काठमाडौं- एपको माध्यमबाट प्रशारण हुने भर्चुअल सांगितिक रियालिटी शो ‘एनआरएनए दी सिंगर’को आयोजना हुने भएको छ।
एनआरएनए दी सिंगर नामको एपबाट सो हेर्न पाइनेछ। योबाहेक युट्युवलगायत डिजिटल प्ल्याटफर्मबाट पनि कार्यक्रम प्रशारण हुनेछ।
गैरआवासिय नेपाली संघ (एनआरएनए)को आयोजनामा हुन शोको अडिसन यहि जुन २१ बाट सुरु हुनेछ।
अडिसनमा सहभागी हुनका लागि नेपाली भाषाको गीत गाउन अनिवार्य छ। सहभागीता जनाउन भने हरेक देशबाट पाइनेछ।
कार्यक्रममा सहभागी हुन १५ बर्षभन्दा माथीको उमेर तोकिएको छ। अडिसनमा सहभागी हुन २ मिनेट ३० सेकेण्डसम्मको गीत रेकर्ड गरेर आयोजकलाई पठाउनुपर्नेछ।
कोरोना महामारीको कारण नेपालीको मानसिक स्वास्थ्यमा पर्न गएको असरलाई केही हदसम्म भएपनि कम गर्ने उद्देश्यले भर्चुअल माध्यमबाटै भएपनि रियालिटि शो आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।
शोमा ४ जना निर्णायकहरु रहेका छन्। जसमा संगितकार शम्भुजित बाँस्कोटा, लेखक जीवा लामिछाने, गायिका शर्मिला बर्देवार गायक शम्भु राई छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।