काठमाडौं – ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आएका छन् । मंगलबार बिहान उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल मार्फत नेपाल आइपुगेका हुन् ।
कार्लोस दशरथ रंगशालामा जारी नेपाल सुपर लिग (एनएसएल) को धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्न मैदानमा पुग्ने बताइएको छ ।
५१ वर्षीय कार्लोसले ब्राजिलले सन् २००२ को फिफा विश्वकपको उपाधि जित्दा टिमका महत्त्वपूर्ण सदस्य थिए । उनले ब्राजिलबाट सन् १९९२ देखि २००६ सम्म खेलेका थिए । एनएसएल आयोजकले नै उनलाई नेपाल ल्याएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।