• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट
ईपीएलमा टेस्ट खेलिसकेका विश्वचर्चित क्रिकेटरहरुको जमघट, को कुन टिममा?
64x64
दीप सुवेदी बिहीबार, असोज ७, २०७८  ०९:०२
1140x725

काठमाडौँ– चर्चित अन्तराष्ट्रिय क्रिकेटर सहभागी हुने भएपछि एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चर्चा चुलिएको छ। चौथो संस्करणमा आइपुग्दा विजेता टोलीलाई ५० लाख रुपैयाँ पुरस्कार दिइने भएपछि यो देशकै ठूलो क्रिकेट लिग भएको छ।

कोरोनाका कारण अघिल्लो वर्ष प्रतियोगिता हुन पाएन। त्यति बेला ‘युनिभर्सल बोस’को नाममा परिचित वेष्ट इन्डिजका ‘हिटर’ क्रिस गेल पनि नेपाल आउने तयारीमा थिए। तर, लिग नै नभएपछि नेपाली दर्शकले गेललाई कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ब्याट घुमाएको देख्न पाएनन्।

यद्यपि, नेपाली क्रिकेटप्रेमीले यही असोज ९ देखि २३ गतेसम्म हुने ईपीएलमा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीदेखि बंगलादेशका सफल ब्याट्सम्यान तमिल इकबालले चौका र छक्का हानेको देख्न पाउने भएका छन्।

ईपीएलका फ्रेन्चाइजी टिमले तीन विदेशी खेलाडी अनिवार्य राख्नुपर्ने नियम छ। हरेक टिमले चार जनासम्म विदेशी खेलाडी राख्न पाउनेछन्। तीमध्ये हरेक टिममा एक जना टेस्ट क्रिकेट खेलिसकेका खेलाडी हुने आयोजकले जनाएका छन्।

ईपीएल खेल्न श्रीलंका क्रिकेट टोलीका ओपनर तथा पूर्व कप्तान उपुल थरंगा र तीव्र गतिका बलर धम्मिका प्रसाद नेपाल आइसकेका छन्। यता, चितवन टाइगर्सबाट खेल्न लागेका अफगानिस्ताका विष्फोटक ब्याट्सम्यान मोहम्मद शाहजाद र मध्यगतिका बलिङ अलराउन्डर करिम जनात पनि बुधबार नेपाल आइपुगेका छन्। 

प्रतियोगितामा ललितपुर प्याट्रिएट्स, भैरहवा ग्ल्याडिएटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारियर्स सहभागी हुनेछन्।

यी फ्रेन्चाइज टोलीले अष्ट्रेलियादेखि इंग्ल्याण्डसम्मका टि२० का चर्चित खेलाडी ल्याउने प्रयास गरे पनि इन्डियन प्रिमियर लिग (आईपीएल) र आउँदै गरेको आईसीसी टी २० विश्वकपका कारण सम्भव हुन सकेन। महामारीका कारण बीचैमा रोकिएको आईपीएल आइतबारदेखि युएईमा पुनः सुरु भएको छ। 

यसअघि आउने भनिएका न्यूजिल्याण्डका कोरे एण्डरसन, श्रीलंकाका दिनेश चन्डिमाल, पाकिस्तानका डानिस अजिज र इंग्ल्याण्डका एलेक्स ब्लेक नआउने भएका छन्। चन्डिमाललाई भैरहवा, अजिजलाई चितवन र ब्लेकलाई ललितपुरले अनुबन्धसमेत गरिसकेका थिए। 

यता, नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का र उपकप्तान दीपेन्द्रसिंह ऐरीले पनि यसपटकको ईपीएल नखेल्ने भएका छन्। पारसले यसअघि विराटनगर वारियर्सबाट खेल्दै आएका थिए। उनकै कप्तानीमा विराटनगरले सन् २०१७ मा उपाधि जितेको थियो। उनले दुई महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। 

