चितवन- जिल्ला प्रशासन कार्यालयले समयमा निर्माण सम्पन्न नगर्ने ३८ आयोजनाका २७ निर्माण कम्पनीको नाम गृह मन्त्रालय पठाएको छ।
मिति थप भई काम गरेका र मिति बाँकी रहेका बाहेक कामै छाडेर बसेका कम्पनीको नाम मन्त्रालयमा पठाइएको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताए। निर्माण कम्पनीमध्ये तीन वटाले तीन तीन योजना अधूरो बनाएर छाडेका छन्। तिनमा निर्माण सेवा धादिङ, आजीवन निर्माण सेवा धादिङ र डिभाइन लाइट कन्स्ट्रक्सन भरतपुर छन्।
त्यसैगरी पूजा कन्स्ट्रक्सन धादिङ र पृथ्वी निर्माण सेवा धादिङले पनि दुईदुई आयोजना अलपत्र बनाएर छाडेको जिप्रकाले जनाएको छ। काम अधूरो छाड्ने मध्ये चितवनका ११ तथा अन्य धादिङ र काठमाडौँका छन्। अधुरो काम छाड्ने अन्य कम्पनीमा भिजन कन्स्ट्रक्सन, नाना कन्स्ट्रक्सन धादिङ, प्यालदोर हिमाल निर्माण सेवा धादिङ, ओएस इञ्जिनीयरिङ निर्माण सेवा, विराज-शिवशक्ति-न्यू तीन कन्या जेभी चितवन छन्।
त्यसैगरी प्यासिफिक बिल्डर्स सुकेधारा काठमाडौँ, जेएनडी कन्स्ट्रक्सन, दीपश्री इञ्जिनीयरिङ काठमाडौँ, काष्ठमण्डप कन्स्ट्रक्सन काठमाडौँ, आजीवन-न्यू-तीनकन्या जेभी, इशान कन्स्ट्रक्सन, त्रिशूली कन्स्ट्रक्सन, शारदा निर्माण सेवा, बरङ्ग कन्स्ट्रक्सन एण्ड सप्लायर्स, रुपल सुप्रिम कन्स्ट्रक्सन, सूर्यश्री कन्स्ट्रक्सन, इको इञ्जिनीयरिङ र नेपाल तराई निर्माण तथा डिपट्यूबवेल प्रालि भरतपुर छन्।
समयमै काम नगर्ने अन्य निर्माण कम्पनीमा ड्रिलिङ एन्ड कन्स्ट्रक्सन भरतपुर, महादेव ड्रिलिङ खैरहनी, भीमज्योति एमआर जेभी भरतपुर, चिता एन्ड सल्लेरी एसोसिएसट भरतपुर र पाल्पा इञ्जिनीयरिङ परासी छन्।
प्रजिअ बस्नेतले समयमा काम नगर्ने र काम छाड्ने निर्माण कम्पनीका सञ्चालकलाई मन्त्रालयको निर्देशनानुरुप कारबाहीको दायरामा ल्याइने बताए
निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष हरिप्रसाद घिमिरेले निर्माण व्यवसायीलाई नीतिनियमअनुसार कारबाही गर्न सकिने तर मन्त्रालयले थुन्न नपाउने बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।