• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, असार ६, २०८२ Fri, Jun 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
प्रधानन्यायाधीश राणा संवैधानिक परिषद् सम्बन्धी मुद्दाबाट अलग होलान्?
64x64
दुर्गा दुलाल सोमबार, साउन ३२, २०७८  १०:५४
1140x725

काठमाडौँ– गएको शुक्रबार संवैधानिक इजलासमा एकैपटक १५ थान मुद्दाको सुनुवाइ भयो। २०७६ पुसदेखि २०७७ चैतसम्म सर्वोच्च अदालतमा दर्ता भएका संवैधानिक विवादसम्बन्धी ती मुद्दामा पहिलो सुनुवाइसमेत भएको थिएन। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र इश्वर खतिवडाको इजलासले १५ वटै मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ।

संवैधानिक इजलासमा लामो समयदेखि विचाराधीन मुद्दामा सर्वोच्चले पछिल्लो समय सुनुवाइ थालेको छ। ४०० थानभन्दा धेरै त्यस्ता मुद्दा संवैधानिक इजलासमा विचाराधीन छन्।

संवैधानिक विवादका यी मुद्दा करिब दुई वर्षदेखि सुनुवाइ नहुँदा संवैधानिक इजलासप्रति प्रश्न उठिरहेको थियो। संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसका आधारमा नियुक्त भएका पदाधिकारी सम्बन्धी मुद्दामा प्रधानन्यायाधीश राणालाई पनि विपक्षी बनाइएको हुनाले सुनुवाइ नहुँदा प्रश्न उठेको हो। तर, सुनुवाइ हुँदा पनि संवैधानिक इजलासमा उनको संलग्नतालाई लिएर प्रश्न उठेको छ।

अब धमाधम सुनुवाइ सुरु भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा जारी भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसको आधारमा नियुक्त पदाधिकारी विरुद्धका मुद्दा पनि पेसीमा चढ्ने बताइएको छ। सर्वोच्चका प्रवक्ता एवं मुद्दा शाखा प्रमुख बाबुराम दाहालले अब तोकिने संवैधानिक इजलासको पेसीमा ३० मंसिर २०७७ र त्यसपछि जारी भएका अध्यादेश तथा नियुक्तिमा प्रश्न उठाइ दायर निवेदनमाथि सुनुवाइ हुने बताए। ‘अहिले पुराना र पहिलो सुनुवाइ नभएका मुद्दाहरु पेसीमा चढेका छन्,’ दाहालले भने ‘अब संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र नियुक्तिबारेका निवेदनको पालो आउँछ।’

दाहालले संवैधानिक परिषद् सम्बन्धी मुद्दाको सुनुवाइ नगरेको भन्ने आरोपमा सत्यता नभएको पनि बताए। कोरोनाका कारण कुनै पनि इजलास नबस्दा सुनुवाइ हुन नसकेको र अबको हप्ता संवैधानिक इजलासमा ती मुद्दाको पालो आउन सक्ने उनले बताए। हाल सर्वोच्चमा यससम्बन्धी १२ थान रिट विचाराधीन छन्। सभामुख अग्निप्रसाद सापकोटा स्वयमले पनि रिट दायर गरेका छन्। उनले प्रधानन्यायाधीशसमेतलाई विपक्षी बनाएका छन्।

तत्कालीन प्रधानमन्त्री ओलीले अध्यादेश पहिलो पटक जारी भएको दिन, ३० मंसिरमै संवैधानिक परिषद् बैठक बोलाएका थिए। त्यति बेला तत्कालीन नेकपाभित्र ओली पक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधव नेपाल पक्षबीचको विवाद उत्कर्षमा थियो। प्रचण्ड पक्षको समर्थनमा रहेका सापकोटा बैठकमा उपस्थित भएनन्। त्यही झोँकमा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी कानुन संसोधन गरेका थिए। उक्त अध्यादेशविरुद्ध दायर रिट सात महिनासम्म सुनुवाइ हुन सकेको थिएन। त्यसबारे कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई ध्यानाकर्षण पत्रसमेत लेखेका थिए। यही बीचमा दुईपटक प्रतिनिधि सभा विघटन भएपछि संवैधानिक इजलासको लामो समय त्यसैमा खर्च भएको थियो।