यस्तै, काठमाडौं किंग्स ११ मा अनुबन्ध उपकप्तान दीपेन्द्रसिंह ऐरीले चोटका कारण ईपीएल गुमाउने भएका छन्। राष्ट्रिय क्रिकेट टोलीको ओमान भ्रमणको बेला अभ्यासका क्रममा दीपेन्द्र घाइते भएका थिए। उनले ओमान टुरमा नेपालले खेलेका सबै खेल गुमाएका थिए।

यता, विराटनगर वारियर्सबाट खेल्दै आएका स्पीनर वसन्त रेग्मीले पनि ईपीएल नखेल्ने पक्का भएको छन्। वसन्तसँगै अमेरिकामा माइनर क्रिकेट लिग खेलिरहेका पृथु बास्कोटा पनि ईपीएल खेल्ने सूचीमा छैनन्। पृथु पोखरा राइनोजमा अनुबन्ध भएका थिए।

को–को आउँदैछन् नेपाल?
आगामी टि२० विश्वकप खेल्न देशको राष्ट्रिय टिममा नपरेका खेलाडी यसपटक ईपीएल खेल्न नेपाल आउँदैछन्। ईपीएल आयोजकले विदेशी खेलाडीको हकमा यस पटक नयाँ व्यवस्था लागू गरेकोले पनि नयाँ–नयाँ विदेशी खेलाडी नेपाल आउन लागेका हुन्। 

२०१८ मा ईपीएलपछि नेपालमै अन्य लिग खेलेका विदेशी खेलाडीले यस पटक ईपीएल खेल्न पाउने छैनन्। यसअघि नेपालमा अन्य लिग खेलिसकेका हङकङका बाबर हयात, युएईका रोहन मुस्ताफा, भारतका रवि इन्दर सिंह, सन्नी पटेल, जयकिसन कोल्सावाल, गौरव तोमार जस्ता खेलाडी नयाँ नियमका कारण ईपीएलमा खेल्न पाउने छैनन्।

तर, टेष्ट खेलिसकेका खेलाडी पनि नेपाल आउन लागेकाले समर्थक उत्साही छन्। ६ टिमले कुल २४ विदेशी खेलाडी अनुबन्ध गरेका छन्। टेष्ट मान्यता प्राप्त राष्ट्र श्रीलंकाबाट मात्रै आठ खेलाडी आउँदैछन्। जसमा राष्ट्रिय टिमका पूर्व ओपनर उपुल थरंगा, ओशादा फर्नान्डो, सन्दुन विराकोडी, धम्मिका प्रसाद, असेला गुनारत्ने, साहान अराससिगे, सेकुगे प्रसन्न र दिल्सान मुनाविरा छन्। उनीहरुले फरक पाँच फेन्चाइज टिमबाट खेल्ने छन्। 

यता, यस पटकको टी २० विश्वकप खेल्ने टिममा परेका अफगानिस्तानका मोहम्मद शाहजाद, करिम जन्नत र रहमानुलल्ह गुर्बाज ईपीएल खेल्न नेपाल आउँदैछन्। शाहजाद र जन्नत चितवन टाइगर्सबाट खेल्ने छन्। गुर्बाज काठमाडौं किंग्स ११ मा अनुबन्ध भएका छन्। यसैगरी यस पटक मलेसिया, सिंगापुर र भुटानका खेलाडी समेत ईपीएल खेल्न आउँदैछन्।

कसले कसलाई अनुबन्ध गर्‍यो?
चितवनले चौथौ संस्करणको लागि चार विदेशी खेलाडी अनुबन्ध गरेको छ। जसमा शाहजाद र करिम जन्नतसँगै श्रीलंकाका सेकुगे प्रसन्ना र मलेसियाका भिरनदीप सिंह छन्। यता, पाकिस्तानका डानिस अजिज भने नआउने भएका छन्। चितवनको मुख्य प्रशिक्षक सामसनजंग थापा र कप्तान सोमपाल कामी छन्।

