याङ्गुन– म्यानमारको सागाइङ क्षेत्रमा भएको सवारी दुर्घटनामा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमध्ये ५ जना महिला रहेको गृह मन्त्रालयद्वारा बुधबार जारी वक्तव्यमा उल्लेख गरिएको छ।
कार दुर्घटनामा परी ९ जना घाइते भएका छन्। उनीहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
मान्डलायदेखि मोन्यवासम्मको राजमार्गअन्तर्गत पर्ने सागाइङमा स्थानीय समयअनुसार मंगलबार बिहान ११ः३० मा दुर्घटना भएको हो।
विपरित दिशाबाट आइरहेको छ पाङ्ग्रे ट्रकले नियन्त्रण गुमाएपछि कार दुर्घटना भएको बताइएको छ। ट्रकमा पनि १६ जना यात्रु सवार रहेको प्रहरीले बताएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।