काठमाडाैं- कोरोना संक्रमण पुष्टि भएका गायक दीप श्रेष्ठ अस्पताल भर्ना भएका छन्।
गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पाैडेलले उनलाई अस्पताल भर्ना गरिएकाे जानकारी दिएका हुन्।
श्रेष्ठलाई दुई साता अघि कोरोना संक्रमण पुष्टि भएको हो। उनको शरिरमा अक्सिजन लेभल कम देखिएपछि हेम्स अस्पताल भर्ना गरिएकाे बताइएकाे छ।
‘द भ्वाइस अफ नेपाल’ को पहिलो संस्करणदेखि नै उनी निर्णायकको रुपमा रहँदै आएका छन्।
उनलाई टिमले शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।