ओलीले ५ पुसमा पहिलो पटक गरेको प्रतिनिधि सभा विघटन सर्वोच्च अदालतबाट ११ फागुनमा बदर भयो। तर, उनले पुनःस्थापित संसदमा अध्यादेश पेस गरेनन्। राष्ट्रपति विद्यादेवी भण्डारीले २१ वैशाखमा फेरि संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरिन्। २७ वैशाखमा विश्वासको मत लिने कार्यका लागि प्रतिनिधि सभा बोलाएको सरकारले त्यसको अघिल्लो दिन संवैधानिक परिषद्को बैठक राख्दै ११ संवैधानिक निकायका लागि २० जनाको नाम सिफारिस गर्‍यो। यसरी सिफारिस भएका उनीहरू संसद् सचिवलयमा सूचना दिँदै ४० दिन कटाएर संसदीय सुनुवाइविना नियुक्त भए।

ओलीले दोस्रो पटक ७ जेठमा फेरि प्रतिनिधि सभा विघटन गरे। त्यसलगत्तै पुनः राष्ट्रपतिबाट सो अध्यादेश जारी भयो र पदाधिकारी नियुक्त गरिए। त्यसपछि फेरि संवैधानिक इजलासमा मुद्दा थपिए। अहिले संवैधानिक इजलासमा संवैधानिक परिषद् अध्यादेशसम्बन्धी नौ थान मुद्दा छन्।

Ncell 2
Ncell 2

उक्त अध्यादेशविरुद्ध पहिलो रिट १ पुसमा दायर भएको थियो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, मन्त्रिपरिषद्, संवैधानिक परिषद् समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। रिटको संवैधानिक इजलासमा सुनुवाइ हुनुपर्नेमा ४५ दिनसम्म पहिलो सुनुवाइ नै भएन। सुनुवाइ नहुँदै सिफारिस भएका पदाधिकारीले नियुक्ति पाए।

त्यस्तै समृत खरेल, कृतिनाथ शर्मालगायतले पनि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्दा संविधानसँग बाझिएको दाबी गर्दै रिट दायर गरेका थिए। यी मुद्दा हालसम्म २० पटक पेसी तोकिएको छ। तर, सुनुवाइ हुन सकेको छैन।

आफै विपक्षी भएको मुद्दा हेर्ने कि नहेर्ने?
संवैधानिक परिषदसम्बन्धी केही निवेदन नियमित र केही संवैधानिक इजलासमा छन्। यी सबै मुद्दा संवैधानिक इजलासमा जाने निश्चित छ। ती मुद्दामा प्रधानन्यायाधीश राणालाई पनि विपक्षी बनाइएको छ। राणाले लिखित जवाफसमेत पेश गरिसकेका छन्। नियमित वा संवैधानिक जुनसुकै इजलासमा भए पनि यी मुद्दामा राणाको प्रत्यक्ष संलग्नताबारे प्रश्न उठेको छ।

अध्यादेश जारी भएपछिको संवैधानिक परिषद् बैठकमा राणा प्रत्यक्ष संलग्न हुनेदेखि संवैधानिक निकायका लागि कोटा लिएर ‘आफ्ना मानिस’ नियुक्त गरेकाले उनी मुद्दाको सुनुवाइमा सहभागी हुन नहुने पूर्वन्यायाधीश बलराम केसीले बताए।

संवैधानिक कानुनका जानकार र पूर्वन्यायाधीशहरुले यी मुद्दाबाट राणा अलग हुनुपर्ने बताएका छन्। अध्यादेश जारी भएपछिको संवैधानिक परिषद् बैठकमा राणा प्रत्यक्ष संलग्न हुनेदेखि संवैधानिक निकायका लागि कोटा लिएर ‘आफ्ना मानिस’ नियुक्त गरेकाले उनी मुद्दाको सुनुवाइमा सहभागी हुन नहुने पूर्वन्यायाधीश बलराम केसीले बताए। राणाबाहेक अन्य पाँच वरिष्ठ न्यायाधीशको संवैधानिक इजलास गठन हुनुपर्ने उनको भनाइ छ।

