काठमाडौं– कुमारी बैंकले विश्व वातावरण दिवस–२०७५ को अवसर पारेर वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। हरियाली कायम गरी वातावरण संरक्षण गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ।
बैंकको नक्सालस्थित कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बाबा आश्रममा वृक्षारोपण गरेको हो। नेपाल राष्ट्र बैंकले यस वर्षको विश्व वातावरण दिवसका अवसरमा ‘एक कर्मचारी एक फलफूल बिरुवा’ अन्तर्गत सबै वित्तीय संघसंस्थाहरुलाई वृक्षारोपण गर्न आह्वान गरेको थियो।
सोही अनुसार बैंकले विभिन्न शाखा कार्यालय परिसरहरुमा पनि फलफूलको बिरुवा रोपी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस वर्षको विश्व वातावरण दिवश मनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।