काठमाडौं- नेकपा (एमाले)को स्थायी कमिटी बैठक सकिएको छ। आइतबार दिउँसो बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशमा विकसित घटनाबारे ब्रिफिङ गरेका थिए।
‘लुम्बिनी प्रदेशमा यसो-यसो भइरहेको छ भनेर अध्यक्षले ब्रिफिङ गर्नुभयो’, बैठकपछि स्थायी कमिटी सदस्य सुवास नेम्वाङले नेपाल लाइभलाई जानकारी दिए।
त्यस्तै, बैठकमा कोभिडको बारेमा पनि छलफल भएको उनले बताए। ‘बैठकले सरकारलाई कोभिडको बारेमा अझै प्रभावकारी ढंगले लाग, आवश्यक कामहरु गर भनेर आग्रह गर्यो’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।