‘उहाँले आफैँ नेतृत्व गरेर इजलास गठन गरेर मुद्दा हेर्दा न्यायाधीशको आचारसंहिता र न्यायको मान्य सिद्धान्त विपरीत हुन्छ,’ केसीले भने, ‘यो मुद्दा उहाँले पालेर राख्नु भएको छ। यसरी राख्न पनि मिल्दैन।’ विगतमा प्रधानन्यायाधीशले पेसी नचढाएर जसरी अदालत बदनाम भएको थियो अहिले पनि त्यस्तै भएको उनको टिप्पणी छ।

तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको मुद्दामा पेसी नचढाएको भन्दै तत्कालीन प्रधानन्यायाधीशहरुको सार्वजनिक आलोचना भएको केसीले स्मरण गरे। उनले भने, ‘मानव अधिकार आयोगको नियुक्तिलाई लिएर अन्तराष्ट्रिय निकायहरुले प्रश्न उठाइरहेका छन्, अब सुनुवाइ नहुने हो भने झनै नकारात्मक सन्देश जानेछ।’

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले पनि प्रधानन्यायाधीशले संवैधानिक परिषद्को बैठकमा बसेको र निर्णय गरेको आधारमा उनीविरुद्ध मुद्दा परेपछि अब त्यही मुद्दामा संलग्न हुन नहुने बताए। ‘कन्फ्ल्क्टि अफ इन्ट्रेस्टको कुरा आउँछ, न्यायाधीशको आचारसंहिताले पनि आफू संलग्न र विपक्षी रहेको मुद्दा हेर्न मिल्दैन भन्छ,’ कार्कीले भने, ‘प्रधानन्यायाधीले जुन जवाफ सर्वोच्चमा दिनु भएको छ, वहाँको धारणा सार्वजनिक भइसकेकाले अब अलग हुनैपर्छ।’

लामो समय पेसी नतोकिँदा उनको नियतमा समेत इजलासमा प्रश्न उठ्न सक्ने कार्की बताउँछन्। प्रधानन्यायाधीश राणाले नै इजलासको नेतृत्व गर्दा लिखित जवाफमा उनले दिएको धारणाबाट निर्देशित हुनसक्ने भएकाले झनै विवाद हुनसक्ने उनको भनाइ छ।

संवैधानिक परिषद्को बैठकमा आफैँ बसेर आफ्ना मानिससमेत नियुक्त गरेको भन्ने विषय आइसकेपछि प्रधानन्यायाधीश राणा सुनुवाइमा संलग्न हुन नमिल्ने वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले बताए। आफैँ संलग्न भएर गरेको निर्णयविरुद्धको मुद्दा प्रधानन्यायाधीश राणाले नै हेर्दा प्रश्न उठ्ने भएकाले उनी अलग हुनुपर्ने शाक्यको तर्क छ।

राणाको जिकिर– अध्यादेशबाट गरिएका नियुक्ती संविधानसम्मत्
प्रधानन्यायाधीश राणाले आफैंले नेतृत्व गरेको सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गर्दै तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकारले संवैधानिक निकायमा गरेका सिफारिस गैरसंवैधानिक भन्न नमिल्ने दाबी गरेका छन्। सभामुख अग्नी सापकोटाले दायर गरेको रिटमा उनलाई विपक्षी बनाइएको छ। त्यसमा राणाले लिखित जवाफ दिँदै संवैधानिक निकायमा भएका नियुक्तीहरु गैरसंवैधानिक भन्न नमिल्ने भएकाले रिट खारेज हुनुपर्ने जिकिर गरेका छन्।

संवैधानिक निकायमा नियुक्ति सम्बन्धी सभामुख सापकोटादेखि अन्य निवेदकहरुले दर्ता गरेका रिट संवैधानिक इजलासदेखि नियमित इजलासमा छन्। सभामुख सापकोटा आफैं २३ माघ २०७७ मा सर्वोच्च पुगेर रिट दायर गरेका थिए। सापकोटाले प्रतिनिधि सभा विघटन गरी संवैधानिक परिषदबाट भएका सिफारिस र राष्ट्रपति कार्यालयबाट भएको नियुक्ति बदरको माग गरेका थिए। उनको रिटमा पहिलो सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी भएको छ। तर, दोस्रो सुनुवाइ हुन सकेको छैन।

