काठमाडौ–कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ। बिहीबारदेखि जारी निषेधाज्ञाका कारण उपत्यकाका सडक बिहानैबाट सुनसान देखिन थालेको छ।
काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनले आजबाट २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। मन्त्रिपरिषद्को बैठकले भने काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा गर्न निर्देशन दिएको छ।
यसैबीच, निषेधाज्ञा उल्लंघन गर्ने सवारीसाधनलाई सुरक्षा निकायले नियन्त्रणमा लिएको छ। अहिलेसम्म उपत्यकाभर करिब २ सय सवारीसाधन नियन्त्रणमा लिइसकेको प्रहरीले बताएको छ।
नियन्त्रणमा लिइएका सवारीसाधन बेलुका ७ बजेमात्र छाडिने ट्राफिक प्रमुख एसपी जनकराज भट्टराईले बताए।
यस्तो देखियो निषेधाज्ञाको पहिलो दिन काठमाडौं









नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।