ग्वाटेमाला– ग्वाटेमालामा भएको ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या बिहीबार बिहानसम्म ९९ पुगेको छ।
बुधबार राति थप व्यक्तिहरुको शव प्राप्त भएपछि उक्त प्राकृतिक प्रकोपमा परी ज्यान जानेको सङ्ख्या ९९ पुगेको जानकारी दिइएको छ।
यस प्रकोपको कारण अझै पनि करिब १ सय ९८ व्यक्ति वेपत्ता रहेका ग्वाटेमालाको प्रकोप व्यवस्थापन निकायले जानकारी दिएको छ।
राजधानी शहरनजिकैको एक स्थानमा भएको यो ज्वालामूखी एक शताब्दियताकै शक्तिशाली भएको पुष्टि गरिएको छ। उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखी विस्फोट भएको अधिकारीले जनाएका छन्।
आइतबार राति भएको विस्फोटमा परी कम्तीमा पनि १७ लाख व्यक्ति प्रभावित भएका बताइएको छ। तीमध्ये करिब ४ हजारलाई शरणार्थी शिविरमा सारिएको छ।
प्रभावित क्षेत्रमा सेना र प्रहरीको सहयोगमा उद्धारको काम जारी रहेको बताइएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।