फाइल तस्वीर।
काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको पूर्वसभामुखहरूको छलफलमा सुवास नेम्वाङ सहभागी नहुने भएका छन्। बरु उनले सभामुख सापकोटालाई छुट्टै भेट्ने बताए।
तीन महिनाको अवधिमा दोस्रोपटक प्रतिनिधि सभा विघटन भएपछि सभामुख सापकोटाले पूर्वसभामुखहरुसँग छलफल गर्न लागेका छन्। उनले दिउँसो १ बजे सिंहदरबारमा छलफल गर्ने तय गरेका छन्। यसैका लागि सापकोटाले सबै पूर्वसभामुखहरूलाई बोलाएका थिए।
सापकोटाले २०४८ सालपछिका सभामुखहरू दमननाथ ढुंगानाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरालाई छलफलमा बोलाएका छन्।
तर, एमाले संसदीय दलका उपनेता समेत रहेका पूर्वसभामुख नेम्वाङ भने उक्त छलफलमा नजाने भएका हुन्। उक्त बैठकमा उपस्थित नहुने संकेत गर्दै भने, नेम्वाङले `हामी छुट्टै भेट्ने कुरा छ।’
गएको पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको निर्णय फागुन ११ गते सर्वाेच्च अदालतले बदर गरेको थियो। फेरि जेठ ७ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेकी छन्।
यस विषयमा सभामुख सापकोटाले यसअघि नै आफ्नो धारणा सार्वजनिक गरिसकेका छन्। सभामुख प्रतिनिधि सभा विघटन असंवैधानिक भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।