काठमाडौं- अमेरिकामा रहेका नेपाली मुलका प्राध्यापक कैलाश घिमिरेको ‘पसिनाले अरब सिँच्दा’ बोलकाे गीत सार्वजनिक भएको छ।
निशान भट्टराईको स्वर रहेको गीतमा वसन्त सापकोटाको संगीत रहेको छ। गीतको शब्द घिमिरेको हो।
गीतका शब्दमा विदेशमा काम गर्ने छोरालाई आउने गाउँघरको याद समेटिएको छ।
मरुभूमिमा आफ्नो पसिना परेको तर गाउँमा बारी बाझै रहेको र बाबुआमाले बुढेसकालमा दुःख पाएको आम नेपालीको समस्यलाई घिमिरले शब्दमा उतार्ने प्रयास गरेका छन्।
यसअघि घिमिरेको २०७७ कात्तिकमा पुतली नामक गीत सार्वजनिक भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।