‘रिट निवदेकले आफ्नो रिट निवेदनमा लिएका जिकिरहरू संविधान र कानुनसम्मत भएको नदेखिएकोले देहायबमोजिमका आधार र कारणहरूबाट औचित्यपूर्ण छैन’, राणाको लिखित जवाफमा भनिएको छ। उनले यस्ता रिटहरु खारेज हुनुपर्ने जिकिर गर्दै त्यसका लागि आधार समेत पेस गरेका छन्।

प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  १०:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
सुनकोशी नदी किनार आसपास सतर्क रहन प्रशासनको आग्रह चीनको तिब्बत क्षेत्रमा अत्यधिक वर्ष हुने सम्भावना भएकाले सुनकोसी आसपासमा पनि बाढीको जोखिम भएको हुँदा सतर्क रहन आग्रह गरेको हो। शुक्रबार, असार ६, २०८२
दाउरा संकलन गर्न टापुमा गएर फसेकी बालिकाको उद्धार राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोक नजिकै राप्ती नदीमा भाई शिशिर खड्कासँगै दाउरा संकलन गर्ने क्रममा नदीमा भेल बढेपछि बीचमा बीच टापुम... शुक्रबार, असार ६, २०८२
इजरायल र इरानमा रहेका नेपालीको सुरक्षा र उद्धारबारे परराष्ट्रमन्त्रीले गरिन् छलफल मन्त्रालयस्तरीय बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीसहित गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्राल... शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
सुनकोशी नदी किनार आसपास सतर्क रहन प्रशासनको आग्रह शुक्रबार, असार ६, २०८२
टस जितेको स्कटल्यान्डले ब्याटिङ रोज्यो, नेपालको प्लेइङ–११ मा एक परिवर्तन शुक्रबार, असार ६, २०८२
इजरायलको बीर्शेबामा इरानको अर्को आक्रमण, इजरायलविरुद्ध इरानमा भएको प्रदर्शनमा हिजबुल्लाह पनि संलग्न शुक्रबार, असार ६, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) शुक्रबार, असार ६, २०८२
सरकारले अघि बढाएको बहुआयामिक र चौतर्फी विकासले अब जनता साथमा हुनेछन् : प्रधानमन्त्री ओली शुक्रबार, असार ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
संसद्मा हाम्रा कुरा राख्न दिइएन, अब जनतामाझ राख्छौं : रास्वपा
संसद्मा हाम्रा कुरा राख्न दिइएन, अब जनतामाझ राख्छौं : रास्वपा शुक्रबार, असार ६, २०८२
दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै हिँड्दैन : महेश बर्तौला
दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै हिँड्दैन : महेश बर्तौला शुक्रबार, असार ६, २०८२
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक शुक्रबार, असार ६, २०८२
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक शुक्रबार, असार ६, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टी–२०आई सिरिजमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै शुक्रबार, असार ६, २०८२
इजरायलको बीर्शेबामा इरानको अर्को आक्रमण, इजरायलविरुद्ध इरानमा भएको प्रदर्शनमा हिजबुल्लाह पनि संलग्न शुक्रबार, असार ६, २०८२
दैलेखमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि बिहीबार, असार ५, २०८२
कैलालीमा कैदीबन्दी मृत्यु प्रकरण: प्रहरी सई नाथ पक्राउ बिहीबार, असार ५, २०८२
पत्रकार पाठकविरुद्ध जारी अल्पकालीन अन्तरिम आदेशलाई पाटन उच्च अदालतले दियो निरन्तरता, तत्काल पक्राउ नगर्न निर्देशन बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकारसहित यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित) बुधबार, असार ४, २०८२
यस्तो छ कांग्रेस-एमाले र माओवादीबीचको २ बुँदे सहमति शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्