काठमाडौं– नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरीकी डलरको खरिद दर १ सय ७ रुपैयाँ ६० पैसा र बिक्री दर १ सय ८ रुपैयाँ २० पैसा तोकेको छ। सोमबार एक अमेरीकी डलरको खरिद दर १ सय ८ रुपैयाँ १५ पैसा र बिक्री दर १ सय ९ रुपैयाँ ७५ पैसा रहेको थियो।
त्यस्तै, राष्ट्र बैंकका अनुसार एक युरोको खरिद दर १ सय २५ रुपैयाँ २१ पैसा र बिक्री दर १ सय २५ रुपैयाँ ९१ पैसा रहेको छ।
जापानी १० येनको खरिद दर ९ रुपैयाँ ८४ पैसा र बिक्री दर ९ रुपैयाँ ९० पैसा तोकेको छ। मलेसियन एक रिङ्गेटको खरिद दर २७ रुपैयाँ ०२ पैसा र बिक्री दर २७ रुपैयाँ १७ पैसा र कुवेती एक दिनारको खरिद दर ३ सय ५५ रुपैयाँ ८७ पैसा र बिक्री दर ३ सय ५७ रुपैयाँ ८५ छ।
राष्ट्र बैंकले मंगलबारका लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।