• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
प्रतिनिधि सभाले कहिले पाउँछ उपसभामुख?
64x64
बीपी अनमोल शुक्रबार, भदौ १८, २०७८  २०:५९
1140x725

काठमाडौं- नेपालको संविधानको धारा ९१ मा प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्ने व्यवस्था छ। सो धाराको उपधारा ३ मा सभामुख वा उपसभामुखको पद रिक्त भएमा प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गरी रिक्त स्थानको पूर्ति गर्ने भनिएको छ।

तर, प्रतिनिधि सभाको उपसभामुख रिक्त भएको १९ महिना बिते पनि अहिलेसम्म चयन हुन सकेको छैन। २०७६ माघ ६ गते उपसभामुखबाट शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएयता प्रतिनिधि सभामा उपसभामुख पद रिक्त छ।

दलहरूले लामो समयसम्म पनि उपसभामुख चयन गर्न सकेका छैनन्। यसबीचमा दुई/दुई पटक प्रतिनिधि सभा विघटन नै गरियो। जेठ ७ गते मध्यरात दोस्रो पटक विघटन भएको प्रतिनिधि सभा सर्वोच्च अदालतको फैसलाबाट असार २८ मा पुनःस्थापना भएको थियो। यसअघि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि अग्निप्रसाद सापकोटा सभामुख बनेका थिए।

नेकपाकै समयमा पनि उपसभामुख चयनका लागि छलफल भए पनि दलहरुबीच सहमति जुटन सकेको थिएन। तत्कालीन सरकारको नेतृत्व गरेको नेकपाले उपसभामुख प्रतिपक्षी दललाई दिन नचाहेकै कारण लामोसमय रिक्त रहन पुग्यो। 

उपधारा (२) मा उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रतिनिधि सभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला अनिवार्य हुने व्यवस्था गर्नुपर्नेछ। साथै, प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक-फरक दलको प्रतिनिधि हुनुपर्ने उल्लेख छ।

अहिले पाँचदलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन्। दोस्रो पटक संसद् पुनःस्थापना भएको दुई महिना पुग्नै लाग्दा पनि दलहरुले उपसभामुख चयनतर्फ चासो दिएका छैनन्। गठबन्धनका दलहरुले अहिलेसम्म मन्त्रिपरिषद्लाई नै पूर्णता दिन सकेका छैनन्।

उपधारा (२) मा उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रतिनिधि सभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला अनिवार्य हुने व्यवस्था गर्नुपर्नेछ। साथै, प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक-फरक दलको प्रतिनिधि हुनुपर्ने उल्लेख छ।

सापकोटा नेकपा (माओवादी केन्द्र)को तर्फबाट सभामुख बनेकाले उपसभामुखमा दाबी गर्न पाउने देखिँदैन। गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाबाट नै उपसभामुख बन्ने देखिन्छ। तर, दलहरूले यसमा अझै सहमति जुटाइसकेका छैनन्।

Ncell 2
Ncell 2

नेकपा माओवादी केन्द्रकी नेतृ, पूर्वसभामुख ओनसरी घर्ती माओवादी केन्द्रबाट सभामुख भइसकेकाले उपसभामुखमा कानुनत: नै दाबी नरहने बताउँछिन्। ‘संविधानले व्यवस्था गरेको विषयमा सबै पदाधिकारी पदपूर्ति गर्नुपर्ने हो। त्यो काम नगर्दा व्यवहारमा पनि सभामुखलाई असहज भएको छ,’ उनले भनिन्, ‘अब चाहिँ संसद् सुरु भयो भने चाँडो यो प्रक्रियामा लैजानुपर्छ। अब ढिलाइ गर्नुहुँदैन। संविधानले व्यवस्था गरेको पद लामो समयसम्म रिक्त रहनु राम्रो हुँदैन।’

सर्वोच्च अदालतले २०७७ असार १४ गते उपसभामुख नियुक्त हुन किन नसकेको भन्दै सरकारका नाममा कारण देखाऊ आदेश पनि जारी गरेको थियो। संवैधानिक परिषद्‍मा शक्ति सन्तुलन मिलाएर अघि बढ्ने विषयमा सत्ता गठबन्धनका दलहरुबीच छलफल चलिरहेको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्मा दलहरुबीच सहमति र समीकरणबाट कसको भागमा पार्ने भन्ने टुंगो लागेपछि उपसभामुख चयन हुने बताउँछन्।

