• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
संसदीय प्रक्रियामा प्रधानमन्त्रीको अरुचि, एक वर्षमा १८ अध्यादेश
64x64
किशोर दहाल बुधबार, वैशाख २२, २०७८  २२:४९
1140x725

काठमाडौं– आफैंले डाकेको प्रतिनिधि सभाको अधिवेशनको पूर्वसन्ध्यामा राष्ट्रपति विद्यादेवी भण्डारीले दिनदिनै अध्यादेश जारी गर्न थालेकी छन्। मंगलबार मात्रै सात वटा अध्यादेश जारी गरेकी उनले बुधबार फेरि अर्को एक अध्यादेश जारी गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीमा अध्यादेशबाट शासन चलाउने रहर बढ्दै गएको यसरी तारन्तार जारी भइरहेका अध्यादेशले पुष्टि गर्छन्।

सदन चालु नरहेको अवस्थामा एकदमै ठूलो आवश्यकतालाई सम्बोधन गर्नुपर्ने भयो भने अध्यादेश ल्याइने बताउँछन् संवैधानिक कानुनका जानकार भीमार्जुन आचार्य। तर, त्यो आवश्यकता देखिनुपर्ने उनको  भनाइ छ। ‘अहिले कोभिडसँग सम्बन्धित अध्यादेश आएको भए ‘जस्टिफाइ’ हुन्थ्यो’, उनी भन्छन्।

सरकारले ल्याइरहेका केही बाहेक अन्य अध्यादेशको ‘ठूलो’ आवश्यकता पुष्टि भएका छैनन्, न आम रुपमै तिनको औचित्य पुष्टि भएका छन्। बरु, पछिल्लो एक वर्षको शैली हेर्दा कतिबेला संसद् अधिवेशन अन्त्य होला र अध्यादेश ल्याउँला भनेर सरकार तयार भएर बसेको जस्तो देखिन्छ। अर्कोतिर, भएकै कानुन छल्नलाई अध्यादेशको सुविधा प्रयोग गरिएको देखिन्छ। त्यसको प्रष्ट उदाहरण संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई लिन सकिन्छ। मंसिर ३० गते दोहोर्‍याएर ल्याइएको यो अध्यादेशमार्फत ओलीले आफू अनुकूल झन्डै तीन दर्जन नियुक्ति दिलाए। ती नियुक्तिहरुमा त संसदीय सुनुवाइ हुनुपर्ने संवैधानिक अपेक्षा पनि पूरा भएन।

‘अध्यादेश ल्याउन पाउने संवैधानिक अधिकारको प्रशस्तै दुरुपयोग भएको छ। अस्ति सरकार आफैंले अधिवेशन अन्त्य गर्‍यो। फेरि २७ गतेका लागि एक दिने अधिवेशन बोलाइएको छ’, आचार्य भन्छन्, ‘यसरी अध्यादेश ल्याउनु त्यति ‘फेयर’ लाग्दैन।'

संसदीय प्रक्रियाप्रति अरुचि
संसद्को पाँचौँ अधिवेशन २०७६ चैत २४ गते सकिएको थियो। सभामुख चयन र कोरोनाको बढ्दो त्रासका बीच प्रभावित बनेको पाँचौं अधिवेशनले खासै काम गर्न पाएन। छैटौं अधिवेशन २०७७ वैशाख २६ गते सुरु भयो। यसबीचमा ३२ दिनको अन्तर थियो। तर, सरकारले वैशाख ८ मै दुईवटा अध्यादेश जारी गर्‍यो। न अघिल्लो अधिवेशनमा सो सम्बन्धी विधेयक ल्याउने हतारो गर्‍यो, न पछिल्लो अधिवेशनका लागि केही दिन कुर्‍यो। उसले त अध्यादेशको औचित्य पुष्टि पनि गर्न सकेन। परिणामतः ती दुवै अध्यादेश चार दिनमै खारेज भए।

गत वर्ष असारदेखि भने प्रधानमन्त्री ओलीमा रहेको संसदीय प्रक्रियाप्रति अरुचि र अध्यादेशप्रति मोह प्रष्ट हुन थालेको हो। नेकपाको जारी स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीका निम्ति असहज भएपछि उनले असार १८ गते हठात् संसद्को अधिवेशन अन्त्य गरिदिए। दलभित्रको विवादमै केही समय गुजारेका उनले असोजदेखि फटाफट अध्यादेश ल्याउन थाले।

