• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) : भानुभक्त जोशीलाई पर्खिरहेछ प्रदेश इञ्‍चार्जको पद जोशी नआए गरिमा शाहले इञ्‍चार्जको जिम्मेवारी पाउने
64x64
बीपी अनमोल मंगलबार, भदौ २२, २०७८  १५:५६
1140x725

काठमाडौं- सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी) सबैभन्दा ठूलो दल बनेको छ। नेकपा (एमाले) परित्याग गरेर १४ जना प्रदेश सभा सदस्यले एकीकृत समाजवादी रोजेपछि सबैभन्दा ठूलो दल बनेको हो।

सातवटा प्रदेशमध्ये सबैभन्दा धेरै सांसद यो प्रदेशमा एमाले छाडेर एकीकृत समाजवादीमा लागेका छन्। तर, ठूलो दल बनेको उक्त पार्टीले सुदूरपश्चिम प्रदेश इञ्‍चार्ज भने तोक्न सकेको छैन।

केही दिनअघि पार्टीले छ वटा प्रदेशका इञ्‍चार्ज र विभिन्न जनवर्गीय संगठनका प्रमुखको जिम्मेवारी बाँडफाँट गरेको थियो। भदौ ९ गते निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता भएपछि प्रदेशमा पार्टी संगठनका कामलाई अघि बढाउन इञ्‍चार्ज तोकिएको थियो। छ वटा प्रदेशमा इञ्‍चार्ज तोकिए पनि सुदूरपश्चिममा भने केन्द्रले तत्कालका लागि खाली राखेको छ।

केही दिनअघि एकीकृत समाजवादीका केन्द्रीय सदस्य जीवनराम श्रेष्ठले सुदूरपश्चिममा इञ्‍चार्ज पछि तोक्ने गरी खाली राखिएको बताएका थिए। 

इञ्‍चार्जमा वरिष्ठदेखि कनिष्ठसम्मका नेताहरू आकांक्षी 
नवगठित नेकपा (एकीकृत समाजवादी)को सुदूरपश्चिम प्रदेश इञ्‍चार्ज बन्नका लागि वरिष्ठदेखि कनिष्ठसम्मका नेताहरूले इच्छा देखाएका छन्।

प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिहरूले दल रोज्न पाउने समय मंगलबारसम्म भएको र पहिले नै इञ्‍चार्ज तोक्दा असन्तुष्टि हुनसक्ने भन्दै तत्काल नतोकिएको नेताहरूको बुझाइ छ। एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले इञ्‍चार्ज तोक्न अहिले नै हतार गर्न नहुने बताइन्।

‘पार्टी रोज्ने क्रम चलिरहेको छ। अध्यक्षले एक जनालाई टीका लगाएर इञ्‍चार्ज, अध्यक्ष, सहअध्यक्ष हामी बनाउँदैनौं,’ उनले भनिन्, ‘कामको मूल्यांकनको आधार, सबै जिल्लासँगको समन्वयका आधारमा हुन्छ।’ उनले नौ वटै जिल्लाको कमाण्ड गर्नसक्ने र कार्यकर्ता चिन्नसक्ने व्यक्तिलाई इञ्‍चार्ज बनाउनुपर्छ भन्ने आफूहरूको धारणा रहेको बताइन्। 

‘हामीले जसरी सुदूरपश्चिम प्रदेश सभामा प्रभाव देखायौं, त्यो प्रभाव राजनीतिक तहमा देखाउनसक्नेलाई जिम्मेवारी दिनुपर्छ भन्ने हो,’ उनले भनिन्, ‘वरिष्ठ नेताहरू छलफलमा हुनुहुन्छ, उहाँहरूको निर्णयपछि टुंगो लाग्छ।’

Ncell 2
Ncell 2

नेकपा एकीकृत समाजवादीको प्रदेश इञ्‍चार्जका लागि गरिमा शाहको नाम प्रस्ताव गरिएको थियो। तर, केन्द्रमा उनको नाम टुंगो लाग्न सकेन। उनीसहित एकीकृत समाजवादीमा लागेका उर्वादत्त पन्त, रामकुमार ज्ञवाली, विक्रम शाही, दीर्घ सोडारी, प्रेम आले, तारा लामा तामाङ, पूर्णा जोशीलगायतको चर्चा भइरहेको छ।

तर, इञ्‍चार्जको जिम्मेवारी दिँदा तत्कालीन एमालेमा हुँदाको जिम्मेवारी लगायतका मापदण्डसमेत हेर्नुपर्ने भएकाले नेतृत्वले प्रदेशमा रहेका नेताहरूसँगको छलफलकै आधारमा इञ्‍चार्ज तोक्ने बुझिएको छ।

एकीकृत समाजवादी रोजे भानुभक्त इञ्‍चार्ज, नभए गरिमा शाह
नेकपा एमालेमै हुँदा २०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका माधवकुमार नेपाल समूहले केन्द्रदेखि देशैभर समानान्तर कमिटी गठन गर्‍यो।

