ‘टोकियो ओलम्पिक’मा स्थान बनाएको खबर गत जुन महीनामा पाए। उनलाई फेरि एक मौका मिलेको छ आफूलाई प्रमाणित गर्ने। तर, उनी आफ्नो लक्ष्य भनेको स्वर्ण जित्ने नरहेको बताउँछन्। 

‘म स्वर्ण पदक जित्न खेल्न लागेको हैन। शरणार्थीहरुको प्रतिनिधित्व गर्न लागेको हुँ। म एक ब्यक्ति बन्‍न चाहन्छु जसले संसारभरिका लाखौं विस्थापित बच्चाहरुलाई यो आशाको सन्देश पुर्‍याओस् कि हामीले पनि केही गर्न सक्छौं,’ उनले भने।

बीबीसीबाट

प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८  ०६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध : खानेपानीमन्त्री
मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या
सेयर बजारमा हरियाली
सम्बन्धित सामग्री
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
शरदचन्द्र शाहको सोचको उपज थियो, पहिलो दक्षिण एशियाली खेलकुद  भारतले आयोजनाको दाबेदारी छोडेपछि माल्दिभ्सको पालो आउँथ्यो, तर माल्दिभ्समा खेलकुदको कुनै पूर्वाधार तयार थिएन। त्यसैले उसले सुरुमै हात... मंगलबार, असार २६, २०८०
ताजा समाचारसबै
जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध : खानेपानीमन्त्री मंगलबार, जेठ ६, २०८२
मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या मंगलबार, जेठ ६, २०८२
सेयर बजारमा हरियाली मंगलबार, जेठ ६, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
यूएईलाई पाँच विकेटले हराउँदै नेपाल विश्वकप ग्लोबल छनोटमा सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्