संसद्को एउटा अधिवेशन र अर्को अधिवेशनबीचको समयावधि ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक प्रावधान छ। प्रधानमन्त्री ओलीले सो समायावधिलाई राम्रैसँग प्रयोग गरे। पुस १७ गतेसम्म अर्को अधिवेशन सुरु गर्नैपर्ने बाध्यता थियो। तर, मंसिर ३, २१ र ३० गते गरी चार वटा अध्यादेश जारी गरियो। तर, पुस १७ गते पनि बैठक बोलाउने ओलीको मनसाय रहेनछ भन्ने कुरा पुस ५ गते पुष्टि भयो, त्यही दिन उनले प्रतिनिधि सभा नै विघटन गरिदिए। अधिवेशन सुरु गर्नैपर्ने बाध्यताको समय १२ दिन बाँकी छँदा उनले प्रतिनिधि सभा नै विघटन गरिदिएका हुन्। उता राष्ट्रिय सभाको अधिवेशन पुस १७ गते बोलाइयो। तर, २६ गते चौथो बैठक राखी अधिवेशन नै अन्त्य गरियो।

सर्वोच्च अदालतको फैसलापछि फागुन २३ गते प्रतिनिधि सभाको अधिवेशन सुरु भयो। तर, सरकारले बिजनेश नदिएको गुनासो भइरह्यो। बरु प्रतिनिधि सभाको कामै थिएन, कामै गर्न सकेन भन्ने सार्वजनिक आक्षेप प्रधानमन्त्रीले लगाइरहे। त्यतिकैमा वैशाख ६ गते अधिवेशन अन्त्य गरियो। प्रधानमन्त्रीले विश्वासको मत लिने विशेष प्रयोजनका लागि वैशाख २७ गतेका लागि अधिवेशन बोलाइएको छ। सामान्यतया सो समय नियमित अधिवेशनकै हो। यसैबीचमा पनि आठ वटा अध्यादेश जारी भइसकेका छन्।

‘संवैधानिक र कानुनी राज्यको लागि यसरी बारम्बार आउने अध्यादेशले ठूलो क्षति पुर्‍याउँछ’, आचार्य भन्छन्, ‘किनभने कानुनी राज्य भनेको जनताको विश्वासमा टिक्ने कुरा हो। यस्तो क्रियाकलापले जनतामा राज्यका निकायप्रति विश्वास घट्दै जान्छ।‘

एक वर्षमा १८ अध्यादेश
संसद् चालु नरहेको बेलामा सरकारले अध्यादेश ल्याउने संवैधानिक प्रावधान भए पनि २०७७ वैशाखमा ल्याइएका दुई अध्यादेश भने निकै विवादित बने। अमुक दल फुटाउने उद्देश्यले ल्याइएको राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक आयोगहरुमा आफू अनुकूल नियुक्ति गर्न सहज हुनेगरी ल्याइएको संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी  (पहिलो संशोधन) अध्यादेशलाई फिर्ता लिन सत्तारुढ दलभित्रै विरोध भएपछि १२ गते दुवै अध्यादेश फिर्ता लिइयो। ती अध्यादेशपछि नै सरकारको अध्यादेश मोहबारे बढी चासो र विरोध व्यक्त हुन थालेको हो।

२०७७ वैशाख ८ मा ल्याइएका ती दुई अध्यादेशसहित २०७८ वैशाख २२ सम्म आइपुग्दा सरकारले १८ अध्यादेश ल्याइसकेको छ। तीमध्ये कतिपय दोहोर्‍याएर जारी गरिएको छ। २०७७ वैशाखमा जारी गरेर पछि खारेज गरिएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश २०७७ मंसिर ३० गते पुनः जारी गरिएको थियो। तर, त्यसबीचमा झन्डै दुई महिना छैटौं अधिवेशन चल्दा पनि त्यसलाई विधेयकको रुपमा ल्याउने प्रयास गरिएन। सोही अध्यादेश मंगलबार तेस्रो पटक ल्याइएको छ।

मंगलबार जारी भएका सबै अध्यादेश यसअघि पनि जारी भएका छन्। तर, बीचमा संसद्को सातौं अधिवेशन बसिसकेको थियो। प्रतिनिधि सभाको पहिलो बैठक (२०७७ फागुन २३) मा सरकारले प्रस्तुत गर्न लागेको विवादित संवैधानिक परिषद् सम्बन्धी अध्यादेशलाई विपक्षीले अवरोध गरेका थिए। त्यही निहुँमा सरकारले अन्य अध्यादेश पनि प्रस्तुत गरेन।

