काठमाडौं- नेपालमा कोरोनाबाट थप २७ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर २७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार यसँगै मृत्यु हुने कुल संक्रमितको संख्या ३ हजार ३२५ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर सात हजार २११ जना संक्रमित थपिएका छन्। यसमा पीसीआरबाट ७ हजार १३७ र एन्टिजेन परीक्षणबाट ७४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।