काठमाडौं- लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य भएको छ। आइतबार दिउँसो १ बजेका लागि बोलाइएको विशेष अधिवेशन दिउँसो १२ बजेदेखि नै लागू हुने गरी अन्त्य गरिएको हो।
विशेष अधिवेशनमा आफूमाथि राखिएको अविश्वास प्रस्तावमाथि छलफल प्रारम्भ हुनुअघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए। त्यसपछि उनले मन्त्रिपरिषद् बैठक राखी अधिवेशन अन्त्यको सिफारिस गरेका थिए।
‘लुम्बनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरको अवस्थामा माननीय मुख्यमन्त्रीहरुबाट राजीनामा पेश गरेकोले उक्त अधिवेशनको औचित्य समाप्त भएको हुँदा अधिवेशन अन्त्य गर्न मन्त्रिपरिद्को मिति २०७८/१/१९ को निर्णय बमोजिम माननीय मुख्यमन्त्रीबाट सिफारिस प्राप्त भएकोले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम सम्बत् २०७८ साल वैशाख १९ गते आइतबार दिउँसो १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गरेको छु’, प्रदेश प्रमुख धर्मनाथ यादवद्वारा जारी सूचनामा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।