यस्तै, साविक विजेता ललितपुर प्याट्रिओट्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ। राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानी रहेको ललितपुरबाट श्रीलंकाका ओशदा फर्नान्डो र सन्दुन विराकोडी, अफगानिस्तानका ओमारजाई र भुटानमा मिक्योङ दोर्जीले खेल्दैछन्। ललितपुरको प्रशिक्षक राजु बस्नेत छन्। 

साविक उपविजेता भैरहवा ग्लाडिएटर्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको जनाएको छ। भैरहवाबाट श्रीलंकन टिमका पूर्वकप्तान थरंगा र धम्मिका प्रसादसँगै बंगलादेशका तमिम इकबाल र मलेसियाका सर्भिन मुनिएन्डी खेल्ने पक्का भएको छ। यसअघि वेष्ट इन्डिजका ड्वाने स्मिथ र श्रीलंकन जीवन मेन्डिसलाई अनुबन्ध गरेको प्रचार गरे पनि उनीहरु नआउने भएका छन्।

भैरहवाको मुख्य प्रशिक्षकमा नेपाली क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दसानायेके छन्। भैरहवाको कप्तानी नेपाली घरेलु क्रिकेटका सर्वाधिक सफल कप्तान शरद भेषावकरले गर्ने छन्।

पोखराले वेष्ट इन्डिजका केसरिक विलियम्स, दक्षिण अफ्रिकाका रिचर्ड लेभी, श्रीलंकन असेला गुनारत्ने र साहान अरासिगेलाई अनुबन्ध गरेको छ। गतवर्ष पोखराले वेस्टइन्डिजका क्रिस गेलको नाम सार्वजनिक गरेको थियो। तर, आगामी अक्टोबर–नोभेम्बरमा हुने टी २० विश्वकपको कारण उनी यसपटक नआउने भएका छन्। पोखराको मुख्य प्रशिक्षकमा नेपाली क्रिकेट टोलीका पूर्वप्रशिक्षक उमेश पटवाल छन्।

यसैगरी विराटनगर वारियर्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ। जसमा जिम्बाव्वेका अलराउण्डर सिकन्दर राजा, वेष्ट इन्डिजका हेमराज चन्द्रपउल, क्यानडाका रेयान खान पठान र श्रीलंकाका दिल्सान मुनाविरा छन्।

काठमाडौंले शाहिद अफ्रिदी र गुर्बाजसँगै सिंगापुरका जनक प्रकाशलाई पनि अनुबन्ध गरेको छ। काठमाडौंले गतवर्ष केभिन ओ ब्रायन र न्युजिल्यान्डका कोरे एन्डरसनको नाम सार्वजनिक गरेको थियो। तर, यसपटक उनीहरु नआउने भएका छन्। काठमाडौंको मुख्य प्रशिक्षकमा कलाम अली छन्। कप्तानी नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले गर्ने छन्।

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  ०९:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने अस्ट्रेलियाको उत्तरी क्रिकेट संघ (एनटी) ले मंगलबार विज्ञप्ति जारी गर्दै अगस्ट १४ देखि २४ सम्म आयोजना हुने टप इण्ड टि ट्वान्टी सिरिजम... मंगलबार, असार १७, २०८२
कर्णाली याक्समा ७ खेलाडी रिटेन, देव खनाल रिलिज कर्णालीले कप्तान तथा मार्की प्लेयर सोमपाल कामीसहित ७ खेलाडीलाई रिटेन गरेको हो। मंगलबार, असार १७, २०८२
एसीसी यू-१६ इस्ट जोन- नेपालको अर्को सहज जित, भुटानलाई २९८ रनले हरायो आज भएको म्याचमा नेपालले कमजोर प्रतिद्वन्द्वी भुटानलाई २९८ रनको विशाल अन्तरले हरायो। मंगलबार, असार १७, २०८२
ताजा समाचारसबै
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी मंगलबार, असार १७, २०८२
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने मंगलबार, असार १७, २०८२
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत मंगलबार, असार १७, २०८२
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी मंगलबार, असार १७, २०८२
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्