काठमाडाैं- कोरोना महामारीले नाटकघर बन्द भएदेखि कै प्रश्न हाे- खिचेर देखाइने भए फिल्म र नाटकमा फरक के छ?
कतिले खिचेर देखाइने नाटक नाटक नै नहुने तर्क गर्छन् भने कतिले बिकल्प र अर्काइभका लागि भएपनि नाटक खिच्नैपर्ने दाबी गर्छन्।
कलाकार दयाहाङ राइले निर्देशन गरेको मितज्यू यसको उदाहरण हो। मितेरी साइनोको कथामा बनेको नाटक मितज्यू भर्चुअल प्रर्दशन हुने भएको छ।
नाटक वैशाख ३१ गते शुक्रवार साँझ पाँच बजे प्रर्दशन हुनेछ। मण्डला थियटरको अफिसियल युट्युबमार्फत् नाटक प्रर्दशन हुने निर्माण टोलीले जनाएको छ।
सोमनाथ खनालले लेखेको नाटक आजभन्दा ८ वर्षअघि मण्डला नाटकघरमा मञ्चन गरिएको थियो। तर, अहिले भने भर्चुअल प्रर्दशनकै लागि यसको प्राविधिक पाटो सच्याएर देखाउन लागिएको बताइएको छ।
नाटकमा सिर्जना सुब्बा, बुद्दि तामाङ, बिजय बराल लगायत केहि कलाकार पुरानै छन् भने केही नयाँ थपिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।