काठमाडौं- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट आइतबार राजीनामा दिएका शंकर पोखरेलले प्रदेश सभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेका छन्।
मन्त्रिपरिषद बैठकले निर्णय गरेर प्रदेश सभा अधिवेशन अन्त्य गर्ने पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको एक सांसदले बताए।
मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि विशेष अधिवेशनको प्रयोजन पनि सकिएकाले अधिवेशन अन्त्यको सिफारिस गरिएको ती सांसदले बताए।
अविश्वास प्रस्तावमाथि छलफल गर्ने विषय उठ्न सक्ने भएकाले त्यसलाई रोक्न पोखरेलले अधिवेशन अन्त्यको सिफारिस गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।