काठमाडौं- ६५ वर्ष उमेरमै वृद्धभत्ता दिने शेरबहादुर देउवा सरकारले गरेको निर्णय केपी ओली सरकारले खारेज गरेको छ। सरकारले वृद्धभत्ता पनि बढाएको छैन भने उमेर पनि ७० वर्ष नै कायम राखिएको छ।
अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार प्रस्तुत गरेको बजेटमा वृद्धभत्तामा केही हेरफेर गरिएको छैन। बरु ७० वर्षमाथिका वृद्धवृद्धालाई १ लाख रुपैयाँको बिमा गर्ने निर्णय सरकारले गरेको छ।
त्यस्तै, आफ्ना आमाबुबालाई अनिवार्य रुपमा हेरचाह गर्नुपर्ने कानुन ल्याउने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।