काठमाडौं– एनएमबी बैंकले साधारण सेयर थप सार्वजनिक निष्काशन (एफपिओ)को मूल्य निर्धारण गरेको छ। बैैंकले १ सय अंकित मूल्यमा २ सय ३३ रुपैयाँ प्रिमियम थप गरि ३ सय ३३ रुपैयाँमा एफपिओ जारी गर्न लागेको हो।
बैंकले १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता एफपिओ जारी गर्न लागेको हो। एफपिओ जारी गर्न यसको बिक्री प्रबन्धक नागरिक लगानी कोषले गत बैसाख २० गते मागेको अनुमतिलाई नेपाल स्टक एक्चेन्जले सोमबार स्वीकृति दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।