उक्त समयमा भानुभक्त जोशीलाई सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षको जिम्मेवारी दिइएको थियो। एमालेभित्रको संघर्षका क्रममा साथ दिँदै आएका जोशीले भदौ २ गते एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्ने निर्णयमा भने नेपाललाई साथ दिएनन्।

तर, उनले अध्यक्ष नेपाललाई भेटेर आफू एकीकृत समाजवादीमा नै लाग्ने बताएका कारण अहिले नै सुदूरपश्चिमको इञ्‍चार्ज कसैलाई नतोकिएको सो पार्टीका एक केन्द्रीय सदस्य बताउँछन्। ‘भानुभक्तजीले बीचमा अध्यक्ष कमरेडसँग एकीकृत समाजवादीमा आउँछु भनेर कुरा गर्नुभएको रहेछ,’ उनी भन्छन्, ‘उहाँ आजसम्म खुल्नुभएको छैन। एकीकृत समाजवादीमा आउनुभयो भने उहाँ नै प्रदेशको इञ्‍चार्ज हुनुहुन्छ, नभए गरिमा शाह नै हुने सम्भावना छ।’

शाह एमालेको आठौं र नवौं महाधिवेशनमा केन्द्रीय सदस्य बनेकी थिइन्। त्यसैले पनि उनी अरू नेताहरूभन्दा वरिष्ठ मानिन्छिन्।

जोशी आठौं महाधिवेशनमा निर्वाचित र नवौंमा केन्द्रीय सदस्यमा पराजित भएका थिए। पछि उनी केन्द्रीय सदस्यमा मनोनीत भएका थिए। उनले विगतमा सेती अञ्चल इञ्‍चार्जको जिम्मेवारी पनि सम्हालिसकेका छन्। 

अर्का नेता पन्तले छैठौंदेखि नवौं महाधिवेशनसम्म केन्द्रीय सदस्य रहँदै महाकाली इञ्‍चार्जको जिम्मेवारी सम्हालिसकेका थिए। नवौं महाधिवेशनमा भने उनी पराजित भएका थिए। पछि मनोनीतमासमेत उनी परेनन्।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य ज्ञवाली नवौं महाधिवेशनपछि केन्द्रीय सदस्यमा मनोनीत भएका थिए। उनी एमालेको महाकाली अञ्चल इञ्‍चार्जसमेत बनेका थिए।

एकीकृत समाजवादी रोजेका नेता शाही एमालेमा हुँदा केन्द्रीय सदस्य र कञ्चनपुरको इञ्‍चार्ज थिए। सुदूरपश्चिमबाट प्रत्यक्ष निर्वाचित एक मात्र सांसद आलेले एमाले परित्याग गरेर एकीकृत समाजवादी रोजेका छन्। उनले पनि सुदूरपश्चिम इञ्‍चार्ज बन्ने आकांक्षा देखाएका छन्। तर, उनले अहिले नै जिम्मेवारी पाउने सम्भावना नरहेको नेताहरू बताउँछन्। 

प्रदेश सभामा एकीकृत समाजवादीलाई सबैभन्दा ठूलो दल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सोडारी र आन्तरिक मामिला तथा कानुनमन्त्री जोशीले पनि प्रदेश इञ्‍चार्ज बन्न आकांक्षा देखाएको उनीहरूनिकट स्रोतले बताएको छ। 

यसैगरी एमालेमा हुँदा सुदूरपश्चिम प्रदेश सभाको प्रमुख सचेतकको जिम्मेवारी सम्हालेका तत्कालीन एमालेको कञ्चनपुर जिल्ला अध्यक्ष तामाङ पनि प्रदेश इञ्‍चार्जको आकांक्षी देखिएका छन्। 

एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य बेदुराम भुसालले हाल छलफलमै रहेकाले तत्काल प्रदेश इञ्‍चार्ज नतोकिएको बताए। एक/दुई दिनमै सुदूरपश्चिममा पार्टीको इञ्‍चार्ज टुंगो लाग्ने उनको भनाइ छ।

एकीकृत समाजवादीले प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई प्रदेश इञ्‍चार्ज तोकिसकेको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १५:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
गोर्खा मिडियाको प्रवन्ध निर्देशक हुनुअघि नै रवि आर्थिक कारोबारमा संलग्न थिए : सर्वोच्च अदालत लामिछानेले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक हुनुअघिबाटै उनी कम्पनीक... शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर न्यायाधीद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्... शुक्रबार, जेठ ९, २०८२
भाग्न हेलिकोप्टरको सुविधा दिन्छु भन्नेको कुचेष्टालाई धुलोपिठो बनाइन्छ : प्रधानमन्त्री ओली राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै... शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
गोर्खा मिडियाको प्रवन्ध निर्देशक हुनुअघि नै रवि आर्थिक कारोबारमा संलग्न थिए : सर्वोच्च अदालत शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
एक वर्षे कर्जाको ब्याजदर एकल उच्च वा न्यून दोहोरो अंक कायम हुने शुक्रबार, जेठ ९, २०८२
जग्गा मुद्दामा घुस लिने खरिदारसहित तीन जना पक्राउ शुक्रबार, जेठ ९, २०८२
प्रमुख १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्