बुधबार रेल्वे अध्यादेश ल्याइएको छ। तर, २०७६ पुसमै ल्याइएको रेल्वे विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा छलफल सकिइसकेको थियो। ‘हामीले त्यसलाई समितिबाट पास गरिसकेका थियौं। प्रतिवेदन तयार गरेर समितिबाट काम सकेका छौँ। सदन चालु नभएर अड्किएको हो’, समिति सभापति पर्शुराम मेघी गुरुङ भन्छन्।

सामान्यतयाः सदनमा भएका विधेयकहरु सरकारले फिर्ता गरेर अर्को अध्यादेश वा विधेयक ल्याउन सक्ने आफ्नो बुझाइ रहेको गुरुङ बताउँछन्। ‘सदनमा विधेयकमाथि छलफल चलिरहेको बेलामा अध्यादेश ल्याउने कुराचाहिँ मलाई थाहा थिएन। यो मेरो लागि नयाँ कुरा हो’, उनी भन्छन्। 

पछिल्ला अधिवेशनहरुः
पाँचौं अधिवेशन- २०७६ पुस ४ देखि २०७६ चैत २४ सम्म
(यसपछि २ अध्यादेश जारी भए।)

छैटौं अधिवेशन- २०७७ वैशाख २६ देखि २०७७ असार १८ सम्म
(यसपछि ८ अध्यादेश जारी भए)

सातौं अधिवेशन- राष्ट्रिय सभाको २०७७ पुस १७ देखि पुस २६ सम्म र प्रतिनिधि सभाको २०७७ फागुन २३ देखि २०७८ वैशाख ६ सम्म
(यसपछि ८ अध्यादेश जारी भइसकेका छन्)

पछिल्लो एक वर्षमा आएका अध्यादेश
२०७७ वैशाख ८:
१. संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी  (पहिलो संशोधन) अध्यादेश, २०७७
२. राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७

२०७७ असोज १२:
१. तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७
२. फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७
३. नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७

२०७७ मंसिर ३:
१. ‌औषधि (तेस्रो संसोधन) अध्यादेश, २०७७

२०७७ मंसिर २१:
१. यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७
२. सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७

२०७७ मंसिर ३०:
१. संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७

२०७७ माघ २३:
१. बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७

२०७८ वैशाख २१:
१. यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८
२. फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८
३. औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८
४. संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८
५. सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८
६. नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८
७. तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८

२०७८ वैशाख २२:
१. रेल्वे अध्यादेश, २०७८
 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  २२:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
अन्तिम समयमा त्रिविको सभा स्थगित, प्रधानमन्त्रीले समय दिएनन् प्रधानमन्त्री ओलीले यसअघि नै २२ गते सभाका लागि समय दिएका थिए। तर, अन्तिम समयमा आएर प्रधानमन्त्रीको व्यस्तताको कारण देखाउँदै सभा स्थग... शनिबार, असार २१, २०८२
कुलिङ पिरियड प्रकरणमा छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय शनिबार सिंहदरबारमा सभामखु देवराज घिमिरे र विभिन्न दलका नेताहरुको बैठकले विशेष संसदीय समिति गठन गर्ने निर्णय गरेको सभामुख घिमिरेका प्... शनिबार, असार २१, २०८२
कसैले देशमा खतरा आयो भनेर भनेको कुरा नपत्याउनू : गगन थापा त्यस्तै, देश बर्बाद भयो, झुर भयो भन्नेहरूप्रति पनि विश्वास नगर्न विद्यार्थीहरूलाई सुझाएका छन्। उनले अध्ययन, विश्लेषण र समीक्षाका आधा... शनिबार, असार २१, २०८२
ताजा समाचारसबै
अन्तिम समयमा त्रिविको सभा स्थगित, प्रधानमन्त्रीले समय दिएनन् शनिबार, असार २१, २०८२
कुलिङ पिरियड प्रकरणमा छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय शनिबार, असार २१, २०८२
बाढी पहिरोको प्रभाव, सातवटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध शनिबार, असार २१, २०८२
कसैले देशमा खतरा आयो भनेर भनेको कुरा नपत्याउनू : गगन थापा शनिबार, असार २१, २०८२
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएको छ : अध्यक्ष दाहाल शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्