‘उपसभामुखको निर्वाचन गर्दा बहुमत हुनुपर्‍यो। एउटा मन्त्री बराबर उपसभामुख बाँड्ने भन्ने कुरा भएको छ,’ उनले भने, ‘संवैधानिक परिषद्‍मा कांग्रेसबाट प्रधानमन्त्री, माओवादीबाट सभामुख र एमालेबाट राष्ट्रिय सभाको अध्यक्ष हुनुहन्छ। अब एकीकृत समाजवादी वा जसपालाई दियो भने संवैधानिक परिषद्‍मा पनि सबै दलको सहभागिता हुन्छ भन्ने हो।’

छ सदस्यीय परिषद्‍मा प्रधानमन्त्री, विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, उपसभामुख र राष्ट्रिय सभाका अध्यक्ष रहने व्यवस्था छ। संविधानमा रहेको समावेशीको सिद्धान्तलाई कायम राख्न पनि संसद्‍मा उपसभामुख चयन गर्नुपर्छ। शक्ति सन्तुलनका लागि पनि उपसभामुख पद रिक्त राख्न नमिल्ने कानुनका जानकार बताउँछन्।

'संवैधानिक परिषद्‍मा कोरम नपुग्दा अघिल्लो पटक समस्या नै आयो। त्यतिमात्रै होइन, समावेशीको सिद्धान्तलाई पनि हेर्नुपर्छ,’ अधिवक्ता ओमप्रकाश अर्याल भन्छन्, ‘दलहरुले ढिलाइ गर्दा समावेशीताका मान्यता र परिषद्‍मा कोरम नपुग्दा पनि समस्या आउँछ।’

लामो समयदेखि उपसभामुख रिक्त हुँदा समस्या भएपछि सभामुखले पनि दलहरुलाई पटक-पटक ध्यानाकर्षण गराउँदै आएका छन्।

उनले विगतमा अध्यादेश ल्याउनुपर्ने अवस्था आएको भन्दै एक मिनेट पनि उपसभामुख चयनमा ढिलाइ गर्न नहुने बताए। संविधानका प्रावधानको पालना नगर्ने कुरा क्षम्य नहुने उनको भनाइ छ।

नवगठित नेकपा (एकीकृत समाजवादी)ले उपसभामुख आफूले पाउनुपर्ने दाबी गरेको छ। नेताहरूका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उपसभामुख नेकपा एकीकृत समाजवादीलाई दिन सहमत भइसकेका छन्। तर, औपचारिक सहमति भने सार्वजनिक भइसकेको छैन। 

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सांसद जीवनराम श्रेष्ठ स्वाभाविक रुपमा उपसभामुखका लागि आफ्नो पार्टीको दाबी रहने बताउँछन्। ‘गठबन्धनका दलहरुबीचमा सहमति गरेर संसद्ले केही समयभित्र नै उपसभामुख छिट्टै पाउँछ,’ उनले भने। 

लामो समयदेखि उपसभामुख रिक्त हुँदा समस्या भएपछि सभामुखले पनि दलहरुलाई पटक-पटक ध्यानाकर्षण गराउँदै आएका छन्। यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि सभामुखले उपसभामुखको निर्वाचनका लागि छलफल र संवाद गरेका थिए। तर, प्रक्रिया अघि बढ्न सकेन। सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपाने सभामुखले यस विषयमा दलहरुलाई नियमित ध्यानाकर्षण गराउँदै आएको बताउँछन्। ‘सम्भवत: अब बस्ने संसद्को नवौं अधिवेशनमा उपसभामुखको निर्वाचन हुने सम्भावना देखिन्छ,’ उनले भने।

यो पनि पढ्नुहोस्

एकीकृत समाजवादीका लागि उपसभामुख पद 'छाड्ने' कांग्रेसको संकेतशुक्रबार, भदौ १८, २०७८

 

प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  २०:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
गोर्खा मिडियाको प्रवन्ध निर्देशक हुनुअघि नै रवि आर्थिक कारोबारमा संलग्न थिए : सर्वोच्च अदालत लामिछानेले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक हुनुअघिबाटै उनी कम्पनीक... शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर न्यायाधीद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्... शुक्रबार, जेठ ९, २०८२
भाग्न हेलिकोप्टरको सुविधा दिन्छु भन्नेको कुचेष्टालाई धुलोपिठो बनाइन्छ : प्रधानमन्त्री ओली राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै... शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
गोर्खा मिडियाको प्रवन्ध निर्देशक हुनुअघि नै रवि आर्थिक कारोबारमा संलग्न थिए : सर्वोच्च अदालत शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
एक वर्षे कर्जाको ब्याजदर एकल उच्च वा न्यून दोहोरो अंक कायम हुने शुक्रबार, जेठ ९, २०८२
जग्गा मुद्दामा घुस लिने खरिदारसहित तीन जना पक्राउ शुक्रबार, जेठ ९, २०८२
प्रमुख १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्