काठमाडौं- सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट ल्याएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन्।
सबैभन्दा धेरै शिक्षा क्षेत्रका लागि १ खर्ब ३५ अर्ब रुपैयाँ छुट्याइएको छ। यस्तै, स्वास्थ्य शीर्षकमा ५६ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरिएको छ।
कुन शीर्षकमा कति बजेट?
भौतिक पूर्वाधार - १ खर्ब ९ अर्ब
ऊर्जा - ८३ अर्ब ८९ करोड ५२ लाख
खानेपानी - २४ अर्ब ५ करोड ७५ लाख
हवाई क्षेत्र - १९ अर्ब ३५ करोड
वन तथा वातावरण - १६ अर्ब ५८ करोड ७५ लाख
उद्योग वाणिज्य र आपूर्ति - १० अर्ब ४४ करोड
पर्यटन - ५ अर्ब २० करोड ३४ लाख
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।