काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र मोहम्मद इस्तियाक राईलाई सहरी विकास मन्त्रीमा नियुक्त गरेकी छन्।
नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई आज मन्त्री पदमा नियुक्त गरेकी हुन्।
यसअघि ती दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हालेका थिए।
दुवै मन्त्रीको शुक्रबार नै ५ बजे सपथ ग्रहणको कार्यक्रम छ।
गत सोमबार नै फोरम र सरकारबीच सरकारमा सहभागी हुनेबारे सहमति भए पनि मन्त्री र मन्त्रालयको टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन। फोरमबाट दुई जना थपिएपछि २४ सदस्यीय मन्त्रिपरिषद् बनेको छ।
संविधानअनुसार केन्द्रीय सरकारको मन्त्रीमण्डलमा बढीमा २५ जनासम्म मन्त्री नियुक्त गर्न पाइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।