काठमाडौं- गायक मार्मिक लामा १२ वर्षपछि गायनमा फर्किए छन्। पहिलो लकडाउनमा भाइरल भएको गीत ‘फुलबुट्टे साडी’का पहिलो गायक लामाले आफ्नै स्वरमा नयाँ गीत सार्वजनिक गरेका हुन्।
‘सुनबुकी फूल’ बोलको गीतमा ‘फुलबुट्टे साडी’कै राजनराज शिवाकोटीकाे शब्द तथा संगीत रहेको छ।
गीत पुरै ‘फुलबुट्टे साडी’कै झल्को लगाउने रहेको छ। संगीत पनि केही मात्रै परिमार्जन गरिएको छ। चर्चित गीतको फेरो समाएर नयाँ गीत चलाउले दाउ प्रष्टसँग झल्किएको छ।
गायक लामा पनि १२ वर्षपछि गीत चलेकै कारण गायनमा फर्किएका हुन्। गीतको भिडियो राजन राजेश पुमा राइको निर्देशनमा तयार भएको छ। आनन्द सिंह, रक्षा थापा लगायतका कलाकारले भिडियोमा अभिनय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।